Feeds:
Posts
Comments

Archive for the ‘साहित्य बारे’ Category

स्रोत: ई-कान्तिपुर

-धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन् । तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ । यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ । यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ । खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन् । सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ । विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्‍यायो । जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्‍यो ।

(more…)

Read Full Post »

स्रोत: गोरखापत्र

– बोधनाथ पौडेल

विजयादशमीपछिको अर्का ठूलो चाड तिहार पनि नजिकै आइपुगेको छ । यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ । तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं । यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ । पञ्चकको सुरूदेखि नै बहिनीले आˆना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन्।

  (more…)

Read Full Post »

स्रोत: गोरखापत्र

-डा.रमेश मिश्र

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती । आजकेा दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र सम्पूर्ण देशवासीको दिर्घायु सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ, किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशमा यस दिनलाई धनतेरसका रूपमा मनाइन्छ जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घर घरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिका बारेमा विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद रूपले यसको प्रवर्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यमा दृष्टि दिँदा तथा धन्वन्तरि विषयका प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्व प्रथम उल्लेख वैदिक कालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताका रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पीयूषपाणि धन्वन्तरि पनि भनिन्छ । यसका अतिरिक्त प्राचीन ग्रन्थबाट प्राप्त विवरणका अनुसार प्राचीनकालमा काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घतपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छ ।

  (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-प्रा.डा.श्रीरामप्रसाद उपाध्याय

गहन अध्ययन गरेका र राजनीतिमा लामो समय बिताएका डा. भट्टराईले सबै दलसँग निरन्तर सम्पर्क र सम्बन्ध कायम गरी सहमतिका आधारमा शासन सञ्चालन गरेको खण्डमा उनले गोरखाका अर्का भीमसेनको सम्मान पाउन सक्नेछन्

रणबहादुर शाहलाई बनारसबाट नेपाल फर्काउने काम ज्यादै खतरनाक र जोखिमपूर्ण थियो । भीमसेन थापा बनारसको रसरंगमा रमाउने व्यक्ति थिएनन् । यिनले आफ्ना महत्त्वाकांक्षालाई बनारसको गल्लीमा मिल्काउन चाहेनन् । त्यसै हुनाले रणबहादुर शाहलाई आफ्ना शक्तिप्रतिको भरोसा जगाई बनारसबाट थानकोटसम्म ल्याउनमा भीमसेन थापाको चातुर्य र कूटनीतिले सहयोग पुर्‍याएको थियो ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-फूलमान वल

‘बधाई छ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले शनिबार साँझ ७ बजे कवि दुर्गालाल श्रेष्ठलाई ‘जगदम्बा पुरस्कार पाउनुभो’ भन्दै फोन गर्दा ७७ वषर्ीय दुर्गालाल ठमेलस्थित घरमा आराम गरिरहेका थिए । ‘मैले यसलाई हृदयंगम गर्नै सकिरहेको छैन,’ पुरस्कार घोषणापछि कान्तिपुरसँग कुरा गर्दै दुर्गालालले भने, ‘आफैंचाहिँ योग्य छु या छैन भन्नेमा अलमल भइररहेको छु ।’

लेखकलाई प्रोत्साहन, सम्मान या पुरस्कारले हमेसा हौस्याउने बताउँदै उनले आफू पनि ‘निकै खुसी रहेको’ बताए । ‘लेखकले कहिल्यै पनि पुरस्कारका लागि लेखिरहेको हुँदैन,’ सेतै फुलेको कपाल र बाक्लो ज्यानमा उज्ज्यालो अनुहार भएका स्रष्टाले भने, ‘सिर्जनाको सम्मान स्वरूप समाजबाट पाइने प्रोत्साहन स्रष्टाका लागि सदैव ऊर्जा बनिरहेको हुन्छ ।’ त्यसो त उनी आफै पनि साहित्यमा योजनागत रूपमा आएको स्विकार्दैनन् । विसं. १९९२ मा असन न्हैकनटोलमा जन्मेका उनी सानैमा नेवारी जात्रा संस्कृति, झाँकी र डबली नाटकहरूको परिवेशमा खेल्दै हुर्के । ‘इन्द्रजात्रा, गाईजात्रा लगायतका जात्राहरूमा गीत गाउने, नाच्ने र नाटक गर्ने गरिन्थ्यो,’ उनले सम्झे, ‘सायद यही परिस्थितिले मलाई साहित्यतिर हुत्याइदियो ।’

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-मधु शाही

उनी बोल्न, हिँड्न र उभिन सक्दिनन् । ३१ वर्षीया झमक घिमिरेले शनिबार साँझ मदन पुरस्कार पाएको खबर सुनेपछि खुसी बाँड्न पनि आमा आशादेवीको सहारा लिनुपर्‍यो । उनले आमा मार्फत कान्तिपुरलाई भनिन्, ‘एकदमै खुसी छु ।’

जन्मैदेखि “सेरेब्रल पाल्सी” नामक रोगबाट पीडित झमकको आत्मकथा कृति ‘जीवन काँडा कि फूल’ का लागि मदन पुरस्कार गुठीले २०६७ को मदन पुरस्कार दिएको हो । कान्तिपुर दैनिककी स्तम्भकार समेत उनी २०२२ मा पारिजातले पाएपछि मदन पुरस्कार पाउने पहिलो महिला भएकी छन् । २ लाख रुपैयाँ र सम्मानपत्र रहेको पुरस्कार दसैंको नवरथामा प्रदान गरिने छ ।

‘पुरस्कृत नहुँदा त मैले साहित्य कोरिरहेकै थिएँ,’ रामकृष्ण सिर्जना प्रतिष्ठानले गरेको सम्मान थाप्न केही दिनअघि राजधानी आइपुगेकी झमकले मदन पुरस्कार पाउने खबर सुनेपछि आमा मार्फत भनिन्, ‘सम्मान र माया पाएपछि त चुप लागेर बस्ने कुरै भएन ।’

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-सुरज कुँवर

१० दिन अघि हो । राजधानी वासिङटन डिसीमा अमेरिकी परराष्ट्र मन्त्री हिलारी किलिन्टनले ‘ब्रेभ एन्ड वन्डरफुल वोमेन’ भन्दै धाप मार्दै चरीमाया तामाङको हातमा सम्मानपत्र थम्याइरहँदा उनको आँखामा एकाएक २२ महिने मुम्बईको ब्रोथल (कोठी) बसाइका काला दिन नाच्न थाले । १६ वर्षको किशोरावस्थामा बेचिएकी उनले इज्जत लुट्ने यौनपिपासुले झम्टेको, लडाएको, इज्जत हरण गरेको अनि चिथोरेको सम्झिन् । आकासे निलो सारी र ब्लाउजमा पहिलोपटक अमेरिका पुगेकी उनको अनुहार खुम्चियो । खुट्टा लुला भए । उचाइमा ६४ वर्षीया परराष्ट्रमन्त्री हिलारी भन्दा होची चरीमाया मन्त्रीको शरीरमा अडेसिन पुगिन् । हिलारीले उनको पिठ्यूँमा धाप मार्दै मसारिरहिन् । यो दृश्यले विश्वका नौ जना अभियन्तालाई सम्मान गरिने कार्यक्रममा सहभागी पाहुना पनि भावुक बने । केही मिनेटको यस क्षणपछि चरीमाया होसमा आइन् । हिलारीको अनुहार हेरिन् । हाँसिन्, अनि अंग्रेजीमा भनिन्- ‘थ्याङक्यु !’ ‘एक जुगमा एक दिन आउँदोरहेछ’ त्यसबेला चरीमायाको स्मरणले तीव्र गतिमा विगत सम्झायो । ‘मैले कल्पनै गरेकी थिइनँ जे भइरहेको थियो’ ‘२०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी’ सम्मान पाउनेमध्येकी उनले भनिन् । अमेरिकी विदेश मन्त्री हिलारी किलिन्टनले वासिङटन स्थित आफ्नो मन्त्रालयमा आयोजित ‘२०११ ट्राफिकिङ इन पर्सन्स (टीआईपी)’ प्रतिवेदन सार्वजनिक गर्दै चरीमाया तामाङलाई दिएको सम्मानले नेपाल विश्वभर ‘घिनलाग्दो’ मानव बेचबिखनको विषयले फेरि चिनिएको छ । छ महिनाको अन्तरपछि दोस्रो नेपाली महिला अमेरिकी सरकारले दिएको सम्मानले चर्चामा आएपछि धेरैका लागि यतिबेला चरीमाया तामाङ को हुन् ? अमेरिकी सरकारले उनलाई किन सम्मान गर्‍यो ? लगायतका जिज्ञासा बढेका छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-झमक घिमिरे

मान्छे स्वतन्त्रता चाहन्छ, समानता चाहन्छ, हरेक कुरामा आफ्नो फरक अस्तित्व, फरक पहिचान चाहन्छ । खुल्ला आकाश र धरती आफ्नै हो भन्न चाहन्छ । तर सबैले स्वतन्त्रता, समानताको कुरा त परै जाओस्, आफू जन्मेको भूमिलाई आफ्नो भन्न पाएका छैनन्, आफ्नो पसिना-रगत बगेको धरतीलाई पनि आफ्नो हो भनेर सुमसुम्याउन पाएका छैनन् । त्यही पीडाले छट्पटाएका छन्, उमेर पाकेका भुटानी शरणार्थीहरू, उनीहरूलाई नेपालीभाषी भएको अपराधमा आफ्नो देशबाटै निकालिनुपर्‍यो । आफ्नो जन्मभूमिबाटै लखेटिनुपर्‍यो ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-कृष्ण धरावासी

मधेसी, आदिवासी तथा जनजातिले आ-आफ्ना जातीय समस्या र मुद्दालाई उठाएर सरकारसँग अनेकौँ माग राख्दै चरणबद्ध आन्दोलन गरेपछि ती आन्दोलनको मनोवैज्ञानिक निशानामा क्षत्री, बाहुन पर्न थाले। ढिलो गरी क्षत्रीहरुले खस क्षेत्री समाज र जैसी, कुमाई र उपाध्यायहरुले ब्राह्मण समाज गठन गरी अरुले जस्तै जातीय तथा क्षेत्रीय मागहरु राख्न थाले। अरु जातजातिले जस्तै बन्द र हडतालमा उत्रिएर यी उपल्लो जात मानिएकाहरु पनि संगठित हुन थाले। सबै जातले आ-आफ्ना माग राखेर आन्दोलन गरिरहँदा यिनीहरुले चाहिँ किन नगर्नु भन्ने प्रश्न स्वाभाविक छ। हावा जता बग्छ, पात त्यतै उड्छ। तर, प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै दिगो पारेर लैजान यस्ता जातीय संकीर्ण चेतना लाभकारी हुँदैनन्।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-रवीन्द्र मिश्र

प्रिय सुशील कोइरालाजी,
अन्ततः संविधानसभाको म्याद थपियो। यो पालि शान्ति प्रक्रिया र संविधान लेखनमा प्रगति हुने झिनो आशा पलाएको छ। किनभने, हालैको फैसलामा सर्वोच्च अदालतले संविधानसभाको छ महिनाभन्दा बढी म्याद थप्न नपाउने निर्णय दिएको धेरैको बुझाइ छ। सोही कारणले माओवादी यो पटक लडाकु र हतियार व्यवस्थापनमा बढी गम्भीर हुने अपेक्षा गर्न सकिन्छ। तपाईँलगायत अधिकांश नेताले अत्यन्त महत्वपूर्ण एउटा पक्षलाई सधैँ बुझेर पनि बुझ पचाइरहनु भएको छ। कुन्नि किन हो, देशका कैयन् गम्भीर ठानिएका विषयमा अग्रगामी भूमिका निर्वाह गर्न खोज्ने नागरिक समाजका अधिकांश वरिष्ठ सदस्यहरू पनि त्यस विषयबारे ‘तैँ चुप, मैँ चुप’ बस्न रुचाउँछन्।

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »