Feeds:
Posts
Comments

Archive for the ‘समाचार (News/Info)’ Category

स्रोत: कान्तिपुर

-अलका आत्रेय चुडाल

‘इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या’ -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे त्यहाँका पत्रिकामा प्रकाशित खबरको शीर्ष हो । सन् २०१० अपि्रल महिनामा एउटी १४ वर्षे छोरीले आफ्नी आमालाई ढाडमा सातपटक छुरी रोपेर मारिन् । दिउसो स्कुलबाट घर फर्किनासाथ ल्यापटपमा इन्टरनेटको सञ्जाल खोलेर बसेकी छोरीसँग उनकी आमाको भनाभन भयो । आमाले छोरीलाई इन्टरनेट बन्द गर्न भनेपछि तातेको यो बहस केही बेरमा शान्त भयो र छोरीलाई लुगा धुन जा भनेर आमा आफू नुहाउने कोठामा गइन् । यो लुगा धुनु पनि हाम्रो नेपाली गाउँ-सहरमा जस्तो बाटामा साबुन धसेर घन्टौं लगाएर धुने धुवाइ थिएन, मात्र लुगा धुने यन्त्रमा लुगा हालिदिने र समय भएपछि झिकेर ल्याउने थियो । रिसको झोँकमा आँखा नदेखेकी छोरीले आमा कोठाबाट निस्केपछि भान्साबाट तरकारी काट्ने धारिलो चक्कु लगेर नुहाउने कोठामा रहेकी आमाको ढाडमा सातपटक रोपिन् । हुन त यो उनीहरूको पहिलो भनाभन थिएन । आमा-छोरीबीच योभन्दा अघि पनि धेरैपटक कम्प्युटर, इन्टरनेट र फेसबुक लगायतका कुरामा गलफत्ती भइरहन्थ्यो ।ती किशोरीले फेसबुकमा र आफ्नो दैनिकीमा आमासँग रिस उठेको र भनाभन भएको कुराहरू लेखेकी पनि रहिछन् । कुनै बेला उनले ‘आज मसँग चक्कु थिएन, नत्र म त्यसको घाँटी रेटिदिन्थेँ र यो झगडा सधैंका लागि सकिन्थ्यो’ भनेर  पनि लेखेकी रहिछन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

वि‌.सं. २०६६ को मदन पुरस्कार बैतडीका नरबहादुर साउदलाई प्रदान गरिने भएको छ। उनलाई नेपालका बालीनाली र तिनको दिगो खेती नामक विद्वत् ग्रन्थका लागि यो पुरस्कार दिइने भएको हो। त्यसैगरी जनकपुरका डा. राजेन्द्र विमललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले बुधबार यो निर्णय गरेको हो।

विमललाई ४ दशकदेखि मिथिला क्षेत्रमा मैथिलभाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षित गराई विद्वान् बनाउने पुनीत कार्यका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङमयलाई समृद्ध तुल्याउने कामसमेत गरेवापत उक्त पुरस्कार प्रदान गरिने भएको गुठीले जनाएको छ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-माधव ढुङ्गेल

काठमाडौं। सरकारले लवेदा, सुरुवाल, कोट र चोलो-सारीलाई ‘नेपाली पोसाक’ को मान्यता दिएको छ। लोकतन्त्र आएपछि पहिलो पटक नेपाली पोसाक तोकिएको हो। लोकतन्त्रअघि पुरुषलाई दौरा, सुरुवाल, कोट र टोपी, महिलालाई चौबन्दी चोलो र फरिया ‘राष्ट्रिय पोसाक’ थियो। नेपाल राजपत्रमा ‘राष्ट्रिय पोसाक’ नभनी ‘नेपाली पोसाक’ नाम दिइएको छ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-पवित्रा सुनार

काठमाडौं। उडुस, उपियाँ, साङ्ला र मुसा आतंकले वीर अस्पतालका बिरामी, कर्मचारी र चिकित्सक हैरान छन्। केही सातायता अभियान नै छेडे पनि अस्पतालले मुसा र परजीवीको प्रकोप रोक्न सकेको छैन। बिरामी र तिनका कुरुवाले परजीवी रोक्न नसकेकामा अस्पताल प्रशासनको आलोचना गर्दै आएका छन्।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

वैदेशिक रोजगारीका लागि बिदेसिनेको पछिल्लो तथ्यांकले नेपाली युवामा विदेशमोह निकै बढेको देखिन्छ । देशमा बढ्दो बेराजगारी, शान्ति-सुरक्षाको अभाव, चर्को गरिबी, रोजगारमुखी शिक्षाको अभाव आदि कारणले नेपाली युवामा विदेशमोह बढ्दै गएको छ । चाहे उच्च शिक्षाका नाममा होस्, या रोजगारीका नाममै किन नहोस्, हिजोआज दिनदिनै सयौँको संख्यामा नेपाली युवा विदेश पसिरहेका छन् । यसरी बिदेसिने अधिकांश युवाको गन्तव्य बन्ने गरेका छन्— मलेसिया, साउदी अरेबिया, कतार, दुबईजस्ता एसियाली मुलुक । यस्ता मुलुकमा पुग्ने अधिकांश अदक्ष कामदारले गर्नुपर्ने चर्को श्रमअनुसारको उचित पारिश्रमिकसमेत पाउँदैनन् । तैपनि, नेपाली युवामा विदेशमोह घट्नुको साटो बढ्दै गइरहेको छ । अहिले एसियाली मुलुकका अतिरिक्त युरोप र अमेरिकी मुलुकमा समेत नेपाली युवा रोजगारी खोज्दै पुगिरहेका छन् । तर, सरकारले ती मुलुकसित श्रम सम्झौता गरी व्यवस्थित ढंगमा कामदार पठाउने कार्य गर्न सकिरहेको छैन । यस्ता कतिपय देशबाट कामदारको माग आए पनि दक्ष कामदारको अभाव देखिँदै आएको छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-भवानीश्वर गौतम

एक दशक देखि बढ्दै आएको एसएलसीको उत्तीर्ण दरमा यस वर्ष ब्रेक लागेको छ । ०६६ सालमा सञ्चालित एसएलसी परीक्षाको शुक्रबार प्रकाशित नतिजाअनुसार नियमित तर्फ ६४ प्रतिशत विद्यार्थी पास भएका छन् जुन अघिल्लो वर्षको भन्दा चार प्रतिशत कम हो ।

अघिल्लो वर्ष ६८ दशमलब ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपटक ६४ दशमलब ३१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा गत १२ देखि २० चैतसम्म सञ्चालित परीक्षामा नियमित तथा एक्ज्यामटेड तर्फका चार लाख ५६ हजार सात सय १९ जनाले फारम भरेका थिए भने चार लाख २७ हजार ५१ जना सहभागी भएका थिए । उनीहरू मध्ये दुई लाख ५९ हजार नौ सय १६ जना उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४७ हजार ६ सय ८९ परीक्षार्थी अर्थात् ६४ दशमलब ३१ प्रतिशत उत्तीर्ण भएका हुन् । एक्ज्याम्टेडतर्फका १२ हजार दुई सय २७ परीक्षार्थी अर्थात् २९ दशमलब १८ प्रतिशत उत्तीर्ण भएका छन् । ०६२ सालदेखिको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि बोर्डफस्र्ट घोषणा गरिएन ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-का.स.

संस्कृति मन्त्रालयले ‘सयौं थुंगा फूलका हामी’ बोलको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई आजीवन तलब प्रस्ताव गर्ने भएको छ । मन्त्रालयले उनलाई मासिक २५ हजार तलब दिने प्रस्ताव मन्त्रिपरिषदमा लान लागेको हो ।

‘प्रस्ताव तयार भइसकेको छ, छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत हुनेछ,’ संस्कृतिमन्त्री मिनेन्द्र रिजालले कान्तिपुरसित भने, ‘उहाँको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो ।’

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-चित्रांग थापा

महेन्द्रनगर। विश्वमै दुर्लभ पन्छी “सारस” शनिबार शुक्लाफाँटा आरक्ष सिमसार क्षेत्रमा देखा परेको छ । आरक्षको विस्तारित क्षेत्रमा पर्ने बेलडाँडीको इमलिया सिमसार क्षेत्रमा सारस देखा परेको आरक्ष प्रशासनले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आरक्ष प्राविधिक कर्मचारी टोलीले एक बच्चासहित जोडी सारस शनिबार दिउँसो इमलिया क्षेत्रमा देखेका हुन् । ३/४ वर्षदेखि उक्त क्षेत्रमा सारसका जोडी दिउँसो आहारको खोजीमा नियमित रूपले आउने गरेको स्थानीयवासीले जनाएको रेग्मीले बताए ।

अंग्रेजीमा ‘सारस क्रेन’ र वैज्ञानिक नाम ‘ग्रस एन्टिगोन’ रहेको उक्त प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको पन्छी मानिने उनी बताउँछन् । यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने गरेको छ । ‘पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ ८ फिटसम्म पुग्छ,’ उनले भने ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-घनश्याम खड्का

म्याग्दी। बाटोको किनारा, खेतबारी र जंगलभरी खेर गइरहेको च्वास्स पोल्ने झार (सिस्नु) बेचेर यस वर्ष यहाँका महिलाहरुले झोलीभरी लाखौं रुपैयाँ जम्मा पारेका छन् ।

जिल्लाको दाना, घार, घतानका महिलाहरुले सिस्नुको मुन्टा र फुलको धुलो बनाई ‘सिस्नु पाउडर’ विक्री गरेर यो वर्ष ५ लाख ५० हजार रुपैया आम्दानी गरेका हुन् । यहाँका महिलाले यस वर्ष १३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरि जिल्लाबाहिर पुर्‍याएर विक्रि गरी यो आम्दानी गरेका हुन् । सिस्नु बेचेर यस वर्ष दानाकी मैती तामाङ्गले ३० हजार र घतान नेप्टेचौरकी गंगा खत्रीले २५ हजार आम्दानी गरे । ‘यो वर्ष सिस्नुको धुलो बेचेर २५ हजार र टिमुर बेचेर ६० हजार आम्दानी गरें’ नेप्टेचौरकी अगुवा गंगा खत्रीले भनिन् ।

असोज देखि फागुनसम्म सिस्नु टिप्ने, धुलो बनाई विक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो । सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका विरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन् । सिस्नुको सुपले शरिरमा गर्मी बनाउने भएकोले गर्मी मौषममा खानु उपयुक्त हुंदैन् । (more…)

Read Full Post »

स्रोत: नागरिक

-पुरनप्रसाद विष्ट

भारतको पूर्वोत्तर मेघालयका आदिवासी (खसिया, गारो, जयन्तीय) ले नेपाली भाषीविरुद्ध चलाएको दंगामा दुई दर्जन बेसीको ज्यान गइसकेको छ। निर्मम साम्प्रदायिक दंगामा मारिएकामध्ये १७ जना नेपाली भाषी छन्। अब डर अरू दंगा भड्केला भन्ने हो। केही दिनसम्म होइन, केही वर्षसम्मै।

दंगा मेघालयका लिङपीबाट सुरु भई जयन्तीया हिल, गारो हिल र राजधानी सिलोङसम्म फैलिएको छ। ती ठाउँमा नेपाली मूलका मानिस निसाना बनिरहेका छन्। सरोकारवाला निकायले बेलैमा पहल नगरे एकपक्षीय आक्रमण छिट्टै मत्थर हुने देखिँदैन।

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »