Feeds:
Posts
Comments

Archive for the ‘समाचार (News/Info)’ Category

स्रोत: ई-कान्तिपुर

-डा. मनप्रसाद वाग्ले

विद्यालय शिक्षा सुधारका लागि गएको २० वर्षमा दस खर्बभन्दा बढी रकम खर्च भइसकेको छ । प्रति वर्ष शिक्षामा लगानी बढ्दै गएको तथ्य अर्थमन्त्रालयको रातो किताबबाट प्रस्ट देखिन्छ । दातृराष्ट्रहरूले शिक्षामा लगानी गर्ने क्रम घटेको छैन । गत वर्षभन्दा यस वर्ष राष्ट्रिय बजेटभित्रै झन्डै १७ अर्ब रुपैयाँले शिक्षामा लगानी बढेको छ तर विडम्बना क्षेत्रीय स्तरमा सबभन्दा कमजोर शिक्षा व्यवस्था अफगानिस्तानलाई छोडेर नेपालमै छ । यसका धेरै कारक तत्त्वहरू छन्ः तीमध्ये सबभन्दा बलियो कारक भनेको शिक्षामन्त्रालय र यससँग सम्बद्ध निकाय र तिनमा काम गर्ने प्रबुद्ध अधिकारीहरू नै हुन् । दोस्रो कारकमा तिनलाई सल्लाह दिने र बाटो देखाउने नाममा विदेशीको सहयोगबाट डलर आर्जन गर्ने सल्लाहकारहरू हुन् । तेस्रो कारक, राष्ट्रिय राजनीतिलाई लिन सकिन्छ भने चौथोमा राज्यको शिक्षा प्रतिको उदासीनता पर्दछ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-श्याम श्रेष्ठ

एउटा मान्छे जति लोकप्रिय हुन्छ, उसको सामाजिक उत्तरदायित्व उति नै बढी हुन्छ । ऊ लोकपि्रय हुनुको तात्पर्य उसले भने/गरेका कुरामा जनताको भरोसा र विश्वास बढ्नु हो । यही कारणले कुनै पनि व्यक्ति लोकपि्रयताको सिँढी जति चढ्दै जान्छ, उति नै बोल्ने र गर्ने कुरामा ऊ ज्यादा होशियार र जिम्मेवार हुनुपर्ने हुन्छ । यो जगजाहेर छ, अत्यधिक लोकपि्रय व्यक्तिले बोलेका कुराले अत्यधिक मानिसको जीवनमा प्रत्यक्ष असर पुर्‍याउने हुन्छ ।

विश्वका महान फुटबल खेलाडी पेलेलाई एकपटक करोडौं डलर पारिश्रमिक दिने सर्तमा एउटा मादकपदार्थको विज्ञापन गरिदिन अनुरोध गरियो । त्यतिखेर उनी विश्वभरि चर्चाको शिखरमा थिए । उनले टेलिभिजन र रेडियोमा त्यो मादकपदार्थ म दिनदिनै पिउँछु भनेर भनिदिए मात्र पुग्ने कुरो थियो । यसले त्यो वस्तुको बिक्री काफी धेरै बढ्नमा मद्दत गर्न सक्थ्यो, तर उनले यसो गर्न मानेनन् । उनले भने कि मलाई टन्न पैसा आउँछ भन्दैमा म आमजनताको स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्‍याउने काम गर्न कसरी गर्न सक्छु ? जनताप्रति मेरो दायित्व छैन र ?

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

गुगलले क्रिसमसको लागि राखेको नयाँ लोगो गुगल डुडलका १७ वटा इन्टर्‍याक्टिभ चित्रमा नेपालको पनि एउटा चित्र छ। दैनिक करोडौँले इन्टरनेटमा सामाग्री खोज्न प्रयोग गर्ने विश्वको सबैभन्दा चल्तीको सर्च इन्जिन गुगलको होमपेजमा बौद्ध गुम्बाअघि हाँस्दै गाइरहेका तीन महिला देख्न सकिन्छ।

सो चित्रमा क्लिक गरेपछि गुगलले नेपाल खोज्न थाल्छ।

माइकल लोपेजले अन्य चार चित्रकारहरुसँग मिलेर २५० घण्टा लगाएर गुगल डुडलका यी १७ वटा चित्र तयार पारेका हुन्।

चित्रहरुमा जापानको माउन्ट फुजी, चीनको ग्रेटवाल, भारतीय नृत्य शैलि, सहारा मरुभूमि, र सिड्नीको हार्बर ब्रिज समेत रहेका छन्।

२०६७ साल पौष ९ गते शुक्रवार।

Read Full Post »

स्रोत: कान्तिपुर

-का.स.

काठमाडौ। परराष्ट्र मन्त्रालयले जारी गर्न लागेको ३२ पेजको मेसिन रिडबेल पासपोर्टभित्र मुलुक चिनाउने १७ प्रतिकात्मक तस्बिर समेटिएका छन् ।

राष्ट्रिय चिन्हको निर्णय नभएकै बेलामा मुलुक चिनाउने प्रतिकात्मक तस्बिर राख्नु परेकाले मन्त्रि परिषद्को सहमतिमा यी तस्बिर छनोट भएको परराष्ट्रका सहसचिव एवं केन्द्रीय राहदानी कार्यालयका प्रमुख भरत पौड्यालले जानकारी दिए ।

छानिएका तस्बिरमा पाल्पाली करुवा, बाघ, देशे मरु झ्या, नील गाई, हात्तीको बथान, उपल्लो मुस्ताङ, कुमारी घरभित्रको कलात्मक दृश्य, धान रोपाइँ, कृष्णसार, माछापुच्छ्रे, सिंहदरबार र चियाबारी छन् । यस्तै, गैंडा, सगरमाथा, राष्ट्रपति भवन, बेगनास ताल र एक दुर्लभ चरा समेटिएका छन् । पासपोर्टमा वाटरमार्क भने डाँफे चराको छ ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-सुशील भट्टराई

तीन महिनायता तीन आन्तरिक हवाई दुर्घटनामा परेर ३८ जनाले ज्यान गुमाए। यसले सबैमा एउटा आशंका जन्माएको छ, नेपालको हवाई सेवा असुरक्षित हुँदै गएको त होइन? सरकारी अधिकारी, वायुसेवा सञ्चालक, पाइलटलगायत विज्ञहरू लगातार भएका पछिल्ला तीन दुर्घटनालाई ‘दुःखद संयोग’ को संज्ञा दिन्छन्। ‘यो संयोगमात्र हो,’ उनीहरूको भनाइ छ, ‘गएका तीन-चार वर्षमा एउटै दुर्घटना नभएको तथ्यांक पनि हामीसँग छ।’

तर, दुर्घटनालाई संयोगै मानेर आँखा चिम्लने अवस्था छैन। आन्तरिक हवाई सेवाका कमी-कमजोरी औंल्याउँदै दुर्घटनातर्फ सचेत गराइएका उदाहरण पनि प्रशस्तै छन्।

विज्ञहरूका भनाइमा नेपालको भौगोलिक अवस्था, आन्तरिक उडानमा प्रयोग हुने पुराना जहाज, पर्याप्त उपकरण अभाव र मौसम नै दुर्घटना दर बढ्नुका मुख्य कारण हुन्। पाइलटको गल्ती, नियमन निकायको बेवास्ता, वायुसेवा सञ्चालकको दबाब, प्राविधिक गडबडीलाई पनि विज्ञहरूले दुर्घटनाका कारक मान्ने गरेका छन्।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-उमेशप्रसाद मैनाली

गोप्य सूचनाहरू चुहावट गर्ने उद्देश्यले खोज पत्रकारिता गरिरहेको वेबसाइट ‘विकिलिक्स’ ले हालै अमेरिकी कूटनीतिक क्षेत्रका अति गोप्य सूचनाहरू चुहाइदिएर विश्वभर महाभूकम्प ल्याइदिएको छ । सूचनाको यो चुहावटले विश्वका कैयौं राजनीतिज्ञ र सार्वजनिक पदाधिकारीहरूको व्यक्तित्व धरापमा पारिदिएको छ । यसले अमेरिका र अन्य मुलुकहरूको कूटनीतिक सम्बन्धको विश्वसनीयतामा नराम्रो क्षति पुर्‍याइदिएको छ । युरोप, मध्यएसियादेखि नेपालसम्मका गोप्य सूचनाहरू चुहावट गरिदिएर ती मुलुकका स्थापित व्यवस्था एवं संस्थापन पक्षलाई नसोचेको समस्या सिर्जना गर्दै छ । अमेरिकाको लागि त यो अर्को सेप्टेम्बर ११ भएको प्रतिक्रिया इटालीमा विदेशमन्त्रीले दिएका छन् भने एक अमेरिकी रिपब्लिकन सांसदले यो वेबसाइटको सञ्चालकलाई आतंकवादीको सूचीमा राख्नुपर्ने तीव्र आक्रोश व्यक्त गरेका छन् ।

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

गायक भेडीखर्के साँइला, तस्विर: प्रेमकुमारी घले

लमजुङ।  पश्चिमाञ्चलकै बहुचर्चित ठाडो भाकाका एकमात्र गायक भेडीखर्के साइँला चार महिनादेखि विरामी भई गायनमा निस्कृय भएका छन् ।

दमका रोगी भेडिखर्के गत साउनदेखि विरामी भएपछि निस्कृय भएका हुन् । लामो समय विरामी परेकाले गाउँघर बाहेक बाहिराका अन्य कुनै कार्यक्रममा उनी सहभागी हुन सकेका छैनन् । दम रोगका कारण उनलाई खाना खान र हिंडडुल गर्न गाह्रो भएको छ ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

काठमाडौं। ख्याति श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त वीरेन श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले श्रेष्ठलाई अपहरण तथा कर्तव्यज्यान मुद्दामा दोषी ठहर गर्दै शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।

एउटै अपराधमा अभियुक्त वीरेन उम्किन नसकोस् र हदैसम्मको कारबाही होस् भनी दोहोरो सजायको मागदाबी गरिएको थियो। अदालतले पनि अपहरण र कर्तव्यज्यानतर्फ फरकफरक फैसला सुनाएको छ। अपहरणतर्फ १९ वर्ष र दुई लाख रुपैयाँ जरिवाना छ भने कर्तव्यज्यानतर्फ सर्वस्व सहित जन्मकैदको फैसला छ।

(more…)

Read Full Post »

विश्वमै दुर्लभ सफलता: चिकित्सक

स्रोत: ई-कान्तिपुर

-अतुल मिश्र

काठमाडौ। लट्ठीले मुटु, फोक्सो, डायफ्राम छेंड्दै वारपार भएका एक व्यक्तिको दुर्लभ शल्यक्रिया सफल भएको छ । मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा मुटु तथा फोक्सो शल्यक्रिया विभागका प्रमुख प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा यस्तो शल्यक्रिया भएको हो ।

‘एकदमै दुर्लभ शल्यक्रिया सफल भयो,’ केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. प्रकाश सायमीले भने, ‘यसअघि यस्तो केस नेपालमा देखिएको छैन, विश्वमा समेत दुर्लभ हो ।’ यो केन्द्र चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत छ ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

भूमध्यरेखा सार्वजनिक गर्दै माओवादी नेता भट्टराई तथा एनआरएन संस्थापक अध्यक्ष महतो। बीचमा लेखक मिश्र। तस्विरः चन्द्रशेखर

काठमाडौं। स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा आइतबार सार्वजनिक भएको छ। माओवादी नेता बाबुराम भट्टराई र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा सार्वजनिक गरेको पुस्तकमाथि पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गरेका थिए। ‘यो वातावरण देख्दा मलाई जेएनयु पढ्दाको सम्झना भइरहेछ’, मिडियाकर्मी तथा लेखकहरुको उल्लेख्य उपस्थिति तर्फ संकेत गर्दै माओवादी नेता भट्टराईले भने- ‘राजनीतिमा नलागेको भए म पनि अहिले यही समूहमा हुन्थेँ होला।’

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »