Feeds:
Posts
Comments

Archive for the ‘राष्ट्रिय चासो’ Category

स्रोत: अनलाईन खबर

प्रधानमन्त्री माधबकुमार नेपालको आसन्न चीन भ्रमणमा भारतले चासो राखेको छ । नेपालका लागि भारतीय राजदूत राकेश सूदले प्रधानमन्त्री नेपाललाई आज विहान बालुवाटारमा भेट्दै आसन्न चीन भ्रमणबारे चासो राख्नु भएको हो ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको वातावरण मिलाउन भन्दै चीन जानुभएकी परराष्ट्रमन्त्री सुजाता कोइला नेपाल फर्केपछि प्रधानमन्त्री नेपाल चीन भ्रमणमा जाने कार्यक्रम छ ।

भेटमा राजदूत सूदले नेपालभारत सम्बन्धमा दूरगामी असर पुर्‍याउन सक्ने कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्री नेपाललाई दवाव दिएको बुझिएको छ ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

टीकापुर। नेपाल भारत सीमाका ९८ देखि १ सय ९ नम्बरसम्म सीमास्तम्भ मोहना नदी कटानले बगाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी कैलालीले सीमा क्षेत्र निरीक्षणपछि यसबारे थाहा भएको हो ।

सीमा निरीक्षण क्रममा १०२, १०३, १०६, १०७ र १०८ नं.का सीमास्तम्भ नभेटिएको सशस्त्रका निरीक्षक सन्तराम चौधरीले बताए ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

महेन्द्रनगर। भारतीय सीमासुरक्षा बल (एसएसबी) को ज्यादतीका विषयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कञ्चनपुर प्रशासन तथा सुरक्षा निकाय प्रमुखहरूसित पीडा पोखेका छन् । उनीहरूले नेपाली मजदुरदेखि बिरामीसम्म एसएसबीको आतंकबाट पीडित भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई शुक्रबार एकै ठाउँमा राखेर उनीहरूले पीडा पोखेका हुन् । उद्योगी, व्यवसायी, नागरिक समाज अगुवा, राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीय बासिन्दाले सीमा नाकामा एसएसबीको आतंकबारे सुनाएका थिए । सामान्य पैदल हिँड्ने नेपाली मजदुरदेखि उपचारका लागि एम्बुलेन्समा जाने बिरामी, दाहसंस्कार गर्न महाकाली किनार जाने मलामीलाई समेत एसएसबीले सताउने गरेको उनीहरूले पीडा पोखे ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-उपेन्द्र लामिछाने

मलाई केही थाहा छैन : प्रमुख जिल्ला अधिकारी

वीरगन्ज। अत्याधुनिक हतियारसहित पक्राउ परेका भारतीय प्रहरीको एक समूह  वडा प्रहरी कार्यलय वीरगन्जबाट ‘गुपचुप’ रिहा भएका छन्। युपी ६४–१६४१ नं. को स्कारपिओ गाडीमा आएका उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताले बिहीबार बिहान ९ बजे हतियारसहित घन्टाघरबाट पक्राउ  गरेको थियो। भारतीय महावाणिज्य दूताबास वीरगन्जका अधिकारी जोन सिल्सी र जिल्ला प्रहरी कार्यालय  पर्साका नायव प्रहरी उपरीक्षक मसाउद अलि खानबीचको आधा घन्टाको ‘गोप्य’ कुराकानीपछि उनीहरु आफैंले गाडी चढाएर पौने १२ बजे सीमावर्ती भारतीय सहर रक्सौलतर्फ  लगेका हुन्।

उनीहरुको तस्बिर लिन सञ्चारकर्मीले अनुमति पाएका थिएनन्। प्रहरीले हतियारसमेत सञ्चारकर्मीलाई देखाएन।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

कञ्चनपुर। सीमा सुरक्षा बल (एसएसबी) ले ज्यादती गरेको भन्दै नेपालीले गुनासो गरिरहेका वेला भारतले करिब दस गुणा बढी चौकी थपेको छ । यसअघि नेपालको सीमावर्ती क्षेत्रमा ५० सुरक्षाचौकी रहेकोमा भारतले बढाएर चार सय ५० पुर्‍याएको छ ।

भारतले नेपाल र भुटानको सीमाक्षेत्रमा जम्माजम्मी पाँच सय ७८ चौकी स्थापना गरेको छ, जसमा चार सय ५० नेपालको सीमावर्ती क्षेत्रमा छन् । नेपाल र भारतबीच एक हजार सात सय ५१ किलोमिटर र भारत र भुटानबीच ६ सय ९९ किलोमिटर लामो सिमाना छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

काठमाडौं। एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सुगौली सन्धिमा गुमेका भू-भाग फिर्ता गर्न माग गर्दै शनिबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय स्वतन्त्रता दिवसका अवसरमा मोर्चाले कालो कपडामा लेखिएको मागपत्र दूतावासमा बुझाएको हो ।

सो अवसरमा मोर्चाको नेतृत्वमा पुगेको एक टोलीले ग्रेटर नेपालको पक्षमा चर्का नाराबाजी गरेको थियो । भारत अंग्रेजबाट स्वतन्त्र भएपछि टिस्टादेखि सतलजसम्मका सबै भू-भाग नेपालको हुनुपर्ने मोर्चाको माग छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

मध्य तथा सुदूरपश्चिमका जाजरकोट, दैलेख, रुकुम र डडेलधुरामा फैलिएको हैजाको महामारी र मृत्युको ताण्डवनृत्य हेर्दा अब त्यहाँका मानिस दिनदिनै मरेकामा भन्दा बाँचिरहेकामा आश्चर्य मान्नुपर्ने अवस्था आएको छ । हैजाको महामारीका बीचमा त्यहाँका मानिसहरू कसरी बाँचिरहेका होलान् ? खाद्यान्न, औषधी, उपचार, स्वास्थ्यकर्मी र राज्यको खडेरीका बीचमा कसरी जीवन धानिरहेका होलान् ? बाँचिरहेका मानिसको जिजीविषा देखेर प्रश्न उठन थालेको छ: मध्य तथा सुदूरपश्चिमका जनताको जीवन आफैँ विश्वका लागि आठौँ आश्चर्य त भएन ?

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

माधवकुमार बस्नेत

बीसौं शताब्दीका प्रख्यात अमेरिकी कानुनी दार्शनिक लोन लुभिस फुलरले कानुनको शासनको अभाव भएमा -जसले तदर्थतातर्फ उन्मुख गराउँछ), कानुनको बारेमा जनतामा पर्याप्त जानकारी नदिलाइएमा, कानुनहरू अस्पष्ट र दुर्बोध्य भएमा, पश्चातदर्शी कानुन बनाइएमा, कानुनको बीचमा अन्तरविरोध भएमा कानुनहरू चाँडचाँडो परिवर्तन भई अस्थिर भइरहेमा र कानुन, न्याय र प्रशासनमा भिन्नता भएमा जुनसुकै कानुन प्रणाली पनि असफल हुन्छ भनेका थिए । फुलरले यी कुरा नेपालको परिस्थितिलाई लामो समयदेखि अध्ययन गरेर नेपालकै लागि लेखेका हुन् कि जस्तो लाग्छ । अर्थात् यी कुरा नेपालका सन्दर्भमा हुबहु लागू हुन्छन् ।

देश अनिश्चित भविष्यतिर डोरिइरहेको भए पनि ‘नयाँ नेपालमा सुखद भविष्यको मधुरो आशा चित्रित गर्दै’ सर्वसाधारण नेपाली बाँचिरहेछन् । तर जुन ‘नयाँ नेपाल’को नारा छ, त्यो पनि नारामा सीमित हुने सम्भावनाले घनत्व प्राप्त गरिरहेको छ । सिंहदरबारभित्र जोसुकै जुनसुकै बेलामा प्रवेश गरे पनि सबै चन्द्रशमशेरकै नयाँ-नयाँ संस्करणको रूपमा देखिएका छन् । कानुन जनतालाई मात्र लाग्ने शासकलाई नलाग्ने भएर नै नेपालमा पटक-पटक आन्दोलन र क्रान्ति भए । तर तिनीहरूले जनताको मान्छे जन्माउन असफल भए । अहिले पनि त्यहींदेखिन सुरु भएको छ । जत्रोसुकै क्रान्ति भए पनि शासकलाई कानुनले बाँध्न सकेन भने र शासकको व्यवहार परिवर्तन गर्न सकेन भने त्यो क्रान्ति असफल क्रान्ति हो । अहिले नेपालमा देखिएको स्थिति पनि यही हो ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

काठमाडौं। संसदीय टोलीले भारतीय पक्षबाट दाङमा सीमा अतिक्रमण र नेपालीमाथि ज्यादती भएको निष्कर्ष निकालेको छ । दाङ सीमा समस्याको स्थलगत अध्ययनपछि टोलीले संसद्मा पेस गरेको प्रतिवेदनमा नेपाली भूभागको रक्षा तथा सीमावासीको हक सुनिश्चित गर्ने दायित्वबाट राज्य विमुख भएको उल्लेख छ ।

टोलीले प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि बुझाएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले स्थलगत अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार पारेको हो ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

झाडापखालाको महामारीबाट ज्यान जोगाउन रुपैडिया नाकाबाट भारततिर लागेका जाजरकोटवासी वृद्धवृद्धा र बालबालिकाको लस्कर सिंहदरबारप्रति त्यहाँका जनताको विश्वासको शवदाहको लस्कर हो । यो केवल सरकारको विफलता होइन, राष्ट्रिय शर्मको विषय पनि हो ।

काठमाडौंमा जतिसुकै प्रचार भए पनि जाजरकोटमा अझै स्वास्थ्यकर्मी र औषधि पर्याप्त नभएको स्पष्ट भइसकेको छ । केही गाउँमा अहिलेसम्म स्वास्थ्यकर्मी र औषधी दुवै पुगेका छैनन् । यही एउटा जिल्लामा मात्रै झाडापखालाले केही साताभित्रै डेढ सयभन्दा बढीको ज्यान लिइसकेको छ । राज्यका प्रयासहरूमा पत्यार भएको भए वा ती प्रभावकारी भएको भए वृद्धवृद्धा र बालबालिकाले समेत देश छाड्नुपर्ने अवस्था आउने थिएन । त्यसैले जाजरकोटवासीको भारत पलायन केवल तिनको भौतिक पलायन होइन, राज्यप्रतिको विश्वास र भरोसाबाट पनि पलायन हो । सिंहदरबारका लागि यो अत्यन्तै ठूलो नैतिक संकट हो । तर, सरकार सञ्चालकहरूका भाषा र मुद्रामा यसको कुनै छनक पाइन्न ।

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »