Feeds:
Posts
Comments

Archive for the ‘समाचार (News/Info)’ Category

स्रोत: नागरिक

हेटौँडा। कुनै समय मकै र भटमासको खेती हुने बारीमा अहिले व्यावसायिक रूपमा लगाइएका तुलसीका बोटहरू देख्न सकिन्छ। मकै भटमासको उब्जनी राम्रो नभएपछि यहाँका किसानले तुलसी खेतीलाई व्यावसायिक रूपमा खेती गर्न थालेका हुन्।

मकै भटमासका लागि आकासे पानीमा निर्भर रहेका मकवानपुरको सदरमुकाम हेटौँडा नगरपालिका वडा नं ११ गोल्पिङटारका बासिन्दा तुलसी खेतीतर्फ आकर्षित भएका हुन्।

गाउँका ६० परिवारले करिब ६ कट्ठा जमिनमा तुलसी खेती सुरु गरेका छन्। तुलसी साबुन, चियापत्ती, मञ्जन र स्याम्पुलगायत आयुर्वेदिक औषधिको समेत कच्चा पदार्थ हो।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ ।

सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-विनोदविक्रम केसी

नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार बाराक ओबामालाई दिने घोषणा गरेपछि सारा विश्व चकित भयो । यो खबर सुन्नेबित्तिकै संसारभरिका मानिस विश्व-शान्तिका क्षेत्रमा बाराक ओबामाले के-के गरेछन्, खोजिनिती गर्न थाले ।

धेरैको प्रश्न यौटै थियो— कुनै पनि क्षेत्रमा कुनै उल्लेखनीय उपलब्धिविनै राष्ट्रपतिका रूपमा १० महिनाभन्दा कम समय बिताएका ओबामा कसरी नोबेल पुरस्कारका लागि छनोट भए ? सत्य के हो भने ओबामाले राष्ट्रपति कार्यालयमा बसेर जे गरेका छन्, त्यसको शान्तिसित गोरु बचेको साइनो पनि छैन ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-कौसर शाह

महिना दिनसम्म भगवानको नाममा व्रत बसेर गरिने प्रार्थनापछि चन्द्रमा देखेको दोस्रो दिन मुस्लिमहरूको पर्व इद हुन्छ । यो दिन हामी मुस्लिमहरूको महान् पर्व हो । मुस्लिमहरूको रोजा -व्रत) इस्लामी महिनाअनुसार नवौं महिनामा पर्छ । यो महिनाको व्रतलाई रमजान भनिन्छ । अरबी भाषामा यसलाई स्वयम् पनि भनिन्छ । यो महिनाभर दिनरात अल्लाह -भगवान्) को प्रार्थना गरिन्छ । त्यसकारण अर्को पवित्र ग्रन्थ हदिसमा लेखिएको छ, ‘यसलाई रमजान मात्र नभनौं, माहे रमजान भनौं ।’ रमजाको मतलब हो, गर्मीबाट जल्नु । यो महिनामा गर्मी, भोक, प्यासबाट जति तड्पिइन्छ त्यति नै पाप काटिन्छ भन्ने विश्वास मुस्लिम समुदायमा छ । यो महिनालाई तीन भागमा विभाजित गरिएको छ । सुरुका १० दिन क्रिपाका दिन, बीचका १० दिन अल्लातालाबाट माफी दिइने दिन र अन्तिम १० दिन नर्कबाट बच्नका लागि भोकै बसेर मनाइने दिन ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

– राजन राज पन्त

प्रविधिले विकासले धेरैलाई कम्प्युटरसँग नजिक बनाएको छ । इन्टरनेटको तीव्र विकास र प्रयोगले यसलाई अझ छिटो र प्रभावकारी माध्यम बनाइदिएको छ । तर प्रयोगसँगै यससम्बन्धी अपराध पनि बढिरहेका छन् । सुरक्षाका विभिन्न तरिका अपनाइए पनि पनि अझ नयाँ विशेषताको अपराध हुने गरेका छन् ।

त्यसमध्येकै एक ठगी प्रक्रिया हो, फिसिङ । फिसिङ भनेको आपराधिक ठगी प्रक्रिया हो, जसले संवेदनशील सूचनाहरू जस्तै पासवर्ड, क्रेडिट कार्डको विवरण तथा व्यक्तिगत विवरण्ालाई भरपर्दो तथा विश्वसनीय देखाई चोर्ने प्रयास गरिन्छ । प्रायः प्रचलित र इन्टरनेट प्रयोगकर्ताले सजिलै विश्वास गर्ने सामाजिक वेबसाइट, लिलाम तथा ई कमर्सका साइट, बैंकका साइट, अनलाइन-पेमेन्ट, प्रोसेसिङका वेबसाइट यसका लागि प्रयोग गरिन्छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

संखुवासभा। सुन्दा पत्याउन कठिन । एउटा रुद्राक्षको कर मात्रै ३० हजार रुपैयाँ । हो, भोजपुरको केउरेनीपानी गाविसमा फलेको २१ मुखे रुद्राक्ष संखुवासभामा बिक्री हुँदा जिल्ला विकास समितिले ३० हजार रुपैयाँ कर लिएको छ ।

केउरेनीपानीका राजन कार्कीले फलाएको उक्त दानाको मूल्य १५ लाख रुपैयाँ निर्धारण गर्दै जिविसले कर लिएको हो ।

रुद्राक्ष उत्पादक कार्कीले नै त्यसको मूल्य १५ लाख बताएपछि २ प्रतिशतका दरले ३० हजार रुपैयाँ कर लिएको निमित्त स्थानीय विकास अधिकारी माधवप्रसाद अधिकारीले बताए ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

– कृष्ण आचार्य

मकैसिंग, गोरखा। अल्प संख्यक चेपाङ समुदायले तरकारीबाट आएको आम्दानीले गोबरग्याँस स्थापना गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समितिले सरल ब्याजदरमा उपलब्ध गराएको ऋणले तरकारी खेती गरी बढेको आम्दानीले गोबरग्याँस बनाएका हुन् । समितिबाट लिएको ऋणको किस्ता तरकारीबाटै तिर्दै आएका छन् ।

मकैसिंग कोलडाँडा ३ र ४ वडाका १५ चेपाङ परिवारले यस वर्ष गोबरग्यास बनाएका हुन् । विकास निर्माण र प्रविधि विषयमा कम जानकार चेपाङका घरमा ग्यासबाट खाना पाक्न थालेपछि दंग छन् ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

वासिङ्टन । अमेरिकाका वरिष्ठ सिनेटर तथा पूर्वराष्ट्रपति जोन एफ केनेडीका भाइ एडवर्ड केनेडीको मस्तिष्कको ट्युमरका कारण ७७ वर्षको उमेरमा निधन भएको छ । आफ्ना दाजुले सन् १९६२ मा राष्ट्रपति पदका लागि सिनेटबाट राजीनामा दिएपछि एडवर्ड केनेडी डेमोक्रेटिक पार्टीका तर्फबाट म्यासाचुसेटस् राज्यको सिनेटर भएका थिए र सातपटकसम्म सिनेटरमा निर्वाचित भएका थिए । अचेल उनी राष्ट्रपति ओबामाको सक्रिय समर्थक रहेका थिए । उनी स्वास्थ्य तथा शिक्षाजस्ता मामलाका विज्ञ मानिन्थे ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

जोआना लुम्ले, बेलायती अभिनेत्री
लिबरल डेमोक्र्याटिक पार्टीका नेता पिटर क्यारोल, काउन्सिलर धन गुरूङ, गोर्खा वकिल मार्टिन होवे, डेभिड इन्राइट र किरण ओरूर्केसहित आइपुगेकी थिइन्, बेलायती अभिनेत्री जोआना लुम्ले। गोर्खाली न्यायिक अभियानकारीका रुपमा परिचित ६३ वर्षीया लुम्लेले पाँचदिने नेपाल यात्रामा काठमाडौं, धरान, दमक, पोखरा, स्याङ्जा पुगिन् र गोर्खा सैनिकका परिवारसँग भलाकुसारी गर्न भ्याइन्। त्यसै क्रममा पोखराको मट्टीखान भ्यू टावर लुम्ले परिवारका नाममा घोषणा गरिएको छ। लन्डन फर्कनुअघि पोखरामा लुम्लेसँग नागरिकन्युजका भोजराज भाटले गरेको संवाद।

(more…)

Read Full Post »

स्रोत: राष्ट्रिय साप्ताहिक

-विजय पौडेल / न्युयोर्क

प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने  खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने  चाँदीझै टल्कने हिमशृङ्खलाहरु, हरियाडाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्टि गर्ने नयाँ ससार  बसाउने धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु। आफ्नो मातृभूमिले खुट्टा टेक्न सिकायो, दुई हात जोडेर अभिवादन गर्न सिकायो, मिलेर बस्न सिकायो, संस्कार सिकायो तर त्यही मातृभूमिलाई केही योगदान दिने समय जब आयो, जब मातृभूमिलाई ऋण तिर्ने समय आयो तब मातृभुमीप्रति बिमुख भएर विभिन्न पेसा र व्यवसायमा नेपालीहरु परदेसिने क्रम बढेको छ।

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »