Feeds:
Posts
Comments

Archive for the ‘गजल’ Category

गजल

ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती

देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती

**

लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो

खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती

**

(more…)

Read Full Post »

गजल

मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई

तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई

**

आशै-आश बक्रबास भो कानून छैन वशमा कतै

सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई

**

(more…)

Read Full Post »

गजल

संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो

रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो

**

अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र

प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो

**

(more…)

Read Full Post »

गजल

२०६६ तीजका अवसरमा

हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा

भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा

**

कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो

सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा

**

(more…)

Read Full Post »

ग ज ल

वास्ता तिमीले गरिनौ खै, आफै भेट्न आऊँ कि कसो

व्यस्तता यो थाँती राखी, एउटा पाईला धाऊँ कि कसो

**

साता मात्र हुन्थ्यो कहाँ, महिनौं भईगो पर्खी आ’को

शुन्यता यो चिरीवरी, एउटा माया लाऊँ कि कसो

**

(more…)

Read Full Post »

गजल

बोली तिम्रो बिझ्दा आज, हावासरी डुल्दैछु म

अजम्बरी भन्ने माया, दु:खभरी भुल्दैछु म

**

बाध्यता यो लेख्नु पर्यो, यथार्थता खोज्छु भन्दा

निष्ठुरी त्यो भुल्न छायाँ, घुम्तीभरी घुल्दैछु म

**

निस्तो दिन देख्नु पर्यो, वास्तविकता बोल्छु भन्दा

शुन्य चित्र दाँया-वाँया, अभावभरी फुल्दैछु म।

**  **

Read Full Post »

ग ज ल

सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो

सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो

**

अभागीमै दर्ता भाको, छ कि क्या हो मेरो देश त

खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो

** (more…)

Read Full Post »

ग ज ल

तिम्रो गुणगान सुन्दा धेरै, आज मुहार हेर्न आएँ

धोको मेट्ने माया रोज्दा, खानु गोता फेर्न पाएँ

**

मैले सोच्ने सुख मात्रै, के हुन्थ्यो र जिन्दगी यो

नौजालभित्र लड्दै बढ्दै, तिम्रो बखान केर्न आएँ

** (more…)

Read Full Post »

गजल

सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो

मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो

**

सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ

साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो

**

अजातशत्रु मान्छे भन्थे, निष्ठुरीको बीऊ पो रे

विडम्बना भोग्दै-झेल्दै, बाँच्नु मेरो कमाई भो

**

सत्यता को विश्वासी म, खानु दु:ख खेप्नु रे

अप्ठ्यारो र असन्तोष यो, ज्यानकै मेरो भोगाई भो

** **

Read Full Post »

ग ज ल

भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो
नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो
**
पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो
रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो
**
सकल यो चर्तिकला, दिनपछी रात छ साक्षी
हाकहाकी मेरो पन त, माछोको यो भुरो पो भो
**
काटी हेर्छु, छाँटी हेर्छु, गुदी यसमा तीतो माथी
खरिएर मेरो खसखस्, सिसा भन्दा झुरो पो भो
**
फल टिप्छु भन्दै म छु, फूलै फुल्ने छाँट छैन
सिंगै बखान पोख्छु भन्दा, मेरै भाग पुरो पो भो
** **

Read Full Post »

« Newer Posts