स्रोत: कान्तिपुर
-फूलमान वल
महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’
बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को नेपाली विभागका अतिथि प्राध्यापक तथा नेपाल चेयर भएर सात वर्ष काम गरेपछि दुर्गाप्रसाद मुलुक फिरिसकेका छन्, तैपनि उनी त्यही सालिक र देवकोटाको बनारस बसाइ क्रमका ऐतिहासिक सन्दर्भ र सामग्री संरक्षण हुनुपर्छ भनिरहेका छन् ।
