स्रोत: नेपाल साप्ताहिक
-मनबहादुर बस्नेत
“रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टा जति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्,” कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि ‘नेपालीको स्वभाव’ शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। “यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु,” आफ्नो खानपिन स्वभावबारे उनी निचोड सुनाउँछन्, “रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरिंदो रहेछ। अब त मःम जीवनको एक अंग नै भइसक्यो।”
गगनको जस्तै धेरै सहरयिाको अभिन्न खाना बनेको छ, मःम। २०३८ सालदेखि वसन्तपुरको प्याफलमा सोखका रूपमा मःम बेच्न थालेका अशोक विनायक मःम पसलका सञ्चालक गंगाराम श्रेष्ठको अनुभवमा उतिबेला फाट्टफुट्ट मानिसले मात्रै मःमको स्वाद लिने गर्थे। “त्यतिबेला कसैकसैले मात्र खान्थे,” श्रेष्ठ ती दिन सम्झन्छन्, “कतिपय त लुकेर खान्थे। औँसी, पूणिर्माका दिन मःमको बिक्री शून्य हुन्थ्यो।”
तर, अहिले समयले निकै फड्को मारसिकेको छ। मःम पसल खोलेको सुरुका दिनमा मुस्किलले पाँच किलो मासुको मःम बिक्री हुने गंगारामको पसलमा अहिले २० किलो मासुको मःम सजिलै बिक्छ। सात वर्ष रेस्टुराँ सञ्चालनको अनुभव सँगालेका नाङ्लो बेकरी क्याफेका गोपाल कक्षपतिको अनुभवमा पहिले र अहिलेको मःम खाने ‘ट्रेन्ड’मा ठूलो परविर्तन आएको छ। उनका अनुसार पहिले जाडोयाममा शरीर तताउन मःमको स्वाद लिने गरन्िथ्यो तर अहिले जुनसुकै बेला पनि मःम उपभोक्ताको रोजाइमा पर्न थालेको छ।
अनौपचारिक तथ्यांक अनुसार, उपत्यकामा दैनिक दुई करोड रुपियाँभन्दा बढीको मःम कारोबार हुन्छ। गल्ली र टोलका साना होटल-रेस्टुराँ र ठेलागाडादेखि पाँचतारे होटलसम्ममा मःम उत्तिकै लोकपि्रय छ। अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघको तथ्यांक अनुसार, उपत्यकामा मात्रै १ हजार ५ सय होटल र दुई हजारभन्दा बढी रेस्टुराँ छन्। उपत्यकाका यी होटल र रेस्टुराँमध्ये अधिकांशमा मःम उपलब्ध हुन्छ। यसबाहेक सडकपेटीमा गाडा र ठेलामा मःम बेच्नेको संख्या पनि बढेको छ।
उपत्यकामा ‘बफ मःम’ बढी प्रचलित छ। नागढुंगा प्रहरी पोस्टका अनुसार, दैनिक औसत तीन सय राँगाभैँसी काठमाडौँ भित्रिन्छन्। उपत्यका भित्रिने राँगाभैँसीको मासुको अधिकांश हिस्सा मःम बनाउन खपत हुन्छ। यसबाहेक काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, फर्पिङ आदि स्थानबाट समेत दिनहुँ दर्जनौँ राँगा-भैँसी मासुका लागि काठमाडौँ भित्र्याइन्छन्।
व्यवसायीहरूका अनुसार, उपत्यकामा दैनिक औसत पाँच सयभन्दा बढी राँगा-भैँसी काटिन्छन्। कालीमाटीका व्यवसायी राधेश शाही भन्छन्, “उपत्यकामा दैनिक एक लाखभन्दा बढी किलोग्राम मासु खपत हुन्छ।” काठमाडौँ क्वारेन्टाइन कार्यालयको तथ्यांकमा पनि गत वर्ष काठमाडाँैं भित्रिएका राँगा-भैँसीको संख्या ५५ हजार २ सय ६० छ। यद्यपि, क्वारेन्टाइनको तथ्यांकमा वास्तविक संख्या नहुने त्यहाँका अधिकारीहरू नै बताउँछन्। एक कर्मचारी भन्छन्, “यो रामनगर कार्यालयले पठाएको तथ्यांक मात्रै हो, अरू बाटाबाट भित्रिने राँगा-भैँसी दोब्बर हुन्छन्।”
मःमको विकास
मःम तिब्बती खान्की हो। उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ। दि गांग्री सुमाई रेस्टुराँ नामक चाइनिज रेस्टुराँका सञ्चालक राजबहादुर राजकणिर्कारका अनुसार, ‘मोहमोः’ भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो। “तिब्बतमा यसलाई ‘मोहमोः’ भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ,” राजकणिर्कार भन्छन्।
काठमाडौँको न्युरोडमा ०२४/२५ सालतिर आरसी मःम पसल खुलेपछि भने नेपाली बजारमा मःमले व्यावसायिक मोड लिएको नाङ्लोका सञ्चालक कक्षपति बताउँछन्। “आरसीले मःमको क्षेत्रमा क्रान्ति ल्याइदियो,” उनी सम्झन्छन्, “बफ नखाने मानिस पनि पीठोको डल्लोभित्र के छ, के छ भन्दै यसको स्वादमा पल्किन थाले।” अहिले पनि आरसी मःम रञ्जनागल्लीमै छ।
आरसी मःमले सबैको मन जितेपछि भने क्रमशः थप मःम पसल खुल्न थाले। मासाङ गल्ली, न्युरोड, वसन्तपुर, महाबौद्ध, झोँछे, असन, इन्द्रचोक आदि नेवार समुदायको बाहुल्य रहेका क्षेत्र जमानाका मःम अखडाहरू भएको जानकारहरू बताउँछन्। पाटन क्षेत्रमा भने हंग्री आई नामक पसल खोलेर वाङ लामाले तिब्बती मःम भित्र्याएको बताइन्छ। “हामी सानै थियौँ। ५/६ कक्षामा पढ्थ्यौँ,” लामाका आफन्त रामप्रसाद राई सम्झन्छन्, “उतिबेला पसल चल्तीको थियो। मानिसहरू टाढाटाढाबाट मःम चाख्न आउँथे।” लामाको मृत्यु भइसकेको छ भने राईले आफ्नो फुपाजुले सुरु गरेको मःम पसललाई निरन्तरता दिन गोल्डन ड्रागन नामक रेस्टुराँ सञ्चालन गरिरहेका छन्।
मःम व्यवसायीहरूका अनुसार, लाम्चो आकारकोलाई मःम र डल्लो आकारकोलाई मःमचा भन्न थालियो। नेवार समुदायको बाहुल्य रहेकाले मःमको पुच्छरमा चा जोडेर डल्लो मःम (जसलाई लोकल पनि भनिन्छ) मःमचा नाम दिएको हुनसक्ने सुमाईका राजकणिर्कारको अड्कल छ।
बफको स्वादमा नेपाल पसेको मःम अहिले नेपाली बजारमा चिकेन, पोर्क (सुँगुर), भेज, सी, चिल्ली, फ्राइजस्तो विविध स्वादमा खान सकिन्छ। चाइनिज रेस्टुराँ सुमाईका राजकणिर्कारका अनुसार कोथे, रबिोचे, स्िटम, धाइबो -स्िटम बर्न) हार्गौ, च्याछु, पाउछु, डिम्सुङ्, सुमाई तिब्बतमा नाम चलेका मःमका प्रकार हुन्, जसमध्ये ‘स्टिम मःम’को स्वाद सबैभन्दा बढी नेपाली जिब्रोमा झुन्डिएको छ।
ओपन मःम पनि भनिने सुमाई मःम राजकणिर्कार आफूले नेपाल भित्र्याएको दाबी गर्छन्। यस मःममा चारवटा प्वाल हुन्छन् र प्रत्येक प्वालमा फरक किसिमका अचार राखेर फरकफरक स्वाद लिन सकिन्छ। उनले ०४७ सालतिर यो मःम नेपाल भित्र्याएका हुन्। “मःममै फरक स्वाद दिऔँ भनेर नर्मलभन्दा भिन्न खालको मःम सुरु गरेको,” राजकणिर्कार भन्छन्।
Leave a comment