स्रोत: ई-कान्तिपुर
-रासस
रत्ननगर, चितवन। चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना गरिएको छ । दुईसय ३७ जना सशस्त्र प्रहरी रहने गरी पहिलोपटक सीमा सुरक्षा कार्यालय स्थापना गरिएको हो ।
कार्यालयले यही फागुनबाट आफ्नो नियमित कार्य सञ्चालन गरेको सशस्त्र प्रहरी उपरीक्षक गजेन्द्र शाहीले जानकारी दिए । चितवनको भरतपुरस्थित आँपटारीमा मुख्य कार्यालय स्थापनाको तयारी भइरहेको भए पनि तत्कालीन समयमा स्थान अभावको कारण पूर्वी चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराबाट दैनिक कार्य सञ्चालन गर्ने गरी कार्यालय स्थापना भएको उनले बताए ।

