Feeds:
Posts
Comments

Archive for the ‘कविता’ Category

फूल

फक्रेको वैंश

भरिलो सुवास

मदमस्त यौवन

जिउभरी बसन्त

आहा!

अतुलनीय

ए फूल,

(more…)

Read Full Post »

समय

यो त बग्दो समय

विचित्र समय

बिगत खोल्छ समय

बर्तमान बोल्छ समय

विछोड कोर्छ समय

मिलन जोर्छ समय।

**

(more…)

Read Full Post »

२०६७ साल, मातातीर्थ औंसीका अवसरमा –

आमाको मुख हेर्ने

दिन यो आईदिंदा

बसन्ती बासना

बिगतले छाईदिंदा,

यो दूर थलोमा

त्यो भुल्न सकिन

विशाल बाटोमा

म डुल्न सकिन।

**

(more…)

Read Full Post »

मानव महासागरभित्र

मान्छेहरुकै भीडमा

एक्लै

मात्रै एक्लै

बाँचिरहे झैं लाग्छ

निरश झैं लाग्छ

सुनसान झैं लाग्छ।

खै,

एकत्रित गर्छु

सम्हाल्छु, समेट्छु

मिलाउँछु मिल्ने सम्म

र, सिलाउँछु पनि।

(more…)

Read Full Post »

(वि.सं.२०६६ साल, विजया दशमीका अवसरमा पुल्मन, वासिङ्टन, अमेरीकामा आयोजना गरिएको एक सौहार्दपूर्ण कार्यक्रममा वाचित कविता।)

परदेशको यो प्राङ्गणभरी

जमारा

जमारा

एउटा दशैं मनाऊँ भन्छु

घर छाडी टाढा आज

भव्य संयोग बनाऊँ भन्छु।

**

नियतिको नभ-भरी

फूलको नसा रसाऊँ भन्छु

पेवा होइन, पराई छैन

नेपाली मन बगाऊँ भन्छु।

**

(more…)

Read Full Post »

कविता

वि. सं. २०६६ साल जेठ २२ गतेको निर्मम अपहरणपछि पाशविक तवरले हत्या गरिएकी जुबिलियन्ट कलेज, कालिमाटी, काठमाडौंकी बहिनी ‘ख्याति श्रेष्ठ प्रति समर्पित (२३ जुन, २००९ मा “नेपालीपोष्ट डट कम” मा प्रकाशित) सिर्जना।

सलाम

अस्ति, हिंजो र आज

तिम्रो र हाम्रो आफ्नै गाउँमा

संवेदना नासिएको ठाउँमा

मानवता मासिएको घाऊमा

अकल्पनीय अपशकुन्

सल्किएको यो क्षण

सलाम, ख्याति तिमीलाई।

**

(more…)

Read Full Post »

आत्मकथा

कन्दरा संझेर

विगतलाई जोख्दिन,

सहारा खोजेर

शिखर म चढ्दीन,

सयपत्री छटाको

म एक थुँगा फूल।

**

जवानीले मदहोश

ईर्ष्या केही साँच्दिन,

स्वार्थ बीच भुलेर

द्वेष म छर्दिन,

विशुध्द बान्कीको

म एक थुँगा फूल।

**

(more…)

Read Full Post »

यसको

कारण होइन म

कारक होइनौ तिमी,

यसको

म ज्ञाता होइन

तिमी विज्ञ छैनौ,

जहाँ-

म जिम्मेवार छैन भने

तिमी दोषी होइनौ भने,

बिन्दास बाँच

यो अविरल जिन्दगी

(more…)

Read Full Post »

हरियाली काखमा

निक्लँदो बैशाखमा

पर्छ हिऊँ भने त

अवाक्, म के भनूँ ?

**

बसन्ती साँझमा

धुपको यो माझमा

चर्छ हिउँद भने त

अलमल्ल, म के गरुँ ?

** (more…)

Read Full Post »

समय

 

उनको सर्वोच्चता

नलेखोस् कसैले,

बचपन देखि

चाउरिएको गाला बीच

लुकेका व्यथाहरु

नकोट्याओस् कसैले,

पिठ्युँभरी नून बोक्दाका

भैंसे र ठोरीका कथाहरु

नसुनुन् कसैले,

ढुङ्ग्री, माड्बरी र बुलाँकीका

विशुध्द मौलिकताहरु

उजागर नगरुन् कसैले, (more…)

Read Full Post »

« Newer Posts - Older Posts »