स्रोत: कान्तिपुर
–अनन्त वाग्ले
नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रतिनिधि आधुनिक नेपाली कविताको पुस्तक ‘सगरमाथाको नृत्यमगन आत्मा‘ सार्वजनिक गरेको छ । गद्य कविताका प्रथम प्रयोक्ता गोपालप्रसाद रमिाललाई आधुनिक नेपाली कविताको प्रस्थानविन्दु मानी २०२५ सालसम्म जन्मेका र ४० को दशकसम्म कविता सिर्जनामा सक्रिय भई कवितासंग्रह प्रकाशित गरेकालाई आधार मान्दै रमिालदेखि श्रवण मुकारुङसम्मका १ सय ३५ कविका कविता पुस्तकमा संग्रहित छन् । रमिालको ‘आमाको सपना‘ देखि बालकृष्ण समको ‘मृत्युपछिको अभिव्यञ्जना‘, महाकवि देवकोटाको ‘पागल‘, सिद्धिचरण श्रेष्ठको ‘बा आउनुभएको छैन‘, ‘विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा‘, हरभिक्त कटुवालको ‘यो जिन्दगी, खै के जिन्दगी‘, भूपि शेरचनको ‘मैनबत्तीको शिखा‘, पारजिातको ‘रामसाइँला‘, शैलेन्द्र साकारको ‘सर्पहरू गीत सुन्दैनन्‘, मीनबहादुर विष्टको ‘गाउँको पाठशाला‘ हुँदै मुकारुङको ‘पुरानो मानिस‘ सम्म आइपुग्दा प्रस् तुत पुस्तकबाट अनेक बिम्ब–बान्कीका कविताको रसास्वादन गर्न सकिन्छ । (more…)
जैविक