Feeds:
Posts
Comments

Archive for the ‘समाचार (News/Info)’ Category

स्रोत: नेपाली पोष्ट

 

मदन गौतम (रासस)

 

आउँदो २०६६ साल ११ महिनाको गर्ने कि १२ महिनाको भन्ने सम्बन्धमा लामो विवाद पछि अन्ततः ज्योतिषीहरू १२ महिनाकै पात्रो कायम गर्ने निष्कर्शमा पुगेका छन्
 
 
यतिखेर बजारमा नयाँ पात्रो क्यालेण्डरले बजार ढाकिसक्ने अवस्थामा पर्व सुधारका नाममा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको बैशाख महिनामा मिलान गराउन सरकारले गरेको प्रयास र्सार्थक नभएपछि ज्योतिषीहरू १२ महिनाको पञ्चाङ्ग बनाउन व्यस्त छन्

 

संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई आउँदो वर्ष१२ महिनाको क्यालेण्डर बनाउन सुझाव दिइसकेको
 
 
सूर्यको अयन गति (सूर्यको गति अनुसार निर्णय लिने पद्धति) वर सर्दै आएकाले ज्योतिष धर्मशास्त्रको नियम सन्तुलन राख्ने उद्देश्यले गत पुस महिनामा मन्त्रालयले सो कार्यदललाई ११ महिनाको क्यालेण्डर बनाउन निर्देशन दिएको थियो

 

हरेक हजार १५० वर्षमा अयन गति एक महिना वर र्सर्ने भएकाले सूर्यको गति अनुसार पञ्चाङ्ग मिलाउन परेको हुँदा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको अधिक मासमा मिलाउन खोजिएको हो भन्नुहुन्छ पर्व सुधार कार्यदलका सदस्यसचिव हरिनारायण मल्ल

 

शास्त्र, धर्म परम्परा विपरित सरकारको यो निर्णयमा असहमत भएका ज्योतिषीहरू भन्छन्एक सेकेण्ड एक मिनेटको फरक निस्कदा पञ्चाङ्गमा ठूलो असर पर्छ भने पूरै एक महिनाको अन्तर कसरी समायोजन गर्ने भन्ने प्रश्न उठेको

 

एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटन जाने २०६७ सालको मलमास बैशाखमा विवाह ब्रतबन्धको साइत दिन नमिल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वपनि नेपालमा एक महिना अघि मनाउन पर्ने बाध्यता हुन्छ।
 
 
पूरै एक महिनाको अन्तरले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मनाइदै आएका हाम्रा चार्डपर्व, धर्म संस्कृतिमा पनि असर पर्ने हुँदा शास्त्रसम्मत् नभएको यो निर्णय अस्विकार्य भएकोले बाह्रै महिनाको पञ्चाङ्ग बनाउने तयारीमा रहेको उनीहरूको तर्क

 

अयन गतिलाई मात्र आधार मानेर पञ्चाङ्गमा विवाद ल्याउन खोजेको बताउनुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भटृर्राईको तर्क शून्य ड्रि्रीको कोणबाट सुरु भएको र्सूयको गति अहिले २४ ड्रि्रीको कोणमा पुगको भने यो क्रम २७ ड्रि्रीको कोणमा पुगेपछि पुनः शून्य ड्रि्रीकै कोणमा पुग्नेहुनाले पर्व सुधारको नाममा महिना परिवर्तन गर्नु आवश्यक छैन

 

हालसम्म चन्द्रमासका आधारमा मनाइने सबै चाडपर्वहरूलाई अयनांशले असर नपारेको पञ्चाङ्ग बमोजिम तोकिएकै समयमा सूर्य ग्रहण तथा चन्द्र ग्रहण लाग्दै आएको उहाँ बताउनुहुन्छ
 
 
सरकारको निर्णयमा अडिग रहनुभएका उक्त कार्यदलका सदस्यसचिव मल्ल भारत लगायत धेरै राष्ट्रले सम्बत् सुधार गरिसकेका छन् भन्नुहुन्छ

 

उहाँका अनुसार सन् १९५७ मा राष्ट्रिय शक सम्बत्मा सुधार गरेर भारतले २२ मार्चलाई चैत गते बनाएको हाल मद्रासका ३० भन्दा बढी मठ मन्दिरले पनि पर्वको समय सुधार गरिसकेका छन्

 

यसैगरी चारसय वर्षअघि नेपाल सम्बत् (नेवारी) मा पनि छोटो दिन लामो दिनलाई क्रमशः मङ्सीर महिना जेठ महिना उल्लेख गरेको करिब एक महिनाको अन्तरलाई पनि सुधार गरिसकिएको

 

राष्ट्रिय सम्बतमा पनि दिन रात बराबर हुने बैशाख गते अघि सरेर चैत गतेसम्म आइसकेको हुँदा सिङ्गो एक पूणिमाबाट अर्को पूर्णिमासम्मको अन्तर हटाउन ठिक हुने सदस्यसचिव मल्लको तर्क

 

नेपाल पञ्चाङ्ग निर्णायक समिति सहित त्रिभुवन विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, एघार महिने पर्व विरुद्ध सङ्घर्ष समिति ज्योतिष तथा धर्मसँंग सम्वन्धित अन्य संस्थाका प्रतिनिधि सहभागी एक भेलाले आउँदो वर्षो पञ्चाङ्ग १२ महिनाको बनाउने सायन निरयण(सूर्यको गतिको आधारमा निर्णय गर्न नपर्ने पद्धति) को सम्बन्धमा सही निर्णय लिनको लागि सम्बद्ध विज्ञले अध्ययन अनुशिलन गर्ने बेधशालाको निर्माणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको

 

सो भेलाले अयनाशंले चन्द्रमासका आधारमा मनाइने सबै पर्वहरूलाई असर नपारेकाले विश्वभर मनाइने चार्डपर्व नेपालमा एक महिना अघि सार्न सम्भव नहुने, एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटने, मलमासका कारण अशुद्ध मानिएको २०६७ सालको बैशाख महिनामा विवाह ब्रतबन्धका साइत दिन नसकिने भएकाले पर्व सार्दा धर्मशास्त्र ज्योतिषका ग्रन्थमा व्यवस्था भए बमोजिम परिमार्जन संशोधन गर्नुपर्नेमा जोड दिइएको

  

http://www.nepalipost.com/site/?a=read&catid=1&id=8229

Read Full Post »

स्रोत: कान्तिपुर

गंगा बीसी/योगेश खतिवडा

नागरिकता बनाउँदै हुनुहुन्छ भने नयाँ खबर । केही महिनापछि तपाइर्ंले नेपाली कागजले बनेको नागरिकता पाउनु हुनेछ । करिब २० वर्षभन्दाअघि पनि नेपाली कागजको नागरिकता प्रचलनमा थियो । सरकारले त्यसयता भने विदेशी कागजमा नागरिकता वितरण गर्दै आएको छ ।

लोक्ता व्यवसायी हुनुहुन्छ भने पनि खुसीको खबर । तपाईंले उत्पादन गरेको कागजले आम्दानी मात्रै होइन सम्मान पनि पाउँदैछ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पहिलो चरणमा नागरिकताका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्न यो निर्णय गरिएको हो,’ उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कान्तिपुरसँग भनिन्, ‘यसले उद्योग फस्टाउने विश्वास सरकारको छ ।उनले सरकारी कार्यालयमा नेपाली कागज प्रयोग गर्ने विषयमा एक महिना सम्भाव्यता अध्ययन गरेको जानकारी पनि दिइन् । यसअघि नेपाल हाते कागज संघले उद्योग र गृहमन्त्रीलाई भेटी नागरिकताका लागि नेपाली कागज प्रयोग गर्न माग गरेका थिए ।

हामीले उत्पादन गरेको कागजले सम्मान पाएकामा खुसी बनाएको छ,’ नेपाल हाते कागज संघका सचिव किरण डंगोलले भने, ‘यसले उद्योग फस्टाउन सघाउ पुग्ने छ ।हाल वाषिर्क १० हजार मेटि्रक टन उत्पादन हुने नेपाली कागज ९० प्रतिशत अन्य मुलुकमा निर्यात हुने गर्छ । नागरिकताका लागि प्रयोग भएपछि २५ प्रतिशत स्वदेशमै खपत हुने डंगोलले कान्तिपुरलाई बताए । नागरिकताका लागि प्रतिवर्ष एक लाख सिट कागज प्रयोग हुनेछ ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183815

Read Full Post »

स्रोत: कान्तिपुर

अतुल मिश्र

अन्तरिक्षमा पृथ्वीजस्तै अर्को ग्रह पनि छ ? वैज्ञनिकहरूको अनुमान छ, पक्कै पनि हुनुपर्छ । यथार्थ पत्ता लगाउन अमेरिकी अन्तरिक्ष संस्था -नासा) ले शुक्रबार राति मानवरहित एक यानलाई ग्रह खोज्न अन्तरिक्षमा पठाएको छ ।

क्यालिफोर्निया, पासाडेनास्थित जेट प्रोपल्सन ल्यावोरेट्री -जेपीएल) द्वारा शुक्रबारै जारी विज्ञप्तिअनुसार केप्लरनाम दिइएको यो अन्तरिक्षयान अर्को आकाश गंगाका पृथ्वीहरूको खोजीमा निस्केको हो । यानले हामी बसेको पृथ्वीजस्तै ग्रह अन्त पनि छ कि भन्ने जिज्ञासाको जवाफ पत्ता लगाउन पहल गर्ने विज्ञप्तिमा जनाइएको छ । पृथ्वीबाहिर जीवनको अस्तित्व पत्ता लगाउनु यो यानको उद्देश्य हो ।

नेपाली समयअनुसार शनिबार बिहान केप्लर सवा आठ बजे अन्तरिक्षमा पसेको छ । यो यान अब तीन वर्षसम्म पृथ्वी बाहिरै रहने छ । अरू पृथ्वी खोज्नेयो अभियानमा साठी करोड अमेरिकी डलर खर्च हुनेछ । केप्लरले सूर्यलाई चक्कर लगाउने छ । त्यस क्रममा दूरबिनलाई अन्तरिक्षको यस्तो ठाउँमा केन्दि्रत गराइनेछ जहाँ एक लाखभन्दा बढी पृथ्वीजस्तै ग्रह भएको अनुमान छ । 

नासाका संयुक्त प्रबन्धक डा. एडवर्ड विलरलाई उद्धृत गर्दै जेपीएलले विज्ञप्तिमा भनेको छ, ‘यो वैज्ञानिक मात्र नभई ऐतिहासिक अभियान हो । अभियान सफल भए मानिसजस्ता जीवनहरू हामी बसेको पृथ्वीमा मात्रै हो वा अन्त पनि भन्ने प्रश्नको जवाफ जुट्नेछ ।अन्तरिक्षमा दूरबिनसहितको शक्तिशाली क्यामेरा जडान गरी मानवरहित यान पठाइएको यो पहिलो हो । बृहस्पतिजस्तो ठूलो आकारको ग्रहलाई पनि सूर्यको अघिल्तिरबाट जाँदा पहिचान गर्न निकै मुस्किल छ । किनभने कारको हेडलाइट अघिल्तिर लामखुट्टे जत्रा कीरा जाँदाजस्तै त्यतिबेला यो निकै सानो आकारको देखिन्छ,’ यो अभियान जटिलताबारे उल्लेख गर्दै जेम्सले भनेका छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183525

Read Full Post »

अनिश भट्टराई, धरान

के तपाईँले कहिल्यै याहु/गुगलले आफ्नो सेवा अपडेट गर्न लागेकोले आफ्नो इमेल आईडी डिलिट हुनबाट जोगाउन आफ्नो युजरनेम र पासवर्ड पठाई अपडेट गरिहाल्नुस् भन्ने व्यहोराको इमेल पाउनुभएको छ ? वा कतै आफ्नो नजिकको साथी/आफन्त काम विशेषले नाइजेरिया आइपुगेको र भएको पैसा सबै चोरी भएकोले स्थानीय कुनै होटलमा अलपत्र परेको खबर आफ्नो इनबक्समा प्राप्त गर्नुभएको छ ? दुवै घटनाले सकंट निम्त्याउन सक्छ। यदि तपाईँले ध्यान नदिई इमेलमा भने जसैगरी रिप्लाई गर्नुभयो भने सम्झनुस् तपाईँ फँस्नुभयो।

मैले त्यस्ता कतिपय मान्छेको बारेमा सुनेको/भेटेको छु, जो आफ्नो गोरु बेचेको पनि साइनो नभएको ब्यक्तिको अपुताली दावी गर्नको लागी प्रोसेसिङ्ग फी वापतको पैसा विदेश पठाएर ठगिएका छन्। हुन पनि गाँस,बास,कपासको लागि संघर्ष गरिरहेको व्यक्तिलाई विदेशको कुनै शहरमा वरपर हरियो बगैँचाले घेरिएको घरको फोटोमा फलानो (इमेल पाउने ब्यक्तिको नाम) भिलाभनेर फोटो पठाउँदा मन लोभिनु स्वाभाविकै हो। तर त्यसपछिका घटनाक्रम कहिल्यै सुखद हुँदैनन्।

आफूले कहिल्यै खरिद नगरेको चिठ्ठाको पुरस्कारवापतको पैसा लिने बहानामा होस् वा तपाईँको याहूको इमेल एड्रेसमा माइक्रोसफ्टले आफ्ना इमेल प्रयोगकर्ताहरुको इमेल ठेगानालाई र्‍याण्डमाइज गरी चिठ्ठा गर्दा लाखौँ रकमको पुरस्कार परेको ईमेल हामीलाई दिनहुँ प्राप्त भइरहन्छ। अझ तपाईँको आई.क्यु.लाई च्यालेञ्ज गर्ने गरी प्रश्न सोधेर पठाएको इमेल रिप्लाई गर्ने बित्तिकै तपाईँले सबै पुस्कार जित्‍नुभएकोले कल्पनै नगरेको पुरस्कार राशी जित्‍नुभएको ईमेल आँउछ।

विचार गर्ने हो भने सबभन्दा नराम्रो हविगत त ती ब्यक्तिहरुको हुन्छ, जो अरुको इमेलको पासवर्ड ह्याक गर्नको लागि आफ्नो इमेलबाट आफूले इमेल पठाउँदै गरेको इमेल एड्रेसको युजर नेम र पासवर्ड (यसो गर्नको लागि एक हप्ताभन्दा बढी समयसम्म प्रयोगमा रहेको इमेल एड्रेस हुनुपर्छ भनिन्छ) अपरिचित ब्यक्तिलाई पठाउँछन्। अनि अर्काको ईमेलमा भएका गोप्य कुरा चोरेर हेर्ने सपना देख्छन्।

हाम्रो देशमा अटोमेटेड अनलाइन ट्रान्जेक्सन सुविधा नरहेको हुनाले हुनसक्छ हाम्रो ब्याङ्क स्टेटमेन्ट होस उड्ने गरीको (थाहा नपाई अरुको अकाउण्टमा आफ्नो पैसा ट्रान्सफर भएर) भएको सुनिन पाइँदैन। तर विदेशतिर धेरै बाठो हुने र धेरै सोझो पल्टिनेहरुको कथा, ब्यथा इन्टरनेट सर्च गर्ने हो भने मनग्य पढ्न पाइन्छ। इन्टरनेटको बढ्दो लोकप्रियताको कारणले हामी कहाँ चाहीँ झुक्किने डोमेनको कारणले धेरै व्यक्तिले दुःख पाएको भेटिन्छ।

मेरो अनुभवमा यस प्रकारका स्पाम मेलबाट पूर्ण रुपमा सुरक्षित अलि गार्‍हो छ। किनभने मेल स्पाम गर्नेहरु विकल्पहरु सुझाइरहेका हुन्छन्। उदाहरणको लागि लोकप्रिय इमेल सेवा प्रदायकहरुले (मैले भन्न खोजेको याहु, हटमेल र जीमेल) प्रयोगकर्ताहरुको सुझाव अनुसार कुनै पनि इमेलको सब्जेक्ट लाइन वा वडिलाइनमा भायग्रा भन्ने शब्द छ भने त्यसलाई शंकास्पद सूचिमा राख्‍ने वा सीधै स्पाम घोषणा गर्ने नीति लिए। तर स्पामरहरुले त्यति सजिलै कहाँ छोड्थे र ! उनीहरुले पनि भायग्रा वा त्यससम्बन्धी विज्ञापन गर्नको लागि भायग्रा भन्ने शब्दलाई मात्र फोटोको रुपमा तयार गरे, जसलाई कम्प्युटर प्रोग्रामले पत्तै पाउन सकेन।

हाम्रो तर्फबाट सुरक्षाका केही उपाय अपनाउन सक्छौँ, जसबाट माथि उल्लेख गरिएका र भविष्यमा देखापर्ने विभिन्न साइबर क्राइमबाट सुरक्षित रहन सहयोग पुग्छ। जस्तै:

 

तपाईँलाई अरु कसैले आफ्नो पासवर्डको अनधिकृत प्रयोग गरेको शंका लाग्ने बित्तिकै पासवर्ड परिवर्तन गर्न सक्ने अवस्थामा रहनु होस्। याहु, हटमेल, जीमेलको पासवर्ड परिवर्तन गर्ने प्रक्रिया अलग-अलग हुन सक्छ। गुगलमा सर्च गरेर वा जान्ने मानिसलाई सोधेर कम्तिमा आफ्नो पासवर्ड आफैँ परिवर्तन गर्न सक्ने अवस्थामा रहनुहोस्।

तपाईको पासवर्ड अंक र अक्षर दुबै मिलेर बनेको भए राम्रो हुन्छ। डिक्सनरीको कुनै शब्दलाई पासवर्डको रुपमा प्रयोग नगर्नु राम्रो। त्यसो भए कुनै पनि ह्याकिङ्ग सफ्टवेयरबाट पासवर्ड क्र्याक हुन सार्‍हो पर्छ। अझ तपाईँलाई नेपाली टाइप गर्न आउँछ भने सम्झिन सजिलो हुने शब्दलाई पासवर्डको रुपमा प्रयोग गरे राम्रो हुन्छ। (भन्नाले यदि तपाईँ बकमानलाई पासवर्ड बनाउन चाहनु हुन्छ भने asdfg लेख्‍नुहोस्)

निश्चित समयावधिमा आफ्नो इमेल पासवर्ड परिवर्तन गरिरहनुहोस्।

यदि तपाईँको कम्प्युटर अरुले पनि चलाउँछन् भने लगइन पेजमा पासवर्ड कहिल्यै सेभ नगर्नुहोस्। प्रायजसो इमेल लगइन गर्दा चेक बक्समा पासवर्ड सेभ गर्ने अप्सन हुन्छ। हामीले जानेर वा अन्जानमा त्यसलाई सेभ गरिरहेका हुनसक्छौँ।

ब्यक्ति आफ्नो हुनसक्छ तर उसको बानी ब्यवहार आफ्नो नहुन सक्छ। त्यसैले भरसक आफ्नो पासवर्ड आफैसँग राख्‍नुहोस्।

पहिलो प्रेमी/प्रेमिका पछि गएर पासवर्ड हुन्छन् भन्ने चलनचल्तीको जोक जस्तो तपाईँको कमजोरी वा तपाईँको स्वाभावको आधारमा अनुमान गर्न सकिने वा छोराछोरीको नाम वा जन्ममितिलाई पासवर्ड नबनाउनु भए राम्रो हुन्छ। यसो गर्नु हुँदा तपाईँका आफ्ना भनिएका कुनै नजिकका ब्यक्तिबाट अप्ठ्यारोमा पर्न सक्नु हुन्छ।

पासवर्ड बिर्सिएमा प्रयोग हुने प्रश्नलाई पनि सामान्य नबनाउनुस्। नत्र कुनै पनि जानकार व्यक्तिले तपाईँको इमेल ह्याक गरी हेर्न सक्छन्। उदाहरणका लागि तपाईँको स्कूलको नाम के हो ? तपाईँको जन्म शहर कुन हो ? जस्ता प्रश्नका उत्तर सजिलै अनुमान गर्न सकिने हुन्छन्। यस्तो जवाफ दिएर तपाईँको ईमेलमा कसैले अनधिकृत प्रवेश गर्न सक्छन्। तपाईँको फेभरेट मुभी कुन हो ? भन्ने प्रश्नको जवाफ पनि त्यसरी नै अनुमान गर्न सकिने खालको नराख्‍नु राम्रो हुन्छ। बरु त्यस्ता प्रश्न सकभर आफैले राखे राम्रो हुन्छ र त्यसको जवाफ पनि अरुले अनुमान गर्न नसक्ने राख्‍नुस्। उदाहरणका लागि नेपालको राजधानी कुन हो भनेर प्रश्न राख्‍ने र त्यसको जवाफ काठमाडौँ नराख्‍ने बरु टोकियो भनेर राख्‍ने। यसो भएमा कसैले पनि अनुमान गर्न सक्दैनन्। बरु त्यो जवाफ तपाईँलाई याद हुनुपर्छ नि। नत्र कहिलेकाहीँ पासवर्ड बिर्सँदा तपाईँ आफैलाई रिकभर गर्न गार्‍हो हुनसक्छ।

पासवर्ड चोरीबाट बच्ने यी त केही उदाहरण भए। तपाईँसँग पनि यसो केही जानकारी भए बाँडौँ न !

 

स्रोत: मेरो संसार

 

http://www.mysansar.com/2009/03/4702.html#more-4702

Read Full Post »

स्रोत: कान्तिपुर

अब्दुल्लाह मियाँ

राष्ट्रिय विधि-विज्ञान प्रयोगशालामा पहिलोपटक मानिस एवं वन्यजन्तुको वंशाणुगत गुण -डीएनए) परीक्षण हुने भएको छ ।
व्यक्ति र उसको आनिबानी पहिचान तथा अपराधसम्बद्ध अनुसन्धानका लागि डीएनए परीक्षण गरिन्छ । प्रयोगशालाका वैज्ञानिक जीवन रिजालका अनुसार एक सातामा अस्टे्रलियाबाट ‘रियल टाइम पीसीआर’ मेसिन भित्रिने भएको छ । करिब ३२ लाख रुपैयाँमा मेसिन ल्याउन लागिएको हो ।
अहिले ताजा रगतबाट मात्र प्रयोगशालाले डीएनए परीक्षण गर्छ । हड्डीबाट डीएनए परीक्षण गर्न प्रयोग हुने ‘लिक्विड नाइट्रोजन पि|mजर मिल’ र ‘हाइबि्रडाइजन ओभन’ नामका दुई मेसिन ल्याइसकिएको रिजालले बताए । करिब १२ लाख रुपैयाँको लागतमा ती मेसिन दुई महिनाअघि ल्याइएको हो । विश्व बैंकको अनुदान कार्यक्रममार्फत प्राप्त ६० लाख रुपैयाँ सहयोगबाट प्रयोगशालाले हड्डीबाट डीएनए परीक्षण सुरु गर्न लागेको हो ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट डीएनए परीक्षणका लागि मानिस र वन्यजन्तुका हड्डी पिन्न सकिनेे रिजालले बताए । ‘हड्डीमा डीएनए भए/नभएको पत्ता लगाउन तीनवटै मेसिन प्रयोग गरिनेछ,’ विशेषज्ञ रिजालले भने, ‘यसरी डीएनए परीक्षण हुन लागेको पहिलोपटक हो ।’ तर हड्डीभित्रको डीएनए सूक्ष्म हुने भएकाले परीक्षण जटिल हुने उनले बताए ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट हवाईजहाज दुर्घटना, बम विस्फोट, आगलागीजस्ता घटनाबाट ज्यान गएका व्यक्ति र विभिन्न वन्यजन्तुका हड्डीको डीएनए परीक्षण गर्न सकिनेछ । त्यस्तै बाघको हाड, हात्तीको दाह्रा, गैंडाको खाग, सिंहलगायतका वन्यजन्तुका अंग-प्रत्यङग सक्कली भए/नभएको पत्ता लगाउन पनि यो प्रविधि प्रयोग गरिनेछ ।
‘अन्य अंगजस्तो छिटो नसड्ने र नगल्ने भएकाले हड्डीबाट डीएनए परीक्षण गर्न उपयुक्त हुनेछ,’ रिजालले कान्तिपुरसित भने, ‘मेसिनको अभावमा रोकिएका धेरै वन्यजन्तुका हड्डीको पनि डीएनए परीक्षण हुनेछ ।’

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182763

Read Full Post »

स्रोत: नेपाली पोष्ट

नयाँ संविधानमा राख्ने सुझाव संकलनका रुकुम पुगेका सभासद्हरुका टोली नेता लोकेन्द्र बिष्टले अन्य दलका सभासद्हरुले ’दुर्गम’ जिल्ला जाँदैनौं भनेर नाम सूचीबाट नाम कटाएको बताउनुभएको छ ।
रुकुम आएका सभासद्हरु माओवादीका मात्रै भएको भन्दै माओवादीबाहेकका दलहरुले विरोध प्रदर्शन गर्दा झडप समेत भएपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुझाव संकलन समितिका २८ नम्बर टोली नेता बिष्टले भन्नुभयो- ’रुकुम आउने सूचीमा नाम परेका कांग्रेस सभासद् गोपालमान श्रेष्ठले सूचीबाट नाम कटाएर तनहुँ जानुभयो ।
त्यसैगरी फोरमका सभासद् ओमप्रकाश यादव नाम कटाएर २२ नम्बर टोलीमा जानुभयो । अन्य सभासद्हरुले पनि नाम कटाएपछि हामीले अन्य दलका सभासद्हरु जबरजस्त बोकेर ल्याउन सकेनौं । हामी माओवादीको निर्देशनमा नभएर संविधानसभा सचिवालयको निर्देशनमा यहाँ आएकाले कुन पार्टीका परे कुन पार्टीका परेनन् त्यो संविधानसभा सचिवालयलाई नै सोध्नर्ुपर्छ ।’
सभासद् लोकेन्द्र बिष्टको विष्टको नेतृत्वमा रुकुम आएका सभासद्हरुमा कमला रोका, इन्द्रजीत र्राई, माया चेपाङ, सङप्रसाद थारु र सुदन राइ रहेका छन् ।
संविधानसभा सचिवालयले रुकुम आउन कांग्रेस सभासद् गोपालमान श्रेष्ठलगायत अन्य दलका सभासद्हरु खटाएको भए पनि उनीहरुले ’हामीलाई दुर्गममा पार्ने’ भनेर बिरोध गरेर सूचीबाट नाम कटाएको पनि बिष्टले बताउनुभयो ।
’मेरो नाम ओखलढुंगा जाने सूचीमा थियो । मैले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ समक्ष म ओखलढुंगा नै जान्छु, अन्य दलका साथीहरुलाई रुकुम पठाउनुहोस् भनेर अनुरोध गरेको थिएँ, उहाँले रुकुम जान कोही पनि मानेन्, तपाई नै गइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि म यहाँ आएको हुँ’- बिष्टले भन्नुभयो ।
आफू जाने नै भएपछि सबै दलकालाई मिलाएर राखिनुदिनुपर्‍यो भनेर संविधानसभा अध्यक्षलाई पुनः अनुरोध गरिएको जानकारी दिंदै बिष्टले भन्नुभयो- ’उहाँले अरु दलका कोही पनि जान मानेनन् यही टोली लिएर गइदिनुपर्‍यो भनेपछि हामी आएको छौं, हामी माओवादी हुनु नै अपराध भयो भने के भनौं होइन भने संविधानसभा सचिवालयकै निर्देशनअनुसार हामी आएका हौं र काम सम्पन्न गरेर फर्कन्छौं ।’

Read Full Post »

स्रोत: नयाँ पत्रिका

तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले रक्षा मन्त्रालयका लागि एउटा यस्तो व्यक्ति रोजे, जो उनका कट्टर आलोचक थिए । उनका विरुद्ध सधँै केही न केही बोलिरहन्थे । एकदिन राष्ट्रपतिका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारेमा के तपाईंलाई राम्रोसँग थाहा छ ?’ ‘हो थाहा छ, किन के भयो ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाइर्ंमाथि व्यंग्य गर्दै भने, तपाइर्ं हेर्दा दुब्लो-पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’
‘हो, यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकँे ।’ ‘योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले उनलाई उकास्ने स्वरमा भने । ‘यो पनि मलाई थाहा छ ।’ मुस्काउँदै राष्ट्रपतिले भने । यो सब कुरा सुनेर ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले कैयौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाइर्ंलाई राम्ररी थाहा भएर पनि तपाईे उनलाई किन यति महत्त्वपूर्ण पद सुम्पिरहनुभएको छ ?’ ‘अरे साथी, महत्त्वपूर्ण पदमा बसाएको न हो, कुनै गलत स्थानमा त हैन नि !’ राष्ट्रपतिले मुस्काउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाए र भने, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाइर्ंको प्रतिष्ठा खराब हुन्छ ।’ ‘मैले केही बुझ्नुअगाडि तपाईं यो किन बुझ्नुहुन्न कि ऊ एउटा योग्य प्रशासक हो, आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारे राम्रोसँगले थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराको कारणले देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त हैन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जनको मुख बन्द भयो ।

Read Full Post »

Kantipur Report, KATHMANDU, Feb 20 – With the confirmation of reoccurrence of bird flu disease in Jhapa, the government on Friday declared Sharanamtai VDC and adjoining areas in the district in east Nepal the bird flu emergency area.

The test carried out in the Central Veterinary Laboratory in Kathmandu and OIE Reference Laboratory, Weybridge, in London detected H5N1 strain of the avian influenza virus, the causative agent of the dreaded bird flu disease, in all six chicken samples collected from a poultry farm owned by Sajibur Rehman in Sharamati VDC-2, spokesperson for the Ministry of Agriculture and Cooperatives (MoAC) Dr. Hari Dahal said.

The samples were sent to the laboratories in Kathmandu and London for the detection of the virus following the death of some 150 chickens in Rehman’s poultry farm.

Considering Rehman’s house at Sharanamati-2 the centre, the government has declared Biringkhola in the east; Jagadamba Primary School at Tangandubba VDC-4 in the west; the open field some 500 metres away from Sharanamati VDC-2 in the north; Sharanmati VDC-1, Pathnapada and Mechetole in Nepal-India border in the south the bird flu emergency area.

First bird flu outbreak was confirmed in Kakarbhitta on Jan. 16 and the government had declared emergency in the area that lied within a radius of 10 km from the quarantine office in Kakarbhitta in the district.

The MoAC has said that measures will be taken to control the virus. In the emergency area, all birds, bird products and materials used will the production of poultry will be destroyed.

“The MoAC will start taking action in the emergency area soon to control and eliminate the disease,” said the statement issued by the MoAC today. The MoAC has said that it will take one month to eliminate the disease and virus from the area of outbreak.

According to Dr. Dahal a rapid response team has been sent to Sharanamati and another team will be sent tomorrow.

 

Posted on: 2009-02-20 00:28:45 (Server Time)

:)Source : http://www.kantipuronline.com/kolnews.php?&nid=181252 🙂

Read Full Post »

« Newer Posts