Feeds:
Posts
Comments

Archive for March, 2009

चार हजारभन्दा बढी गाउँ छन् नेपालमा। तर यो ‘कविता गाउँ’ भनेको तपाईँले कहिले सुन्नुभएको छैन होला। कविता नामकी केटी बस्ने भएर कविता गाउँ भनिएको हैन नि फेरि। कविले सिर्जना गर्ने कविता कै नाममा कविता गाउँ भन्न लागिएको हो। अनि गाउँ छानिएको छ- लुम्ले। विश्व प्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण बेसक्याम्पको ट्रेकिङ सुरु हुने कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ हो लुम्ले। जानुभएको छैन भने पनि गीत त सुन्नुभएकै होला- मुटु छुने लुम्लेको हावाले…


Lumle, Nepal by wilhelmus.

लुम्ले यस्तो देखिन्छ। फोटो सौजन्यः विल्हेल्मस


यही लुम्लेलाई नेपाल कै पहिलो कविता गाउँ (poetry village) को रुपमा विकास गर्ने अवधारणासहित गाउँलेहरु कै पहलमा यो अभियान केही महिनाअघिदेखि सुरु भएको हो। अब यो अभियानलाई साकार रुप दिन आउने चैत महिनाभित्रै लुम्लेलाई कविता गाउँको रुपमा औपचारिक घोषणा गर्ने कार्यक्रम रहेछ।

कविता गाउँका परिकल्पनाकारले यो अवधारणाका उद्देश्यहरु यस्तो रहेको बताएका छन्-

• समग्र लुम्लेलाई कविता गाउँको रुपमा विकास गर्ने।
• साहित्य, संगीत र कलामा अभिरुचि राख्‍ने तथा सिर्जना गर्ने स्थानीय वासिन्दाहरुलाई तत्सम्वन्धी विषयहरुमा सक्रिय तुल्याउने।
• साहित्य, संगीत र कला सम्वन्धी अन्तर्क्रिया गर्ने।
• त्यससम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने।
• साहित्य, संगीत र कलाको माध्यमबाट जनचेतना विस्तार गर्ने।
• देश विदेशका स्रष्टाहरुको सिर्जना-गन्तव्यको रुपमा लुम्लेलाई विकास गराउने।
• कविता गाउँको माध्यमबाट समग्र लुम्लेलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने।

भनिन्छ, सबैले जीवनमा एक पटक जानेर वा नजानेर कविता लेखेकै हुन्छ रे। त्यसै पनि नेपालमा कविता र मुक्तक लेख्‍नेहरुको संख्या सबैभन्दा बढी छँदैछ। कविताका पुस्तक सबैभन्दा बढी छापिन्छन्, कसैले पढोस् कि नपढोस्। यी कवि ह्रदयहरुलाई पक्कै पनि ‘कविता गाउँ’ ले तान्छ नै होला। बाँकी कुरा चैत महिनाभित्र यसको घोषणा भएपछि हेर्न पाइनेछ- आखिर के के हुने रहेछ त यो नेपालमा कतै नभएको कविता गाउँमा।

स्रोत: मेरो संसार

http://www.mysansar.com/2009/03/4719.html#more-4719

Read Full Post »

अनिश भट्टराई, धरान

के तपाईँले कहिल्यै याहु/गुगलले आफ्नो सेवा अपडेट गर्न लागेकोले आफ्नो इमेल आईडी डिलिट हुनबाट जोगाउन आफ्नो युजरनेम र पासवर्ड पठाई अपडेट गरिहाल्नुस् भन्ने व्यहोराको इमेल पाउनुभएको छ ? वा कतै आफ्नो नजिकको साथी/आफन्त काम विशेषले नाइजेरिया आइपुगेको र भएको पैसा सबै चोरी भएकोले स्थानीय कुनै होटलमा अलपत्र परेको खबर आफ्नो इनबक्समा प्राप्त गर्नुभएको छ ? दुवै घटनाले सकंट निम्त्याउन सक्छ। यदि तपाईँले ध्यान नदिई इमेलमा भने जसैगरी रिप्लाई गर्नुभयो भने सम्झनुस् तपाईँ फँस्नुभयो।

मैले त्यस्ता कतिपय मान्छेको बारेमा सुनेको/भेटेको छु, जो आफ्नो गोरु बेचेको पनि साइनो नभएको ब्यक्तिको अपुताली दावी गर्नको लागी प्रोसेसिङ्ग फी वापतको पैसा विदेश पठाएर ठगिएका छन्। हुन पनि गाँस,बास,कपासको लागि संघर्ष गरिरहेको व्यक्तिलाई विदेशको कुनै शहरमा वरपर हरियो बगैँचाले घेरिएको घरको फोटोमा फलानो (इमेल पाउने ब्यक्तिको नाम) भिलाभनेर फोटो पठाउँदा मन लोभिनु स्वाभाविकै हो। तर त्यसपछिका घटनाक्रम कहिल्यै सुखद हुँदैनन्।

आफूले कहिल्यै खरिद नगरेको चिठ्ठाको पुरस्कारवापतको पैसा लिने बहानामा होस् वा तपाईँको याहूको इमेल एड्रेसमा माइक्रोसफ्टले आफ्ना इमेल प्रयोगकर्ताहरुको इमेल ठेगानालाई र्‍याण्डमाइज गरी चिठ्ठा गर्दा लाखौँ रकमको पुरस्कार परेको ईमेल हामीलाई दिनहुँ प्राप्त भइरहन्छ। अझ तपाईँको आई.क्यु.लाई च्यालेञ्ज गर्ने गरी प्रश्न सोधेर पठाएको इमेल रिप्लाई गर्ने बित्तिकै तपाईँले सबै पुस्कार जित्‍नुभएकोले कल्पनै नगरेको पुरस्कार राशी जित्‍नुभएको ईमेल आँउछ।

विचार गर्ने हो भने सबभन्दा नराम्रो हविगत त ती ब्यक्तिहरुको हुन्छ, जो अरुको इमेलको पासवर्ड ह्याक गर्नको लागि आफ्नो इमेलबाट आफूले इमेल पठाउँदै गरेको इमेल एड्रेसको युजर नेम र पासवर्ड (यसो गर्नको लागि एक हप्ताभन्दा बढी समयसम्म प्रयोगमा रहेको इमेल एड्रेस हुनुपर्छ भनिन्छ) अपरिचित ब्यक्तिलाई पठाउँछन्। अनि अर्काको ईमेलमा भएका गोप्य कुरा चोरेर हेर्ने सपना देख्छन्।

हाम्रो देशमा अटोमेटेड अनलाइन ट्रान्जेक्सन सुविधा नरहेको हुनाले हुनसक्छ हाम्रो ब्याङ्क स्टेटमेन्ट होस उड्ने गरीको (थाहा नपाई अरुको अकाउण्टमा आफ्नो पैसा ट्रान्सफर भएर) भएको सुनिन पाइँदैन। तर विदेशतिर धेरै बाठो हुने र धेरै सोझो पल्टिनेहरुको कथा, ब्यथा इन्टरनेट सर्च गर्ने हो भने मनग्य पढ्न पाइन्छ। इन्टरनेटको बढ्दो लोकप्रियताको कारणले हामी कहाँ चाहीँ झुक्किने डोमेनको कारणले धेरै व्यक्तिले दुःख पाएको भेटिन्छ।

मेरो अनुभवमा यस प्रकारका स्पाम मेलबाट पूर्ण रुपमा सुरक्षित अलि गार्‍हो छ। किनभने मेल स्पाम गर्नेहरु विकल्पहरु सुझाइरहेका हुन्छन्। उदाहरणको लागि लोकप्रिय इमेल सेवा प्रदायकहरुले (मैले भन्न खोजेको याहु, हटमेल र जीमेल) प्रयोगकर्ताहरुको सुझाव अनुसार कुनै पनि इमेलको सब्जेक्ट लाइन वा वडिलाइनमा भायग्रा भन्ने शब्द छ भने त्यसलाई शंकास्पद सूचिमा राख्‍ने वा सीधै स्पाम घोषणा गर्ने नीति लिए। तर स्पामरहरुले त्यति सजिलै कहाँ छोड्थे र ! उनीहरुले पनि भायग्रा वा त्यससम्बन्धी विज्ञापन गर्नको लागि भायग्रा भन्ने शब्दलाई मात्र फोटोको रुपमा तयार गरे, जसलाई कम्प्युटर प्रोग्रामले पत्तै पाउन सकेन।

हाम्रो तर्फबाट सुरक्षाका केही उपाय अपनाउन सक्छौँ, जसबाट माथि उल्लेख गरिएका र भविष्यमा देखापर्ने विभिन्न साइबर क्राइमबाट सुरक्षित रहन सहयोग पुग्छ। जस्तै:

 

तपाईँलाई अरु कसैले आफ्नो पासवर्डको अनधिकृत प्रयोग गरेको शंका लाग्ने बित्तिकै पासवर्ड परिवर्तन गर्न सक्ने अवस्थामा रहनु होस्। याहु, हटमेल, जीमेलको पासवर्ड परिवर्तन गर्ने प्रक्रिया अलग-अलग हुन सक्छ। गुगलमा सर्च गरेर वा जान्ने मानिसलाई सोधेर कम्तिमा आफ्नो पासवर्ड आफैँ परिवर्तन गर्न सक्ने अवस्थामा रहनुहोस्।

तपाईको पासवर्ड अंक र अक्षर दुबै मिलेर बनेको भए राम्रो हुन्छ। डिक्सनरीको कुनै शब्दलाई पासवर्डको रुपमा प्रयोग नगर्नु राम्रो। त्यसो भए कुनै पनि ह्याकिङ्ग सफ्टवेयरबाट पासवर्ड क्र्याक हुन सार्‍हो पर्छ। अझ तपाईँलाई नेपाली टाइप गर्न आउँछ भने सम्झिन सजिलो हुने शब्दलाई पासवर्डको रुपमा प्रयोग गरे राम्रो हुन्छ। (भन्नाले यदि तपाईँ बकमानलाई पासवर्ड बनाउन चाहनु हुन्छ भने asdfg लेख्‍नुहोस्)

निश्चित समयावधिमा आफ्नो इमेल पासवर्ड परिवर्तन गरिरहनुहोस्।

यदि तपाईँको कम्प्युटर अरुले पनि चलाउँछन् भने लगइन पेजमा पासवर्ड कहिल्यै सेभ नगर्नुहोस्। प्रायजसो इमेल लगइन गर्दा चेक बक्समा पासवर्ड सेभ गर्ने अप्सन हुन्छ। हामीले जानेर वा अन्जानमा त्यसलाई सेभ गरिरहेका हुनसक्छौँ।

ब्यक्ति आफ्नो हुनसक्छ तर उसको बानी ब्यवहार आफ्नो नहुन सक्छ। त्यसैले भरसक आफ्नो पासवर्ड आफैसँग राख्‍नुहोस्।

पहिलो प्रेमी/प्रेमिका पछि गएर पासवर्ड हुन्छन् भन्ने चलनचल्तीको जोक जस्तो तपाईँको कमजोरी वा तपाईँको स्वाभावको आधारमा अनुमान गर्न सकिने वा छोराछोरीको नाम वा जन्ममितिलाई पासवर्ड नबनाउनु भए राम्रो हुन्छ। यसो गर्नु हुँदा तपाईँका आफ्ना भनिएका कुनै नजिकका ब्यक्तिबाट अप्ठ्यारोमा पर्न सक्नु हुन्छ।

पासवर्ड बिर्सिएमा प्रयोग हुने प्रश्नलाई पनि सामान्य नबनाउनुस्। नत्र कुनै पनि जानकार व्यक्तिले तपाईँको इमेल ह्याक गरी हेर्न सक्छन्। उदाहरणका लागि तपाईँको स्कूलको नाम के हो ? तपाईँको जन्म शहर कुन हो ? जस्ता प्रश्नका उत्तर सजिलै अनुमान गर्न सकिने हुन्छन्। यस्तो जवाफ दिएर तपाईँको ईमेलमा कसैले अनधिकृत प्रवेश गर्न सक्छन्। तपाईँको फेभरेट मुभी कुन हो ? भन्ने प्रश्नको जवाफ पनि त्यसरी नै अनुमान गर्न सकिने खालको नराख्‍नु राम्रो हुन्छ। बरु त्यस्ता प्रश्न सकभर आफैले राखे राम्रो हुन्छ र त्यसको जवाफ पनि अरुले अनुमान गर्न नसक्ने राख्‍नुस्। उदाहरणका लागि नेपालको राजधानी कुन हो भनेर प्रश्न राख्‍ने र त्यसको जवाफ काठमाडौँ नराख्‍ने बरु टोकियो भनेर राख्‍ने। यसो भएमा कसैले पनि अनुमान गर्न सक्दैनन्। बरु त्यो जवाफ तपाईँलाई याद हुनुपर्छ नि। नत्र कहिलेकाहीँ पासवर्ड बिर्सँदा तपाईँ आफैलाई रिकभर गर्न गार्‍हो हुनसक्छ।

पासवर्ड चोरीबाट बच्ने यी त केही उदाहरण भए। तपाईँसँग पनि यसो केही जानकारी भए बाँडौँ न !

 

स्रोत: मेरो संसार

 

http://www.mysansar.com/2009/03/4702.html#more-4702

Read Full Post »

स्रोत: दौतरी

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ।

गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।

गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।

यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।

साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:

Gajal

शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्‍लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।

मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।

जस्तै माथिको गजलको पहिलो शेर:

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।

काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्‍याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।

रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।

मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।

मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्‍लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।

यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्‍न, वज्‍न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।

समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्‍ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:

  • यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
  • दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
  • उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:

         “हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
          चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।

  • गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
  • मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्‍न‍-ए-मतला’ भनिन्छ
  • केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)।

http://dautari.org/2008/12/blog-post_7009.html

Read Full Post »

स्रोत: कान्तिपुर

जनक नेपाल

क्षत्रिक बच्चा, छुवत है पउवाँ,

घिन से छुवत है ना

बडा मनैवा, होत है दिल से,

जतियस् होत है ना…

अनौठो नमान्नुस्, यी पंक्ति मुनामदनखण्डकाव्यका सूक्तितुल्य पद्य क्षेत्रीको छोरो… मानिस ठूलो दिलले हुन्छ जातले हुँदैननै हुन् । लोक झ्याउरेका पारखी लोकनाथ बर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृतिलाई अवधी भाषामा अनुवाद गरेर बजारमा ल्याएका छन् ।

झ्याउरेको मिठास अवधी भाषामा पनि उस्तै छ,’ अवधी मुनामदनले पनि उत्तिकै जनपि्रयता पाउने विश्वाससाथ नेपालगन्जवासी बर्माले भने, ‘यही लोभले अनुवाद

गरंे ।पूर्वशिक्षक बर्मा अवधी भाषाको साप्ताहिक ग्रामदीपका सम्पादक र टेलिफिल्म निर्देशक पनि हुन् ।

दुई दशकभन्दा बढी अंग्रेजी पढाएर रिटायर उनी पछिल्लो समय अवधी भाषाका टेलिभिजन रिपोर्ट, डकुमेन्ट्री र टेलिफिल्म निर्माणमा सक्रिय छन् । अवधीभाषी समुदायलाई केही नयाँ दिन मुनामदनअनुवाद गरेको उनले बताए ।

त्यो खण्डकाव्यका ठेट नेपाली उखान र शब्द अनुवाद गर्न भने हम्मेहम्मे पर्‍यो,’ उनले भने, ‘कतै नेपालीसट्टा अवधी उखान राखेको

छु ।साग र सिस्नोको सट्टा माडी-गोलाथी राखेर उनले हातका मैला, सुनका थैला के गर्नु धनले…लाई यस रूपमा अनुवाद गरेका छन्- 

हथवक् मैली, सोनवक् थैली,

का होई धनवा से

माडी-गोलाथी, खाब् है बढिया,

प्रसन्न मनवा से…      

पूरै कृति अनुवादमा उनलाई तीन महिना लागेको थियो ।

टाइपिङ र छपाइ ढिलो हुँदा खण्डकाव्य बजारमा ल्याउन एक वर्षजति लाग्यो,’ अवधी भाषामा म्युजिक भिडियो बनाउने तयारीमा लागिरहेका उनले भने ।

देवकोटालाई समेत सर्वाधिक मन परेको मुनामदनका हिन्दी, मैथिली, भोजपुरी, अंग्रेजी, जर्मन लगायत अनुवाद आइसकेका छन् । 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182874

Read Full Post »

स्रोत: कान्तिपुर

डा केदार कर्माचार्य

अपचको समस्याले अधिकांश नेपालीलाई पिरोलिरहेको पाइन्छ । यो समस्याले स्वास्थ्यमा नकारात्मक असर पर्ने निर्विवाद छ । हाम्रो भोजनमा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड र खनिज तथा चिल्लो पदार्थ आदि समाविष्ट रहेको हुन्छ ।
पेटभित्र स्टोम्याक -आमाशय), डुयोडेनम -पाकस्थली), इन्टेस्टाइन -आन्द्रा) ले उत्पादन गरेको सम्बन्धित पाचनरस तथा मुखभित्र रहेको सेलेभरी ग्लेन्ड -र्‍याल ग्रन्थि) बाट उत्पादित र्‍यालमा ‘टायलिन’ नामक पाचन द्रव्यले हामीले चपाएर मसिनो भएका कार्बाेहाइड्रेडलाई पचाउने प्रक्रिया शुभारम्भ गर्छ । खाएको पदार्थ आमाशयमा पुगेपछि ग्याष्ट्रिक जुस -आमाशयिक रस) का साथ पेटमा रहेका मांसपेशी तथा स्नायु प्रणालीसमेतको संयुक्त प्रक्रियाले पचाउने काम हुनथाल्छ । आमाशयिक रसमा रहेको हाइड्रोक्लोरिक एसिड -उदर अम्ल) ले खानासँग रहेको हानिकारक जीवाणुलाई नष्ट गर्नुका साथ गाल्ने काम पनि गर्छ भने पेप्सिन नामक तत्त्वले प्रोटिनको प्रथम चरणको तथा ‘रेनिन’ तत्त्वले दूधको पाचन प्रक्रियामा भूमिका खेल्छ । पानी, भिटामिन र खनिज पदार्थ आदिलाई आमाशय र आन्द्राको विशेष कोषहरूले अवचुषण गर्छ । हामीले प्रयोग गरेको खानाबाट पोषण यसरी हाम्रो शरीरले प्राप्त गर्छ भने पाचन प्रक्रिया पश्च्ाातको फोहोर तत्त्व लार्ज इन्टेस्टाइन -ठूलो आन्द्रा) र एनल ओपनिङ -मलद्वार) भएर बाहिर निस्कन्छ । स्मल इन्टेस्टाइन -सानो आन्द्रा) को पहिलो भाग भनिने पाकस्थलीमा प्यान्त्रिmयाज ग्रन्थिले उत्पादन गरेको पाचनरसमा रहेको ‘टि्रप्सिन’ तथा क्रिमोटि्रप्सिन’ तत्त्वहरूले प्रोटिनको दोस्राे चरणको पाचन, ‘आमाइलेज’ तत्त्वले कार्बाेहाइड्रेटको दोस्राे चरणको र ‘लाइपेज’ तत्त्वले चिल्लो पदार्थको अन्तिम चरणको पाचन गर्छ । लिभर -कलेजो) सँग रहेको पित्ताशयबाट नलीको माध्यमबाट पाकस्थलीमा निष्काशन हुने बाइल -पित्त) ले खानामा समाविष्ट रहेको चिल्लो पदार्थलाई पचाउने गर्छ । स्मरणीय छ, विशेष कारणवश शल्यक्रियाद्वारा पित्ताशयलाई यथास्थानबाट निकालिएको अवस्थामा पित्त पाकस्थलीमा प्रवाहित नहुने भएकाले सम्बन्धित व्यक्तिले खाएको चिल्लो पदार्थमा प्रभाव नपर्ने भएकोले अपचको समस्याले ग्रसित हुने हुन्छ ।

अपच हुने कारण
आफ्नो पाचन क्ष्ामताभन्दा बढी खाना राम्राेसँग नचपाएर हतारिएर खानु, धेरै अमिलो, पिरो, चिल्लो र मसला भएको खाना खानु, नपाकेको -काँचो) वा सडेगलेको खाना खानु, प्रदूषित पानी पिउनु, बढी धूमपान तथा मदिरापान गर्नु, मानसिक तनावको अवस्थामा खानु, खाना खानु केही समय अगावै, खाना खाइरहँदा तथा खाना खानेबित्तिकै पानी बढी पिउनु आदि ।

अपचका लक्ष्ाण
खानामा अरुचि हुने, थोरै खाए पनि वायु बढेर पेट फुल्ने, पेटभित्र विभिन्न भागमा वायु घुमिरहेको अनुभूति हुने, पेट कराउने, घोच्ने, दुख्ने, पोल्ने, वाकवाकी लाग्ने, डकार पटक-पटक आउने, मुखमा अमिलोपना आउने, कब्जियत वा पखाला लाग्ने, जिब्रोमा सेतो बाक्लो लेउ टाँसिएको जस्तो देखिने, श्वास गन्हाउने आदि समस्याले गर्दा शरीरमा शिथिलता उत्पन्न हुने, कुपोषण, रक्तअल्पता आदि पनि देखापर्छ ।

उपचार
अल्पाहारबाट पाचन अङ्गमा बोझ कम पर्ने भएकोले छिटो पच्ने खालको खाना उचित मात्रामा धेरैपटक चपाएर खाने, बढी अमिलो, पिरो, चिल्लो, तारे-भुटेको खाना नखाने, माछा, मासु, अन्डा आदि बढी नखाने, मैदाबाट तयार पारिएका चाउचाउ, पाउरोटी तथा अन्य परिकार नखाने, चिया, कफी, जाँड-रक्सी तथा सुर्तीजन्य पदार्थ नखाने, खाना खाइरहँदा र खाइसकेपछि पनि लगभग आधा घन्टासम्म बढी पानी नपिउने, अन्यथा पाचनरसलाई पातलो बनाएर पाचनक्रियामा नकारात्मक असर पर्छ । झोलिलो सागसब्जी तथा मौसम अनुसारको फलफूल सेवन गर्नु हितकर हुन्छ । हलुका शारीरिक व्यायाम, योगासन, प्राणायम तथा ध्यानजस्ता विभिन्न सरल उपाय अपनाउँदा पनि पाचनक्रियामा सकारात्मक असर पर्ने विषयमा दुईमत छैन ।

सतर्कता
रोगग्रस्त व्यक्तिहरूले आ-आफ्नो स्वास्थ्य समस्याअनुरूप नै प्राकृतिक भोजन मध्येबाट छनोट गर्नुपर्छ । मन्दाग्नि तथा पाचनक्रियासँग सम्बन्धित अन्य समस्याबाट पीडित व्यक्तिले आ-आफ्नो समस्याअनुरूप नै प्राकृतिक भोजनहरू मध्येबाट भोजनको छनोट गर्नुपर्छ । अपच समस्याबाट ग्रसित व्यक्तिले उकुसमुकुस हुनेगरी नखाई उचित परिमाणभन्दा बढी नखानु नै हितकर हुन्छ । खानालाई मुखमा राखेपछि नहतारिएर पटक-पटक राम्ररी चपाउनाले मुखको र्‍यालमा रहेका ‘टायलिन’ नामक पाचनतत्त्व उचित परिमाणमा खानासँग मिसिन पाएर खानालाई सजिलोसँग पचाउनयोग्य बनाउँछ । स्मरणीय छ, अल्पाहारबाट पाचन अङ्गमा कम बोझ पर्छ । खाना पचाउनका लागि इन्जाम तथा अन्य औषधीहरू लामो समयसम्म प्रयोग गरिरहनुभन्दा खानपानमा उचित ध्यान पुर्‍याएर त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्दा पाचनसँग सम्बन्धित अनेकौं समस्याबाट जोगिन सकिन्छ ।

पेटमा जुका, कृमी तथा जीवाणुहरूले संक्रमण हुँदा मन्दाग्नि, झाडापखाला, आउँ कोलाइटिस आदि समस्याबाट ग्रस्त व्यक्तिको दिसामा खाएपछि नपचेको खाना देखिने तथा कुपोषण भई रक्तअल्पता, कमजोरी आदिको निदानका लागि चिकित्सकको सल्लाहअनुसार दिसा र रगतको जाँच गराई यथासमयमै उपचार गराउनु आवश्यक हुन्छ ।

लेखक साढे पाँच दशकभन्दा बढी समयदेखि स्वास्थ्योपचार क्ष्ाेत्रमा संलग्न छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182735

Read Full Post »

स्रोत: कान्तिपुर

अब्दुल्लाह मियाँ

राष्ट्रिय विधि-विज्ञान प्रयोगशालामा पहिलोपटक मानिस एवं वन्यजन्तुको वंशाणुगत गुण -डीएनए) परीक्षण हुने भएको छ ।
व्यक्ति र उसको आनिबानी पहिचान तथा अपराधसम्बद्ध अनुसन्धानका लागि डीएनए परीक्षण गरिन्छ । प्रयोगशालाका वैज्ञानिक जीवन रिजालका अनुसार एक सातामा अस्टे्रलियाबाट ‘रियल टाइम पीसीआर’ मेसिन भित्रिने भएको छ । करिब ३२ लाख रुपैयाँमा मेसिन ल्याउन लागिएको हो ।
अहिले ताजा रगतबाट मात्र प्रयोगशालाले डीएनए परीक्षण गर्छ । हड्डीबाट डीएनए परीक्षण गर्न प्रयोग हुने ‘लिक्विड नाइट्रोजन पि|mजर मिल’ र ‘हाइबि्रडाइजन ओभन’ नामका दुई मेसिन ल्याइसकिएको रिजालले बताए । करिब १२ लाख रुपैयाँको लागतमा ती मेसिन दुई महिनाअघि ल्याइएको हो । विश्व बैंकको अनुदान कार्यक्रममार्फत प्राप्त ६० लाख रुपैयाँ सहयोगबाट प्रयोगशालाले हड्डीबाट डीएनए परीक्षण सुरु गर्न लागेको हो ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट डीएनए परीक्षणका लागि मानिस र वन्यजन्तुका हड्डी पिन्न सकिनेे रिजालले बताए । ‘हड्डीमा डीएनए भए/नभएको पत्ता लगाउन तीनवटै मेसिन प्रयोग गरिनेछ,’ विशेषज्ञ रिजालले भने, ‘यसरी डीएनए परीक्षण हुन लागेको पहिलोपटक हो ।’ तर हड्डीभित्रको डीएनए सूक्ष्म हुने भएकाले परीक्षण जटिल हुने उनले बताए ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट हवाईजहाज दुर्घटना, बम विस्फोट, आगलागीजस्ता घटनाबाट ज्यान गएका व्यक्ति र विभिन्न वन्यजन्तुका हड्डीको डीएनए परीक्षण गर्न सकिनेछ । त्यस्तै बाघको हाड, हात्तीको दाह्रा, गैंडाको खाग, सिंहलगायतका वन्यजन्तुका अंग-प्रत्यङग सक्कली भए/नभएको पत्ता लगाउन पनि यो प्रविधि प्रयोग गरिनेछ ।
‘अन्य अंगजस्तो छिटो नसड्ने र नगल्ने भएकाले हड्डीबाट डीएनए परीक्षण गर्न उपयुक्त हुनेछ,’ रिजालले कान्तिपुरसित भने, ‘मेसिनको अभावमा रोकिएका धेरै वन्यजन्तुका हड्डीको पनि डीएनए परीक्षण हुनेछ ।’

http://www.ekantipur.com/kolnepalinews.php?&nid=182763

Read Full Post »

स्रोत: नेपाली पोष्ट

नयाँ संविधानमा राख्ने सुझाव संकलनका रुकुम पुगेका सभासद्हरुका टोली नेता लोकेन्द्र बिष्टले अन्य दलका सभासद्हरुले ’दुर्गम’ जिल्ला जाँदैनौं भनेर नाम सूचीबाट नाम कटाएको बताउनुभएको छ ।
रुकुम आएका सभासद्हरु माओवादीका मात्रै भएको भन्दै माओवादीबाहेकका दलहरुले विरोध प्रदर्शन गर्दा झडप समेत भएपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुझाव संकलन समितिका २८ नम्बर टोली नेता बिष्टले भन्नुभयो- ’रुकुम आउने सूचीमा नाम परेका कांग्रेस सभासद् गोपालमान श्रेष्ठले सूचीबाट नाम कटाएर तनहुँ जानुभयो ।
त्यसैगरी फोरमका सभासद् ओमप्रकाश यादव नाम कटाएर २२ नम्बर टोलीमा जानुभयो । अन्य सभासद्हरुले पनि नाम कटाएपछि हामीले अन्य दलका सभासद्हरु जबरजस्त बोकेर ल्याउन सकेनौं । हामी माओवादीको निर्देशनमा नभएर संविधानसभा सचिवालयको निर्देशनमा यहाँ आएकाले कुन पार्टीका परे कुन पार्टीका परेनन् त्यो संविधानसभा सचिवालयलाई नै सोध्नर्ुपर्छ ।’
सभासद् लोकेन्द्र बिष्टको विष्टको नेतृत्वमा रुकुम आएका सभासद्हरुमा कमला रोका, इन्द्रजीत र्राई, माया चेपाङ, सङप्रसाद थारु र सुदन राइ रहेका छन् ।
संविधानसभा सचिवालयले रुकुम आउन कांग्रेस सभासद् गोपालमान श्रेष्ठलगायत अन्य दलका सभासद्हरु खटाएको भए पनि उनीहरुले ’हामीलाई दुर्गममा पार्ने’ भनेर बिरोध गरेर सूचीबाट नाम कटाएको पनि बिष्टले बताउनुभयो ।
’मेरो नाम ओखलढुंगा जाने सूचीमा थियो । मैले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ समक्ष म ओखलढुंगा नै जान्छु, अन्य दलका साथीहरुलाई रुकुम पठाउनुहोस् भनेर अनुरोध गरेको थिएँ, उहाँले रुकुम जान कोही पनि मानेन्, तपाई नै गइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि म यहाँ आएको हुँ’- बिष्टले भन्नुभयो ।
आफू जाने नै भएपछि सबै दलकालाई मिलाएर राखिनुदिनुपर्‍यो भनेर संविधानसभा अध्यक्षलाई पुनः अनुरोध गरिएको जानकारी दिंदै बिष्टले भन्नुभयो- ’उहाँले अरु दलका कोही पनि जान मानेनन् यही टोली लिएर गइदिनुपर्‍यो भनेपछि हामी आएको छौं, हामी माओवादी हुनु नै अपराध भयो भने के भनौं होइन भने संविधानसभा सचिवालयकै निर्देशनअनुसार हामी आएका हौं र काम सम्पन्न गरेर फर्कन्छौं ।’

Read Full Post »

स्रोत: नयाँ पत्रिका

तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले रक्षा मन्त्रालयका लागि एउटा यस्तो व्यक्ति रोजे, जो उनका कट्टर आलोचक थिए । उनका विरुद्ध सधँै केही न केही बोलिरहन्थे । एकदिन राष्ट्रपतिका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारेमा के तपाईंलाई राम्रोसँग थाहा छ ?’ ‘हो थाहा छ, किन के भयो ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाइर्ंमाथि व्यंग्य गर्दै भने, तपाइर्ं हेर्दा दुब्लो-पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’
‘हो, यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकँे ।’ ‘योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले उनलाई उकास्ने स्वरमा भने । ‘यो पनि मलाई थाहा छ ।’ मुस्काउँदै राष्ट्रपतिले भने । यो सब कुरा सुनेर ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले कैयौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाइर्ंलाई राम्ररी थाहा भएर पनि तपाईे उनलाई किन यति महत्त्वपूर्ण पद सुम्पिरहनुभएको छ ?’ ‘अरे साथी, महत्त्वपूर्ण पदमा बसाएको न हो, कुनै गलत स्थानमा त हैन नि !’ राष्ट्रपतिले मुस्काउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाए र भने, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाइर्ंको प्रतिष्ठा खराब हुन्छ ।’ ‘मैले केही बुझ्नुअगाडि तपाईं यो किन बुझ्नुहुन्न कि ऊ एउटा योग्य प्रशासक हो, आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारे राम्रोसँगले थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराको कारणले देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त हैन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जनको मुख बन्द भयो ।

Read Full Post »

« Newer Posts