Feeds:
Posts
Comments

Archive for the ‘राष्ट्रिय चासो’ Category

स्रोत: कान्तिपुर

-दुर्गालाल केसी

दाङ। भारतीय सीमा सुरक्षा बलले लखेट्दा जिल्लाका छ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । उनीहरूमध्ये १ हजार ८ सय जना सुरक्षा माग गर्दै दुई दिन पैदल हिँडेर देउखुरी आइपुगेका छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा बस्दै आएका हजारभन्दा बढी घरपरिवार गाउँ छाडेर हिँडेका हुन् ।

‘तिमीहरू यहाँ बस्न पाउँदैनौं भनेर हाम्रा घरहरूमा आगो लगाइदिए,’ राजपुर ७, खङग्रा नाकाकी ७० वषर्ीया पूर्णकुमारी बिष्टले भनिन्, ‘जीउ बचाउन नसकिने भएपछि परिवारै उठाएर हिँड्नुपर्‍यो ।’

उनका अनुसार भारतीय सुरक्षा बल ‘एसएसबी’ ले सीमा स्तम्भ ३५ मिटरसम्म सारेको छ । कति ठाउँमा ती स्तम्भ हराउँदै पनि गएका छन् ।

राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङग्रा, बेला गाविसका बरुवा, पटौली, सिरिया, सुकौली, गुरुङ, कोइलाबास लगायत जिल्लाका २२ नाकाका बासिन्दा विस्थापित भएका हुन् । उक्त क्षेत्रमा भारतका बलरामपुर, श्राबस्ती र गोन्डा जिल्ला पर्छन् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-सुरेन्द्र सुवेदी

संखुवासभा। चीन सरकारले पहिलोपटक नेपालको सीमा किमाथांकासँगै आफ्नो देशको लालसेनाको क्याम्प स्थापना गरेको करिब सयको संख्यामा रहेका चीनका सेनाले नेपालको भूभाग समेत प्रयोग गर्दै कडा निगरानी गरिरहेका छन् चीनको डेन्दाङमा मुख्य क्याम्प राखेर नेपालचीन सीमाको कामुखोला, चाँगा, अरुणनदी, सादाङसमेत १२ बढी स्थानमा लालसेनाले २४ घन्टे निगरानी गरिरहेको संखुवासभा प्रशासनले जनाएको निमित्त प्रजिअ राजेन्द्र सिग्देल भन्छन्, ‘नेपालमा दलाई लामापक्षधरले चीनविरोधी क्रियाकलाप बढाएपछि त्यसलाई नियन्त्रण गर्न लालसेनाको क्याम्प राखेको जानकारीमा आएको (more…)

Read Full Post »

स्रोत: अनलाईन खबर

-विष्णु शर्मा

मुस्ताङ । निजी भ्रमणभन्दै पश्चिमा मुलुकका राजदूतहरु धमाधम उपल्लो मुस्ताङतिर लागेका छन्, जसको सूचिमा छ पूर्व राजालाई भेटनु ।

नेपालका लागि अमेरिकी राजदुत न्यान्सी जे पावेल मंगलबार जोमसोम आइपुग्नुभएको छ जसले केही दिनमै पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टलाई समेत भेटदै हुनुहुन्छ । (more…)

Read Full Post »

« Newer Posts