Feeds:
Posts
Comments

Archive for the ‘राष्ट्रिय चासो’ Category

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

भ्रष्टाचारमा नयाँ कीर्तिमान कायम गर्न थालेको नेपालमा पश्चिम नेपालका पूर्वप्रधानमन्त्रीका पुत्रको ४० करोड ऋण मिनाहा गरी सत्ताको संकट टार्न प्रधानमन्त्री भरमग्दुर लागिपरेका बेला पश्चिम नेपालकै बाजुरामा खाद्यसंकट देखिएको छ । हुन त, वर्तमान सरकारका लागि सत्ताको संकट टार्ने कार्यभार जति महत्त्वको छ, त्यति बिहान-बेलुकाको छाक टार्न नसकेका बाजुरावासीको खाद्यान्न-संकटको महत्त्व छैन । यो तथ्य सरकारले चामल माग्ने जनतालाई पुलिसको लाठी खुवाउने हदसम्मको दमनकारी व्यवहारबाट देखाइदिएको छ ।

नेता, नेता-पुत्र र धनीमानीलाई पोस्न र त्यसकै आडमा सत्ताको आयु लम्ब्याउन अनेक कसरत गरिरहेको सरकारसँग बाजुरावासीले चामल माग्ने धृष्टता गरे, अनि चामलको साटो तिनले दमन र यातना पाए । सरकारले भोकानांगा जनतालाई भात खुवाउन नसक्नु कुनै राज्य-अपराध होइन । अतः उसले भातको सट्टा लाठी खुवाएको छ र आफ्नो सरकारी दायित्व पूरा गरेको छ । आफ्नो दायित्व भोकानांगालाई भात खुवाउने होइन, लाठीमार्फत राज्यको उपस्थिति देखाउने हो भन्ने सत्य यस सरकारलाई राम्ररी ज्ञान छ । त्यही ज्ञान बाजुरावासीका बीचमा चामलको सट्टा निःशुल्क बाँडेर सरकारले सन्देश दिएको छ, सरकारको काम सिंगो देशका लागि बजेट बनाउनु हो । त्यस्तो बजेटमा भोक, भोकमरी र भोकानांगाको कुनै स्थान छैन ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

-किरण पुन

Flag

प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले ‘नेपाल र नेपाली जनताको भावनालाई समेट्न नसकेको’ तर्क गर्दै औपचारिक रुपमा राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव संवैधानिक समितिमा लैजाने भएको छ। यसअघि उसले झण्डा फेर्ने कुरा बहसको रुपमा मात्र चलाएको थियो। संवैधानिक समितिमा रहेका माओवादी सभासद्हरुको मंगलबार सम्पन्न बैठकले यस्तो प्रस्ताव लैजाने निर्णय गरेको हो।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

 

नेपालमा राष्ट्रिय सरकार आवश्यक रहेको राष्ट्रसंघीय महासचिव बान कि मुनको विश्लेषणबाट सरकार असन्तुष्ट भएको र त्यसलाई हस्तक्षेपका रूपमा गम्भीर ढंगले लिएको भन्दै प्रधानमन्त्रीका एक सल्लाहकारको सार्वजनिक टिप्पणी आएकै दिन नेपालका लागि भारतीय राजदूतले प्रधानमन्त्री माधवकुमार नेपाल स्वयं उपस्थित कार्यक्रममा वर्तमान सरकारप्रति भारतको समर्थन मात्र दोहर्‍याएनन्, यही सरकारले संविधान बनाउने भविष्यवाणी पनि गरे । मुनभन्दा निकै कदम अघि बढेर सुदले गरेको टिप्पणीबारे भने सरकारको मौनताले विदेशी हस्तक्षेपबारे उसको दोहोरो मापदन्ड नै उजागर भएको छ ।

राजनीतिक नेतृत्वको परमुखापेक्षी सत्तालिप्सा र राष्ट्रिय इच्छाशक्तिको अभावका कारण नेपालमा कूटनीतिक नियोगहरू सुरुमा रेफ्री र बिस्तारै खेलाडी भएर नेपाली राजनीतिको मैदानमै ओर्लिसकेका छन् । आफूलाई फाइदा हुँदा त्यसलाई अन्तर्राष्ट्रिय समर्थन र बेफाइदा हुँदा भने हस्तक्षेप ठान्ने नेपाली राजनीतिज्ञहरूको दोहोरो चरित्रले विदेशीहरूलाई नेपालमा खेल्न धेरै सजिलो भएको छ । मुन र सुद प्रकरणमा सरकारको दोहोरो मापदन्ड त्यसका पछिल्ला उदाहरण हुन् । सरकार मात्र होइन, नेपाली राजनीतिका अरु खेलाडी पनि यसका अपवाद छैनन्, केवल मात्रात्मक अन्तर मात्र हो ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-बच्चु विक

नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ

महेन्द्रनगर। भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।

स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

परासी। पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्तामा फेरि एक पटक भारतीय पक्षले अतिक्रमण गर्ने प्रयास गरेको छ।

पछिल्लो पटक त्रिवेणी सुस्ता ४ अन्तर्गत सुस्तामा पर्ने रहुवा खोला नजिक विवादित भूमिमा भारतीय पक्षले ट्याक्टर ल्याएर जोती सुस्तामा नेपाली भूमि अतिक्रमण गर्ने प्रयास गरेको हो।

वि.सं.२०६२ मा दुवै देशबीच भएको सहमति विपरित विवादित भूमि मानी दुवै पक्षबाट जोतभोग नगर्ने सहमति भएपछि भारतीय पक्षले सो भूमिमा ट्याक्टर ल्याएर जोती अतिक्रमण गर्ने प्रयास गरेको थियो।

(more…)

Read Full Post »

स्रोत: नागरिक

भारतीय राजदूत राकेश सुदसहितको चार जनाको टोलीले शुक्रबारदेखि मुस्ताङको आठदिने पदयात्रा गर्ने भएको छ। टोलीले माथिल्लो मुस्ताङसहित जिल्लाका विभिन्न क्षेत्रमा पदयात्रा गर्ने जानकारी गृह स्रोतले दिएका छन्।

चिनियाँ सरकारले मुस्ताङमा गएर भारतीय र पश्चिमा कूटनीतिज्ञले त्यहाँका गुम्बामा रहेका तिब्बतीहरूलाई स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्न उक्साएको आरोप लगाउँदै उनीहरूको गतिविधि नियन्त्रण गर्न दबाब दिंदै आएको छ। तर, सरकारले भने भारतीय र पश्चिमा कूटनीतिज्ञले स्वतन्त्र तिब्बत पक्षधर गतिविधि गर्न उक्साउने कार्य नगरेको उल्लेख गर्दै स्वतन्त्र मुलुकको हैसियतमा उनीहरूलाई पदयात्राको अनुमति दिएको स्रोतले उल्लेख गरेका छन्।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका (सम्पादकीय)

अब जनताको सुरक्षा प्रहरीले गर्ने दिन गएजस्तै छ । विश्वास नलागे नयाँ पत्रिकाको असोज १८ का केही समाचार हेरौँ । पहिलो समाचार भन्छ, अछामको एउटा प्रहरी-चौकीमा कार्यरत महिला प्रहरीलाई सोही कार्यालयका इन्चार्जलगायतका सातैजना पुरुष सहकर्मीले लामो षड्यन्त्र र दाउ लगाएर बलात्कार गरेछन् । प्रहरीहरूले दसैँको महानवमीका दिन खसीको मासुमा गाँजा मिसाएर पकाएछन् । उनीहरूले कुनै नाम नखुलेको कालो पदार्थ होइन, नामै खुलेको गाँजा आफ्नै खानेकुरामा मिलाएर पकाए । गाँजा र लागूपदार्थको उत्पादन, ओसार-पसार, कारोबार र उपभोग नियन्त्रण गर्ने कसम खाएर प्रहरी सेवामा कार्यरत रहेका ती प्रहरीहरूले त्यही गाँजा मिश्रति मासु आफ्नै सहकर्मी महिलालाई विनाजानकारी खुवाए । अनि होस हराएकी तिनै सहकर्मीमाथि बाँकी सातजनाले चौकीमा लगातार बलात्कार गरे । ती महिलाले होसमा आएपछि जिल्ला प्रहरीमा दिएको उजुरीसमेत जिल्ला प्रहरी कार्यालयले बुझ्न अस्वीकार गर्‍यो । सम्भवतः त्यहाँ महिला होइन, पुरुष हाकिम होलान् ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-सरोजराज अधिकारी

उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि स्थलगत निरीक्षण गर्न सशस्त्र प्रहरी बलको दुई टोली Long-Range Patrol (लामो दूरीको सूरक्षा गस्ती) मा निस्केको छ । दुई महिनाभित्रै सुरक्षा बल स्थापना गर्ने योजना साथ बलको दुई टोली मुस्ताङ र रसुवा पुगिसकेको सशस्त्र स्रोतले बतायो । मुस्ताङमा इन्स्पेक्टर दामोदर ढोडारीको नेतृत्वमा र रसुवामा डीएसपी विनोद केसीको नेतृत्वमा सेक्सन प्लस (२५/२५ जना) को निरीक्षण टोली खटिएको छ ।

‘स्थापनासँगै सशस्त्रलाई मुलुकको सीमा सुरक्षाको म्यान्डेट दिइएको थियो । सोहीअनुरूप दक्षिणी सीमामा विगत डेढ वर्षदेखि सीमा सुरक्षा बल तैनाथ छ । सुरक्षाको बदलिँदो परिवेशअनुसार उत्तरी सीमामा पनि सुरक्षा बल गठन गर्ने योजनाअनुरूप निरीक्षण टोली पठाइएको हो,’ सशस्त्रका महानिरीक्षक सनत बस्नेतले कान्तिपुरसित भने । उपयुक्त स्थानको छनोटसँगै मुस्ताङ र रसुवामा चाँडै सीमा सुरक्षा कार्यालय स्थापना गरिने उनले बताए ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-खेम भण्डारी

बितेका दुई सातामा माओवादीको माथिल्लो तहका केही नेताहरूले आश्चर्यजनक अभिव्यक्ति सार्वजनिक गरे । अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्रसंघको अनुमति लिएर जनविद्रोह गर्ने बताए भने उपाध्यक्ष डा. बाबुराम भट्टराईले दसैं-तिहारपछि नयाँ जनवादी व्यवस्था लागू हुने फूर्ति दिँदै धम्क्याए, ‘अबको आन्दोलनपछि एमाले र कांग्रेसजस्ता दलहरू सधैंभरिका लागि समाप्त हुन्छन् ।’ महिला नेतृ हिसिला यमीले भारतीय विदेश सचिव निरूपमा रावलाई आश्वस्त पार्दै भनिन्, ‘माओवादी चिनियाँ कम्युनिस्ट पार्टीजस्तो हुन केही समय लाग्छ तर त्यस्तो भएरै छाड्छ ।’ती तीनवटा अभिव्यक्तिलाई माओवादीको माइन्डसेटको प्रतिविम्बका रूपमा लिन सकिन्छ । झट्ट हेर्दा विवादास्पद अभिव्यक्तिका शृंखलामा सामान्य लाग्नेे यी कथनहरूको अन्तर्निहित आशय असामान्य छ । आवेशमा आएर वा कुनै विशिष्ट तात्कालिक अवस्थाको प्रतिफलका रूपमा मात्रै ती अभिव्यक्ति बाहिर आएका होइनन् । तिनको सम्बन्ध माओवादीभित्र लगातार गहिरिँदो असमन्जसपूर्ण अवस्था, वैचारिक स्खलन र रूपान्तरणको संक्रमणका क्रममा उत्पन्न भड्काउसँग रहेको छ । सारमा आइरहेको समग्र परिवर्तनलाई गर्जनले ढाकछोप गर्दै रूपमा क्रान्तिकारिताको जलप चम्काउन खोजे पनि ती अभिव्यक्ति माओवादीको आन्द्राभुँडी छरपस्ट पार्न सक्षम छन् ।

(more…)

Read Full Post »

स्रोत: नागरिक

नेपालको राष्ट्रिय झण्डा

नेपालको राष्ट्रिय झण्डा

-माधव ढुङ्गेल

एकीकृत नेकपा माओवादीले चन्द्र-सूर्य अंकित मुलुकको राष्ट्रिय झण्डाले राजतन्त्र र हिन्दू अधिराज्यको झलक दिने दाबी गर्दै त्यसलाई परिवर्तन गर्न प्रस्ताव गरेको छ। माओवादी नेता देवप्रसाद गुरुङले संविधानसभा संवैधानिक समितिद्वारा गठित प्रारम्भिक मस्यौदा उपसमिति बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।

(more…)

Read Full Post »

« Newer Posts - Older Posts »