Feeds:
Posts
Comments

Archive for the ‘समाचार (News/Info)’ Category

स्रोत: कान्तिपुर

-अब्दुल्लाह मियाँ

काठमाडौं। जीवविज्ञान पढाइ हुने कलेजहरूमा अभ्यासका लागि भ्यागुताको माग बढ्दो छ तर त्यसको पूर्ति कलेजहरूले भारतबाट भ्यागुता ल्याएर गरिरहेका छन् । तैपनि चाहेजति उपलब्ध हुन सकेको छैन ।

यो समस्यालाई अवसरका रूपमा लिन भ्यागुतापालन अभियानमा जुटेका छन् लक्ष्मीप्रसाद मानन्धर । जो साढे तीन दशक वन्यजन्तु संरक्षणमै बिताएर यसै साता सरकारी सेवाबाट निवृत्त भएका हुन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-किरण पुन

कार्यकर्तालाई बिचल्ली पारेर नेतृत्वले मोज गरेको भन्दै माओवादी नेताहरुले पार्टीको सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्न नेतृत्वलाई दबाब दिएका छन्। माओवादी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा उनीहरुले यस्तो दबाब दिएका हुन्।

‘अन्तरिम व्यवस्थापिका संसद्का विधायक र अहिलेका सभासद्का पैसा कहाँ गयो ? सरकारमा बस्दा केही पैसा आयो होला उद्योगी व्यापारीले सहयोग गरे होलान् । ती पैसा कहाँ गयो ?’ उनीहरुले भने- ‘नेताहरु काठमाडौंमा मोज गरिरहेका छन् कार्यकर्ता गाउँमा भोकभोकै छन्। हेडक्वाटरले एकएक हिसाब देखाउनुपर्छ।’

स्रोतका अनुसार माओवादी नेतृत्वले २०४८ मा सम्पन्न एकता महाधिवेशनदेखि अहिलेसम्मको हिसाबकिताब देखाएको छैन।

(more…)

Read Full Post »

स्रोत: नागरिक

विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।

अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ ।

(more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

धनगढी । कैलालीको दक्षिण पूर्वीक्षेत्रका बासिन्दा डल्फिन महोत्सवको तयारीमा जुटेका छन् । खास गरेर नारायणपुर, थापापुर, टीकापुर र भजनीका स्थानीय बासिन्दा महोत्सवका लागि जुटेका हुन् ।

टीकापुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज रावलका अनुसार- दुर्लभ डल्फिनको संरक्षण र पर्यटन विकासका लागि महोत्सवका विषयमा छलफल भइरहको छ । नेपाल-भारत सीमाको कैलाली जिल्ला भएर बग्ने मोहना, काढा र पथरैया नदीमा वर्षायाममा जलस्तर बढेपछि एक सयभन्दा बढी डल्फिन कर्णाली र गेरुवा नदीबाट अस्थायीरूपमा आउने गरेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ बताउनुहुन्छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-कृष्णप्रसाद गौतम

रुकुम। विद्यार्थी र शिक्षकहरू यार्चागुम्बा टिप्न गएपछि जिल्लाका पूर्वी गाविसका सबै विद्यालय बन्द भएका छन् । यार्चागुम्बाको सिजन सुरु भएपछि पाँच दर्जनभन्दा बढी विद्यालय दुई महिनादेखि बन्द भएका हुन् ।

‘विद्यार्थीहरू यार्चा टिप्न गएका छन्,’ हुकामका वीरमान विकले भने, ‘स्कुल बन्द भएका छन् ।’ उनका अनुसार दुई महिनादेखि गाउँको विद्यालय बन्द भएको हो ।

मैकोटस्थित पुथा हिमालय माध्यमिक विद्यालय पनि डेढ महिनादेखि बन्द छ । प्रधानाध्यापक टोपबहादुर हमालका अनुसार विद्यार्थी यार्चा टिप्न जान थालेपछि विद्यालय बन्द गर्नुपरेको हो । ‘विद्यार्थी यार्चा टिप्न पुपालतिर गए । कसलाई पढाउनु ?’ हमालले भने, ‘दुई महिनाका लागि स्कुल बन्द गरेका छौँ ।’ उनका अनुसार उक्त विद्यालयका तीनसयभन्दा बढी विद्यार्थी यार्चा टिप्न गएका छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-कृष्ण आचार्य

मनकामना –गोरखा। धार्मिक तथा पर्यटकीय केन्द्र मनकामना मन्दिर ६ इन्च ढल्केको छ । बर्सेनि ढल्कने क्रम बढेपछि तत्काल पुनर्निमाणका लागि सरकारी समितिले गरेको सिफारिस डेढ वर्ष बितिसक्दा पनि कार्यन्वयन भएको छैन । ९० सालको भूकम्पपछि हरेक वर्ष मन्दिर ढल्कँदै गएको बताइन्छ ।

यसबारे मनकामना क्षेत्र विकास समितिले पर्यटन मन्त्रालयमा जनकारी गराएपछि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेल नेतृत्वको टोलीले अनुगमन गरी २०६४ मंसिरमा तत्काल पुनर्निर्माणका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो । हरेक वषर्ामा ढल्किँदै मन्दिर हालसम्म छ इन्च पश्चिम नुहिसकेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा जग कमजोर भई मन्दिर ढल्किँदै गएको र तत्काल पुनर्निर्माण गर्नुपर्ने सुझाब छ । तर प्रतिवेदन बुझाएको डेढ वर्ष बितिसक्दा पनि उक्त विषयमा कसैले ध्यान दिएको छैन । जग कमजोर भएकाले मन्दिर ढल्किएको निचोडसहित टोली राजधानी फर्किएपछि धेरैले मनकामनाको जीर्णोद्धार हुने आशा गरेका थिए । ‘तर त्यसो अहिलेसम्म हुन सकेन,’ मनकामना गविसका सचिव नारायण सापकोटाले भने, ‘न त पर्यटन बोर्डले हेर्‍यो न पुरातत्त्व विभागले नै ।’

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-दुर्गालाल केसी

स्वर्गद्वारी, प्यूठान। धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिरमा लगातारको खडेरीका कारण खानेपानी अभाव भएको छ । यसले मन्दिरका पुजारीलाई दैनिक क्रियाकलाप सञ्चालन गर्नसमेत कठिन भएको छ ।

दैनिक २ सयभन्दा बढीको संख्यामा जाने भक्तजनलाई पानी अभावले समस्या परेको छ । ‘पानी आउन छाडेको महिनौं भइसक्यो । साँझबिहान खाना पकाउन पानी कसरी जुटाउने भन्ने चिन्ता छ,’ मन्दिरका लेखापाल वासुदेव भट्टराईले भने, ‘पानी नभएपछि भक्तजनहरूको संख्यासमेत घट्दै गएको छ ।’ चर्पीमा राख्ने पानी नभएपछि मन्दिर परिसरमा फोहोर हुन थालेको छ ।

मन्दिरमा भारतका साथै नेपालका विभिन्न स्थानबाट भक्तजनको दिनहुँ ठूलो भीड लाग्ने गर्छ । भक्तजनहरूलाई खान, बस्न क्यान्टिनको व्यवस्था छ । पानी अभाव हुँदा खाना खुवाउन समस्या परिरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पानी लिन तीन किलोमिटर टाढा कुवामा जानुपर्ने र त्यो पनि सुक्दै गएकाले समस्या भएको मन्दिरका वेद शिक्षक शालिकराम रिजालले बताए ।

मन्दिर अगाडिको ठूलो खाडलमा कहिलेकाहीँ पर्ने आकाशे पानी जम्मा गर्ने गरिएको छ । त्यही खाडलको पानीबाट भाँडा माझ्ने काम चलाइरहेको शिक्षक रिजालले बताए । मन्दिरमा नियमित बस्ने ५० भन्दा बढी ब्राह्मण, ९० जना विद्यार्थी र २० भन्दा बढी कर्मचारी छन् ।

देश-विदेशमा प्रख्यात धार्मिकस्थलमा पानी आपूर्ति गर्ने विषयमा सरकारी तहबाट पहल नहुँदा बर्सेनि यस्तै समस्या भोग्दै आएको मन्दिरले जनाएको छ । ‘हरेक वर्षर् हिउँदमा पानीको हाहाकार हुन्छ, वषर्ाको समयमा पनि शुद्ध पानी पाइँदैन । आकाशबाट आएको पानीलाई जम्मा गरेर खानुपर्छ,’ एक ब्राह्मणले भने, ‘यो समस्या कहिले टर्ला भन्ने चिन्ता छ ।’

Read Full Post »

स्रोत: नेपाल साप्ताहिक

 

-ब्रजेश

 

भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको   अनि, सँगै सुरु भएको , नयाँ उत्साह, नयाँ उमंग नयाँ संकल्प  तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा   एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरीपरीको परिवे समग्र देशको अवस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ  साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही केही संकल्प गरेको हुन्छ  ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित निर्धारित गरेको हुन्छ  मानिसका यी संकल्पहरू अधुरा इच्छा अपूरा सपनाहरू पनि हुने गर्छन्  राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स्वभाव नै हो  (more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

इतिहासमै पहिलो पटक नेपाली नयाँ वर्षमा अमेरिकी शुभकामना

 

नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले शुभकामना दिएकी छिन् दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षको इतिहासमा अमेरिकी अधिकारीले नेपाली नयाँ वर्षमा शुभकामना दिएको यो पहिलोपटक हो

 

विदेशमन्त्री क्लिन्टनले मंगलबार शुभकामना वक्तव्य जारी गरी नेपालीप्रति आत्मीयता प्रकट गरेकी छिन् उनले नेपाली वाक्यांशमै लेखेकी छिन्— ‘नयाँ वर्षको शुभकामना ! (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

 

कृष्ण आचार्य

 

गोरखा संरक्षण अभावमा भिमसेन थापाको बगैँचा अलपत्र परेको संरक्षणविहीन बगैँचामा रहेका आँपका रूख गाउँलेले दाउराको रूपमा प्रयोग गर्दै आएका छन्

 

सात सय बढी आँपको रूख रहेको बगैंचामा अहिले करिब चार सय वटामात्र बाँकी रहेको स्थानीय सामुदायिक वनका अध्यक्ष भरत श्रेष्ठले बताए उनका अनुसार संरक्षण अभावमा बगैँचाका बर्सेनि करिब ५० रूख ढल्दै आएका छन् पुराना रूखको हाँगा नकाट्दा हावाहुरीले ढाल्ने गरेको ,’ उनले भने (more…)

Read Full Post »

« Newer Posts - Older Posts »