स्रोत: नयाँ पत्रिका
-भीम चापागाईं
इलाम। विश्वमै लोप हुन लागेको सेतो गुराँस वा चिमालको नेपालमै पहिलोपटक अध्ययन-अनुसन्धान सुरु गरिएको छ । इलामका लेकाली भेगमा पाइने चिमालको संरक्षण गरी यसको संख्या बढाउन अध्ययन सुरु गरिएको हो ।
Posted in समाचार (News/Info) on 12/02/2009| Leave a Comment »
स्रोत: नयाँ पत्रिका
-भीम चापागाईं
इलाम। विश्वमै लोप हुन लागेको सेतो गुराँस वा चिमालको नेपालमै पहिलोपटक अध्ययन-अनुसन्धान सुरु गरिएको छ । इलामका लेकाली भेगमा पाइने चिमालको संरक्षण गरी यसको संख्या बढाउन अध्ययन सुरु गरिएको हो ।
Posted in समाचार (News/Info) on 11/30/2009| 1 Comment »
स्रोत: नयाँ पत्रिका
-नवीन तिमिल्सिना
कीर्तिमानी कायम गर्दै सगरमाथा आधारशिविरमा बस्ने मन्त्रिपरिषद् बैठकका लागि ६० लाख खर्च हुने भएको छ । जलवायु परिवर्तन विश्वस्तरीय कोपनहेगन सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले १९ मंसिरमा सगरमाथा आधारशिविरको कालापत्थरमा मन्त्रिपरिषद् बैठक डाकेको छ ।
Posted in समाचार (News/Info) on 11/24/2009| Leave a Comment »
स्रोत: नागरिक
-लेखनाथ पाण्डे
राहदानी विज्ञले नेपाल सोझै अत्याधुनिक इ-पासपोर्टमा प्रवेश गर्नु प्रावधिकरुपले कम झन्झटिलो र
आर्थिकरुपमा सहज हुने सुझाव दिएका छन्। अहिले प्रयोगमा ल्याउन लागिएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) केही वर्षभित्रै विस्थापित गर्नुपर्ने भएकाले एकैचोटि इ-पासपोर्टमा जाँदा दोहोरो आर्थिक भारबाट बच्न सकिने उनीहरुको तर्क छ।
परराष्ट्र मन्त्रालयका केही अधिकारीले भने चार महिनामात्र समय रहेकाले तत्काल इ-पासपोर्टमा जान सम्भव नभएको बताएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (इकाओ)को बाध्यकारी प्रावधानअनुसार विश्वका सबै मुलुकले आउँदो १ अप्रिल २०१० बाट मेसिनले पढ्न सक्ने राहदानी एमआरपी जारी गर्नुपर्छ। यो पूरा गर्न नसके नेपालीले विदेश यात्रा गर्न पाउने छैनन्। त्यसअघि नै लिइसकेका व्यक्तिले भने २०१४ सम्म अहिलेकै साधारण राहदानी प्रयोग गर्न सक्नेछन्।
Posted in समाचार (News/Info) on 11/23/2009| Leave a Comment »
स्रोत: ई-कान्तिपुर
-जनार्दन आचार्य
स न् १९२६ नोभेम्बर २३ तारिख सोमबारको दिन भगवान् श्री सत्य साई बाबाले यस धर्तीमा जन्म लिनुभयो । ८४ वर्षको उमेरसम्म अलौकिक अवतारी पुरुष श्री सत्य साई बाबा विश्व कल्याणको अभियानमा निरन्तर लागि रहनुभएको छ । विश्वभरिका करोडौं भक्तहरूले उहाँलाई भगवान्को रूपमा श्रद्धा एवं भक्तिपूर्वक पुज्दै आएका छन् । उहाँको अलौकिक शक्ति स्पर्सबाट बोल्न नसक्नेहरू बोल्न सक्ने भएका छन्, हिँड्न नसक्नेहरू दगुर्न सक्ने भएका छन्, अन्धाहरू देख्न सक्ने भएका छन्, अज्ञानीहरू ज्ञानी बनेका छ्न् । उहाँको दर्शन मात्रले कयौं मानिसहरू पूर्ण रूपान्तरित भएका छ्न् । उहाँ एक हातमा सांसारिक ज्ञान देखाएर हामीलाई आफूतिर आकषिर्त गर्नुहुन्छ भने अर्को हातमा आध्यात्मिक ज्ञान लिएर बस्नुभएको छ । मानिस परिमार्जित हुँदै सभ्य, सुसंस्कृत, समझदार र ज्ञानि बन्न पुग्दछ, ऊ पूर्ण रूपमा रूपान्तरित हुने गर्दछ ।
Posted in समाचार (News/Info) on 11/19/2009| Leave a Comment »
स्रोत: नागरिक
-लेखनाथ पाण्डे
सरकारले गद्दी च्यूत भएको डेढ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई कूटनीतिक राहदानी उपलब्ध गराएको छ। परराष्ट्र मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गरी शाहका नाममा मंगलबार रातो पासपोर्ट जारी गरेको हो।
‘पूर्वराजाका हैसियतले उनलाई कूटनीतिक राहदानी उपलब्ध गराइएको हो,’ परराष्ट्रका एक वरिष्ठ अधिकारीले नागरिकलाई भने, ‘पूर्व राष्ट्राध्यक्षलाई कूटनीतिक राहदानी दिइनु सामान्य हो।’ ती अधिकारीका अनुसार पूर्वराजाका नाममा एक वर्षका लागि यस्तो राहदानी जारी गरिएको छ।
पूर्वराजाले राजदरबारका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा कूटनीतिक राहदानीका लागि औपचारिक निवेदन दिएका थिए।
Posted in समाचार (News/Info) on 11/11/2009| Leave a Comment »
स्रोत: नयाँ पत्रिका
-जीवन बिसी

तपाईं रुकुमको चौरजहारीबाट नेपालगन्जसम्मको हवाईयात्रा गर्दै हुनुहुन्छ ? मध्यपश्चिम पहाडी क्षेत्रको व्यापारिक केन्द्र चौरजहारीबाट नेपालगन्जसम्म यात्रा गर्न हवाईजहाज र बससेवा दुवै पाउनुहुनेछ । तर, बस र जहाजको भाडामा भने तीन सय रुपैयाँको मात्र अन्तर पाउनुहुनेछ ।
यस क्षेत्रमा सञ्चालित यातायात व्यवसायी समितिले महँगो भाडा लिने र चौरजहारीबाट गाडी सञ्चालन हुनासाथ नेपाल वायुसेवा निगमले भाडादर घटाएपछि बस र जहाजको भाडा एउटै पर्न गएको हो ।
Posted in समाचार (News/Info) on 10/28/2009| Leave a Comment »
स्रोत: कान्तिपुर
-जितेन्द्र साह
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सात वर्षको अवधिमा एक महिलासहित २९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये १५ जनाविरुद्ध यो दुई वर्षको अवधिमा विभिन्न मुलुकका सुरक्षा निकायले यो नोटिस जारी गरेको हो । सन् १९६७ मा नेपाल ‘इन्टरपोल’ को सदस्य भएको हो ।
‘यसले अन्य मुलुकमा गम्भीर प्रकृतिका अपराधमा नेपाली सहभागिता बढ्दै गएको देखिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले कान्तिपुरसँग भने । उनका अनुसार सबभन्दा बढी भारतीय सुरक्षा निकायले २० जना नेपालीलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखेर खोजी दिन आग्रह गरेका छन् ।
Posted in समाचार (News/Info) on 10/21/2009| Leave a Comment »
स्रोत: अनलाइन खबर
-हरिबहादुर सारुमगर
पाल्पा । प्राकृतिक स्रोत र साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्तनधारी पंक्षी चमेराको नेपालमै पहिलो पटक पाल्पाका एक युवक शोधकर्ताले अध्ययन थालेका छन् ।
वन विज्ञानमा स्नातक अध्यायनरत तानसेन नगरपालिका काजीपौवाका २८ बर्षीय हरि अधिकारीले बिगत एक बर्ष देखि पाल्पाको विभिन्न स्थानमा चमेराको बारेमा अध्यायन गर्दै आएका छन् । अधिकारीले पाल्पाको अर्गली, मदनपोखरा, तानसेन नगरपालिका, बौघागुम्बा, राम्दी, सिलुवा लगायतका स्थानमा अध्ययन गर्दा सात थरि प्रजातीका चमेराहरु फेला परेको बताएका छन् ।
Posted in समाचार (News/Info) on 10/21/2009| Leave a Comment »
स्रोत: कान्तिपुर
-कास
सगरमाथाको सीमावर्ती क्षेत्रमा चीनले पहिलोपटक भूकम्प मनिटरिङ स्टेसन स्थापना गरेको छ । हिमालय क्षेत्रको भूकम्पीय जोखिम अध्ययन गर्न चीनले आफ्नो भूभागतर्फ स्टेसन बनाएको हो ।
स्टेसनले उक्त क्षेत्रको जलवायुको समेत अनुगमन गर्नेछ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढिरहेका बेला चीनका वैज्ञानिकले सगरमाथा क्षेत्रमा स्टेसन बनाएका हुन् ।
जलवायु परिवर्तनका कारण सगरमाथासँगैको उत्तरमा फैलिएको ‘तिब्बतीयन प्लेटो’ मा नकारात्मक असर परेका बेला भूकम्पीय जोखिमको सम्भावना अध्ययन गर्न स्टेसन खडा गरिएको चीनका वैज्ञानिकहरूले बताए । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढा हिमालय क्षेत्रमा हिउँको मात्रामा व्यापक परिवर्तन आएको विशेषज्ञहरूले बताए ।
Posted in समाचार (News/Info) on 10/19/2009| Leave a Comment »
स्रोत: नागरिक
-दुर्गादेवी रसाइली
मुस्ताङ। नेपालबाट मात्रै होइन विश्वको कुनाकुनामा समेत चर्चा पाउन सफल मुक्तिनाथ मन्दिर मर्मत सम्भार र संरक्षणको अभावमा भत्कने अवस्थामा पुगेको छ।
यस मन्दिरको निर्माण वि.सं. १८७१ अर्थात् करिब दुई सय वर्ष अगाडि भएको हो। मन्दिर जीर्ण हुँदै जानु साथै मन्दिरमुनि बगिरहने भूमिगत जलप्रवाहलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न नसकेको कारण यो खतरा दिनानुदिन बढ्दैगएको हो।
जिविस मुस्ताङले मन्दिरको अगाडि रहेको दुईवटा पानीको कुण्ड केही वर्षअगाडि २२ लाख रुपैया खर्च गरी बनाएको भए पनि हाल आएर कुण्ड अगाडिको पर्खाल अवस्थित जमिनको भाग अपत्यारिलो तवरबाट भास्सिएको छ।