Feeds:
Posts
Comments

Archive for March, 2009

स्रोत: नयाँ पत्रिका

डा. सुधांशु केसी

नेपालमा जन्डिसको प्रकोप वर्षभरि नै रहे पनि वर्षायामको सुरुवातसँगै एक प्रकारको जन्डिस देखा पर्छ जन्डिसको शंका लाग्नेबित्तिकै खाना बार्ने काम सुरु हुन्छ यो प्रक्रिया महिनादेखि वर्ष दिनसम्म जारी रहन्छ समाजमा जन्डिसबारे सयजना मानिसले पाँच सयथरीका कुरा सुनाउने गर्छन् अत्तालिएर अनेक किसिमका उपचार पद्धति अपनाउँदा गलत उपचार गरेर बिरामीको अवस्था झन् बिग्रन पनि सक्छ तसर्थ, यस सम्बन्धी सही गलत धारणा बारे जानकारी राख्नु सबैका लागि अत्यन्त जरुरी देखिन्छ

जन्डिसका लक्षण
जन्डिस कुनै रोग नभई विभिन्न रोगमा देख्न सकिने लक्षण मात्र हो जन्डिस कलेजोको रोग भन्ने अवधारणा जनमानसमा पाइएको रगतमा विलिरुविनको मात्रा बढेर आँखा पहेँलो हुनु, शरीर पहेँलो हुनुलाई जन्डिस भनिन्छ वयस्कमा विलिरुविन एकहुनु पाँचहुनुमा कुनै फरक पर्दैन विलिरुविन बढ्दै गएमा विलिरुविन बढाउने रोग बढ्दै गइरहेको हुन सक्छ

जन्डिस र कलेजो
जन्डिस कलेजोको मात्र रोग होइन कलेजोका विभिन्न रोगहरूमा जन्डिस लक्षणको रूपमा देखिन्छ कलेजोको रोग बाहेक केही रगतको रोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्तनलीको क्यान्सर भएमा, प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, अरू अंगको क्यान्सर कलेजोमा फैलिएमा हुन सक्छ

जन्डिस र आयुर्वेद
धेरै मानिसमा के भ्रम भने, जन्डिस आयुर्वेदले ठीक पार्ने रोग हो अरू सबै रोगमा एलोप्याथीलाई विश्वास गरे पनि आँखा पहेँलो देख्नेबित्तिकै त्यो विश्वास डग्मगाउँछ आयुर्वेद शरणमा जाने गर्छन् जन्डिसको कुनै उपचार गर्नु पर्दैन उपचार जन्डिस गराउने रोगको गर्नुपर्छ रोग निको भएमा जन्डिस आफैं निको हुँदै जान्छ त्यसैले Bilirubin एकभन्दा माथि देखिने बित्तिकै उपचारका लागि दौडिनु उपचार गरिदिनु दुवै गलत कुरा हो जन्मजात रोग गिलबर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, डुबिन जोनसन सिन्ड्रोम, आदिमा Bilirubin बढी भए पनि कुनै उपचार गर्नुपर्दैन अन्यथा जन्डिस गराउने सबै किसिमका रोगको उपचार एलोप्याथिक उपचारमा

जन्डिस र खानपिन
हाम्रो समाजमा जन्डिस भन्ने बित्तिकै गाजर, मुला, काँक्रो, उखुको रस मेवा पर्यायवाची नै भइसके उसिनेको खाना, नुन नहालेको वा कम हालेको बेसार नहालेको खाना प्रायः जन्डिस भएका व्यक्तिको खाना भइसकेको जुनसुकै कारणले जन्डिस भए पनि यो क्रम प्रायः महिना वा त्यसभन्दा बढी चलेको पाइन्छ खाना बार्नाले हानी हुन सक्छ क्यान्सरको कारणले जन्डिस भएमा त्यसमा खाना बारेर ठीक होला ? जुनसुकै कारणले जन्डिस भए पनि बार्नुपर्ने एउटै कुरा हुन्छरक्सी रक्सीजन्य पदार्थ अनि, कम गर्नुपर्ने कुरा चिल्लो पदार्थ हो किनभने चिल्लो पदार्थ पचाउन पित्तले मद्दत गर्छ जन्डिस भएको अवस्थामा चिल्लो पदार्थको पाचन समस्या केही हदसम्म देखिन्छ जन्मजात जन्डिस रगतको रोगको कारणले भएको जन्डिस (हेमोलाइटिक जन्डिस) मा कुनै किसिमको खाना बार्न जरुरी हुँदैन पिरो अमिलो खानेकुराको जन्डिससँग कुनै सम्बन्ध छैन

जन्डिस र हेपाटाइटिस
जन्डिस लामो भयो भने हेपाटाइटिस, त्यसमा पनि हेपाटाइटिस बीहुन्छ भन्ने अवधारणा जनमानसमा पाइन्छ हेपाटाइटिस भनेको कलेजोको रोग हो यस अवस्थामा जन्डिस देखिन सक्छ तर, जन्डिसको कारणले हेपाटाइटिस भने हुँदैन क्यान्सर अथवा पत्थरीको कारणले पित्तको नली लामो समयसम्म बन्द भएमा त्यसले कलेजोको रोग निम्त्याउन सक्छ

जन्डिस र पानी
सामान्य अवस्थामा भन्दा जन्डिस भएको वेलामा बढी पानी अथवा झोल पदार्थको जरुरत पर्न सक्छ तर, यो सबै रोगमा लागू हुँदैन जस्तैकलोजोको सिरोसिस भएको वेलामा देखिने जन्डिसमा पानी धेरै पिउनाले पेटमा पानी जम्ने, खुट्टा सुनिने हुन सक्छ मुटुको रोगको कारणले कलेजो सुन्निएर जन्डिस देखापरेको अवस्थामा पनि धेरै पानी हानिकारक हुन सक्छ यदि पानीबाट सर्ने हेपाटाइटिस को कारणले गर्दा जन्डिस भएमा दिनको लिटरसम्म पानी अथवा झोल पदार्थ पिउँदा राम्रो हुन्छ थप १० लिटर पिएर अधिक फाइदा पक्का हुँदैन

जन्डिस र यौनसम्पर्क
जन्डिस यौनसम्पर्कको कुनै सम्बन्ध छैन यदि हिपाटाइटिस बी सीको कारणले जन्डिस भएको भने पुरुषले कन्डोम प्रयोग गर्दा सर्ने समस्या न्यूनीकरण हुन्छ

[लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।]

http://www.nayapatrika.com/newsdetail.php?id=903190117264925&n_id=25

Read Full Post »

स्रोत: नयाँ पत्रिका

 

बेइजिङ/ तिनीहरू, जो अति मोटा छन्, उनीहरू बाँच्नुपर्ने आयुभन्दा दस वर्षअघि नै मर्ने गरेको बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको संयुक्त राज्य अमेरिका युरोपका नौ लाख जवानमा ५७ फरकफरक अध्ययन गरिएको थियो १० देखि १५ वर्ष लगाएर गरिएको अध्ययन अवधिमै ७० हजार सहभागीको मृत्यु भएको थियो शरीर मापनयन्त्रबिएमआई) प्रयोग गरी गरिएको अध्ययनमा ४० पाउन्ड वा आवश्यकताभन्दा १८ पाउन्ड भन्दा बढी तौल हुनेको जीवन तीन वर्ष छोटो हुने देखिएको मुटुको रोग हृदयाघातका कारण उनीहरूको निधन भएको देखिएको त्यस्तै, धेरै मोटाहरू बाँच्नुपर्ने अवधिभन्दा दस वर्ष छिटो मर्ने गरेको अध्ययनप्रतिवेदनमा उल्लेख

 

धेरै मोटो हुनु भनेको जीवनभरि चुरोट पिउनु जत्तिकै हो, भन्छन् एक प्रमुख अनुसन्धानकर्ता तथा इंग्ल्यान्डस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचार्ज पेटो आवश्यक तौलभन्दा माथि शरीर मापनयन्त्र बढ्ने हरेक पाँच प्वाइन्टले ३० प्रतिशत छिटो मृत्युको जोखिमलाई बढाउने बताइएको यन्त्रमा २५ देखि २९. भएकाहरू तौल बढी हुनेमा पर्छन्, तर उनीहरू मोटा होइनन् उनीहरू सामान्य जीवनभन्दा एक वर्षअघि मर्न सक्ने बताइएको यसले बढी तौल भएका विभिन्न समूहका मानिसमा हुने जोखिमबारे स्पष्ट पार्दछ,’ अमेरिकी क्यान्सर सोसाइटी, रोग नियन्त्रण अध्ययन केन्द्रका उपाध्यक्ष माइकल थुनले भने एकपटक तौल बढेपछि घटाउन कठिन हुन्छ झन्झन् बढ्दै जान्छ, त्यसैले तौल घटाउनभन्दा बढ्न नदिनु नै राम्रो,’ थुन भन्छन्

 

http://www.nayapatrika.com/newsdetail.php?id=903191210048918%20&n_id=27

Read Full Post »

स्रोत: कान्तिपुर

 

सुमनकुमार रेग्मी

 

फागुन अन्तिम साता देशभर होलि पर्व सकिए पनि प्रकृतिले आकाशमा खैरो अनि पहेँलो मिसिएको रंगमा होलि खेलिनै रहयो फागुन ३०, चैत गते यस्तो गतिविधिले व्यापक रूप लियो आकाश धुम्मिएर धूलो धूवाँको रंगले दिनभरजसो छायो मौसममा देखिएको यस किसिमको परिवर्तनले दैनिक जीवनसमेत कष्टपूर्ण बनाइदियो काठमाडौं लगायत देशका थुप्रै ठाउँमा मानिसहरू अप्रत्याशित रूपले आँखा तथा श्वासप्रश्वासका समस्याले ग्रस्त भए आँखा पोल्ने, बिझाउने, रातो हुने, रूघाखोकी लाग्ने, घाँटी खसखस हुने जस्ता विविध रोगबाट अस्पतालहरूमा बिरामीको चाप बढेको देखियो

 

फागुन तेस्रो सातादेखि नै जंगलहरूमा आगलागी भइरहेका खबर आएका थिए फागुन २९ का दिन अमेरिकाको वैज्ञानिक संस्था नासाको मोडिस भूउपग्रहबाट लिइएको नेपालको जंगलमा आगलागी भएको तस्वीर सार्वजनिक भएको थियो यसैलाई आधार मान्ने हो भने नेपालमा यति व्यापक रूपमा जंगलमा आगलागी भएको सम्भवतः यो पहिलोपटक हो

 

वायुमण्डलमा देखिएको यसप्रकारको विशेष मौसमी अवस्थालाई मौसम विज्ञानको भाषामा तुवाँलोे भन्ने गरिन्छ जल तथा मौसम विज्ञान विभागको त्रिभुवन विमानस्थल, काठमाडौंमा लिइएको आँकडाअनुसार फागुन ३०, चैत गते वायुमण्डलको दृश्य दिनभर देखि किलोमिटरभन्दा माथि उक्लन सकेन देशभर न्यूनतम तापक्रममा केही वृद्धि भयो भने अधिकतम तापक्रम केही खस्कियो गएको सातादेखि यसप्रकारको मौसमी अवस्थाको सम्बन्धमा जनमानसमा निकै तर्कवितर्क चले कसैले यसलाई विश्वव्यापी उष्णता, अनि कसैले यसलाई मौसम परिवर्तनको संज्ञा पनि दिए आजको विश्वमा विश्वव्यापी उष्णता अनि मौसम परिवर्तनको लहरलाई सजिलै नकार्न नसकिने स्थिति तैपनि यसप्रकारको तुवाँलोको चपेटामा देश एकाएक आक्रान्त हुनुमा भने विशिष्ट मौसमी अवस्था सिर्जना हुनु हो भनेर ठोकुवा गर्न सकिन्छ

 

सूर्यबाट पृथ्वीले ताप प्राप्त गर्छ त्यहाँबाट आउने ताप वायुमण्डललाई नतताई सबभन्दा पहिले पृथ्वीमा प्रवेश गर्छ यसलाई हामी विकिरण भन्ने गर्छौं त्यो तापले सर्वप्रथम पृथ्वीको सतह तताउने काम गर्छ त्यसपछि त्यो पृथ्वीबाट वायुमण्डलतिरै फर्किएर वायुमण्डल तताउँदै जान्छ त्यसैकारण पृथ्वीको सतहभन्दा जति माथि गयो, तापक्रम उति घट्दै जाने हुन्छ तर कहिलेकाहीं उपयुक्त मौसमी अवस्था सिर्जना भएर पृथ्वीको सतहको कुनै निश्चित उचाइसम्म तापक्रम बढ्दै जाने अनि त्यसपछि मात्र घट्न जाने हुन्छ यस्तो विशिष्ट अवस्थालाई मौसम विज्ञानको भाषामा इन्भर्जनभन्ने गरिन्छ साधारणतया यस्तो अवस्था पृथ्वीको सतहबाट करिब .. किमिसम्मको उचाइमा रहने हुन्छ यस परिस्थितिमा वायुमण्डलको .. किमिसम्मको तल्लो तह त्यसभन्दा माथिको तहबीच एकप्रकारको सम्बन्धविच्छेदजस्तै अवस्था आउँछ

 

वायुमण्डलमा जहिले पनि ताप आद्रता तेर्सो ठाडो तरिकाले स्थानान्तरण भइरहन्छ तर यसप्रकारको अवस्थामा भने वायुमण्डलमा ठाडो तरिकाले ताप आद्रता स्थानान्तरण नहुने अवस्था सिर्जना हुन्छ यसैकारण हावा चलिरहे पनि त्यसको गति ज्यादै न्यून हुने हुन्छ यस अवस्थामा वायुमण्डलमा भएको धूलो धूवाँ पृथ्वीको सतह नजिकै खुम्चिएर बस्न आउँछ, अनि वायुमण्डलको दृश्यमा समेत निकै कमी आउँछ अहिले यस्तै भएको हो

 

तुवाँलोको अवस्थामा यसलाई बढावा दिने काम वायुमण्डलको उच्च तहको बादलले पनि गर्छ यसप्रकारका बादलहरू वायुमण्डलको देखि १३ किमि माथिसम्म फैलन्छन् विविध कारणले गर्दा बन्ने यी बादलले पातलो कपास फिँजाएजस्तो देखिन्छ यिनीहरू धेरै माथि हुनाले यसले वषर्ा भने गराउन सक्दैन यस्ता बादलको उपस्थितिले सूर्यको किरण छेकेर तापक्रम केही घटाउने काम गर्छ, जसले आकाश धुम्म राख्न पनि मद्दत गर्छ अहिलेसम्मकै वैज्ञानिक खोजले हाम्रो देशको वायुमण्डलमा धूलोको ठूलो मात्रा स्थानान्तरण भएको देखिँदैन त्यसो कुनै न्यून तहमा भने यसप्रकारको गतिविधि पृथ्वीभर नै भइरहेको हुन्छ मूलतः हावाको बहावसँगै यसप्रकारको गतिविधि हुने हुन्छ

 

मौसममा सुख्खापन रहने खासगरी मनसुनपूर्वको फागुन, चैत वैशाख महिनामा तुवाँलोेले प्रश्रय पाउँछ हावामा आद्रता बढ्न गए पनि तुवाँलोको समस्या न्यून हुन्छ भने बेलाबेलामा वषर्ा भइरहने हो भने तुवाँलोको समस्या रहने गर्दैन वर्तमान स्थितिमा एकातिर सूर्य कर्कटरेखातिर लाग्ने सूर्यको तापमा वृद्धि हुने क्रम भइरहेको भने अर्कोतिर पश्चिमी मौसम प्रणाली शिथिल हुनगई स्थानीय मौसम प्रणाली सक्रिय हुनथालिसकेको यस्तो बेलामा यदि वषर्ा शून्य रही सुख्खाको स्थिति अझ कायम रहने हो भने यसप्रकारको तुवाँलोले बेलाबेलामा गाँजिरहने निश्चित

 

[लेखक जल तथा मौसम विज्ञान विभागमा कार्यरत छन् ]

 

http://www.ekantipur.com/kolnepalinews.php?&nid=185100

Read Full Post »

स्रोत: नेपाली पोष्ट

 

मदन गौतम (रासस)

 

आउँदो २०६६ साल ११ महिनाको गर्ने कि १२ महिनाको भन्ने सम्बन्धमा लामो विवाद पछि अन्ततः ज्योतिषीहरू १२ महिनाकै पात्रो कायम गर्ने निष्कर्शमा पुगेका छन्
 
 
यतिखेर बजारमा नयाँ पात्रो क्यालेण्डरले बजार ढाकिसक्ने अवस्थामा पर्व सुधारका नाममा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको बैशाख महिनामा मिलान गराउन सरकारले गरेको प्रयास र्सार्थक नभएपछि ज्योतिषीहरू १२ महिनाको पञ्चाङ्ग बनाउन व्यस्त छन्

 

संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई आउँदो वर्ष१२ महिनाको क्यालेण्डर बनाउन सुझाव दिइसकेको
 
 
सूर्यको अयन गति (सूर्यको गति अनुसार निर्णय लिने पद्धति) वर सर्दै आएकाले ज्योतिष धर्मशास्त्रको नियम सन्तुलन राख्ने उद्देश्यले गत पुस महिनामा मन्त्रालयले सो कार्यदललाई ११ महिनाको क्यालेण्डर बनाउन निर्देशन दिएको थियो

 

हरेक हजार १५० वर्षमा अयन गति एक महिना वर र्सर्ने भएकाले सूर्यको गति अनुसार पञ्चाङ्ग मिलाउन परेको हुँदा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको अधिक मासमा मिलाउन खोजिएको हो भन्नुहुन्छ पर्व सुधार कार्यदलका सदस्यसचिव हरिनारायण मल्ल

 

शास्त्र, धर्म परम्परा विपरित सरकारको यो निर्णयमा असहमत भएका ज्योतिषीहरू भन्छन्एक सेकेण्ड एक मिनेटको फरक निस्कदा पञ्चाङ्गमा ठूलो असर पर्छ भने पूरै एक महिनाको अन्तर कसरी समायोजन गर्ने भन्ने प्रश्न उठेको

 

एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटन जाने २०६७ सालको मलमास बैशाखमा विवाह ब्रतबन्धको साइत दिन नमिल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वपनि नेपालमा एक महिना अघि मनाउन पर्ने बाध्यता हुन्छ।
 
 
पूरै एक महिनाको अन्तरले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मनाइदै आएका हाम्रा चार्डपर्व, धर्म संस्कृतिमा पनि असर पर्ने हुँदा शास्त्रसम्मत् नभएको यो निर्णय अस्विकार्य भएकोले बाह्रै महिनाको पञ्चाङ्ग बनाउने तयारीमा रहेको उनीहरूको तर्क

 

अयन गतिलाई मात्र आधार मानेर पञ्चाङ्गमा विवाद ल्याउन खोजेको बताउनुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भटृर्राईको तर्क शून्य ड्रि्रीको कोणबाट सुरु भएको र्सूयको गति अहिले २४ ड्रि्रीको कोणमा पुगको भने यो क्रम २७ ड्रि्रीको कोणमा पुगेपछि पुनः शून्य ड्रि्रीकै कोणमा पुग्नेहुनाले पर्व सुधारको नाममा महिना परिवर्तन गर्नु आवश्यक छैन

 

हालसम्म चन्द्रमासका आधारमा मनाइने सबै चाडपर्वहरूलाई अयनांशले असर नपारेको पञ्चाङ्ग बमोजिम तोकिएकै समयमा सूर्य ग्रहण तथा चन्द्र ग्रहण लाग्दै आएको उहाँ बताउनुहुन्छ
 
 
सरकारको निर्णयमा अडिग रहनुभएका उक्त कार्यदलका सदस्यसचिव मल्ल भारत लगायत धेरै राष्ट्रले सम्बत् सुधार गरिसकेका छन् भन्नुहुन्छ

 

उहाँका अनुसार सन् १९५७ मा राष्ट्रिय शक सम्बत्मा सुधार गरेर भारतले २२ मार्चलाई चैत गते बनाएको हाल मद्रासका ३० भन्दा बढी मठ मन्दिरले पनि पर्वको समय सुधार गरिसकेका छन्

 

यसैगरी चारसय वर्षअघि नेपाल सम्बत् (नेवारी) मा पनि छोटो दिन लामो दिनलाई क्रमशः मङ्सीर महिना जेठ महिना उल्लेख गरेको करिब एक महिनाको अन्तरलाई पनि सुधार गरिसकिएको

 

राष्ट्रिय सम्बतमा पनि दिन रात बराबर हुने बैशाख गते अघि सरेर चैत गतेसम्म आइसकेको हुँदा सिङ्गो एक पूणिमाबाट अर्को पूर्णिमासम्मको अन्तर हटाउन ठिक हुने सदस्यसचिव मल्लको तर्क

 

नेपाल पञ्चाङ्ग निर्णायक समिति सहित त्रिभुवन विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, एघार महिने पर्व विरुद्ध सङ्घर्ष समिति ज्योतिष तथा धर्मसँंग सम्वन्धित अन्य संस्थाका प्रतिनिधि सहभागी एक भेलाले आउँदो वर्षो पञ्चाङ्ग १२ महिनाको बनाउने सायन निरयण(सूर्यको गतिको आधारमा निर्णय गर्न नपर्ने पद्धति) को सम्बन्धमा सही निर्णय लिनको लागि सम्बद्ध विज्ञले अध्ययन अनुशिलन गर्ने बेधशालाको निर्माणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको

 

सो भेलाले अयनाशंले चन्द्रमासका आधारमा मनाइने सबै पर्वहरूलाई असर नपारेकाले विश्वभर मनाइने चार्डपर्व नेपालमा एक महिना अघि सार्न सम्भव नहुने, एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटने, मलमासका कारण अशुद्ध मानिएको २०६७ सालको बैशाख महिनामा विवाह ब्रतबन्धका साइत दिन नसकिने भएकाले पर्व सार्दा धर्मशास्त्र ज्योतिषका ग्रन्थमा व्यवस्था भए बमोजिम परिमार्जन संशोधन गर्नुपर्नेमा जोड दिइएको

  

http://www.nepalipost.com/site/?a=read&catid=1&id=8229

Read Full Post »

गजल

सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो

मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो

**

सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ

साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो

**

अजातशत्रु मान्छे भन्थे, निष्ठुरीको बीऊ पो रे

विडम्बना भोग्दै-झेल्दै, बाँच्नु मेरो कमाई भो

**

सत्यता को विश्वासी म, खानु दु:ख खेप्नु रे

अप्ठ्यारो र असन्तोष यो, ज्यानकै मेरो भोगाई भो

** **

Read Full Post »

स्रोत: कान्तिपुर

अम्बर गुरुङ

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?

एउटा स्विच थिचेर उज्यालो र अँध्यारो पार्नु हाम्रो हातमा भए पनि उज्यालोको स्रोत फेला पार्नु हाम्रो हातमा हुँदैन रहेछ । त्यसैले मलाई अँध्यारो र अन्धकारमा फरक लाग्छ । अँधेरो क्षणिक र सीमित हुन्छ भने अन्धकार व्यापक हुन्छ । अब फेरि के गर्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो कि बीसौं शताब्दीको मध्यअवधिसम्म पनि अपि|mकालाई डार्क कन्टिनेन्टअर्थात् अँध्यारो महादेश भनिने गरिन्थ्यो । हिजोआज त्यसो भनिंदैन । किनभने धेरैजसो अपि|mकी मुलुकहरू आज अन्धकारबाट उज्यालोतर्फ उन्मुख हुँदै छन् अर्थात् भइसकेका छन् । हामी भने उज्यालोदेखि अन्धकारतर्फ जाने तत्परताको उल्टो परिधिमा छौं । डर लाग्छ, कतै यो शताब्दीको अँध्यारो मुलुकको उपाधि हामीलाई मिल्ने त होइन !

यतिखेर मलाई एउटा सान्दर्भिक भएकै घटना सुनाउन मन लागेको छ । त्यसबेलाको कोलकोतामा एउटा साह्रै संगीत अनुरागी दाइ थिए जसले मलाई औधि नै माया गर्थे । उनी अत्यन्तै मिलनसार र सहयोगी भावनाको व्यक्ति भएर होला, त्यो थलोमा उत्तिकै लोकपि्रय पनि थिए । तर उनको एउटै अवगुण के थियो भने उनी औधि नै रक्सी खान्थे । कुन घटना-उपघटना, कारण-अकारणले हो, बुझ्नै नपाई दाइले एक्कासि रक्सी खान छाडेकाले हामी झन्डै आश्चर्यचकित भएका थियौं । तर पनि किन उनले रक्सीलाई परित्याग गरे भनेर सोध्ने साहस हामीले गर्न सकेनौं । सम्भवतः हामीलाई डर थियो कि हाम्रो सोधाइले बिच्किएर उनले फेरि रक्सी खान सुरु नगरून् !

एक साँझ रेकर्डिङ् सिध्याएर म घर र्फकने तरखरमा थिएँ । त्यही बेला एक साँझ मलाई दाइले एउटा यस्तो क्लबमा लगेर गए जुन क्लब हरेक आइतबार रक्सी खान छाडेका भूतपूर्व पियक्कडहरूले सञ्चालन गर्दा रहेछन् । उनीहरूको मूल उद्देश्य के रहेछ भने रक्सी नखानेहरूले रक्सी छुँदै नछोउन् र खानेहरूले रक्सीलाई तत्कालै परत्याग गरून् । हरेक आइतबार त्यहाँ त्यस्ता पात्रको उपस्थिति हुने गर्दो रहेछ जसले भर्खरै रक्सी खान छाडेका छन् र उसले डायसमा उभिएर आफूले रक्सीको बेहोसीमा गरेका गल्ती तथा कुकृत्यहरूको आत्मस्वीकृति -कन्फेसन) मात्र होइन, अबदेखि कहिले पनि रक्सी नखाने प्रतिज्ञासमेत गर्नुपर्दो रहेछ ।

त्यस्ता पात्रहरूले रक्सी खाँदा गरेका गल्तीहरू, झैझगडा, असामाजिक तथा अमर्यादित वृत्तान्तहरू, कोही अनौठो अथवा कोही घीनलाग्दो, कोही अमानुसिक र कोहीकोही मार्मिक पनि हुने गर्दोरहेछ । ती सबै त्यहाँ त्यतिबेला देख्न नपाइए पनि पछिबाट केही घटनाहरूबारे भने सुन्न पाइयो । त्यहाँ रमाइलो कुरा के रहेछ भने त्यस्ता पात्रहरूलाई त्यहाँ ल्याउने अभिभावकहरू धेरैजसो आफ्नै परिवारमध्येका हुँदा रहेछन् । कसैको मातापिता, दाइदिदी, कसैका अन्तरंग मित्र, धेरैजसोका पत्नी र कसै-कसैका त प्रेमिकासमेत हुने गर्दा रहेछन् । अझ रमाइलो कुरा त के रहेछ भने कसैकसैले आत्मस्वीकृति गर्दै प्रतिज्ञा गरेर पनि फेरि रक्सी खान सुरु गर्दा रहेछन् ।

त्यही क्लबमा भएको र पछिबाट मात्र मैले सुनेको एउटा पात्र वृत्तान्तको कुरा मैले आजसम्म बिर्सन सकेको छैन । उक्त घटनाको पात्र एक नम्बरका रक्स्याहा मात्र नभएर जुवाडे पनि रहेछ र, आफ्नी स्वास्नीलाई अत्यन्त निर्ममतापूर्वक व्यवहार गर्दो रहेछ । त्यस्तै झोंकमा एकरात उसले स्वास्नीलाई घरबाट निकालिदिएछ । त्यसको केही दिनपछाडि ऊ मरणासन्न हुनेगरी बिरामी भएछ । र, त्यही क्रममा उसको रक्सी खाने लत छुटेछ । त्यसपछाडि उसलाई आफूले रक्सी खाएकोमा भन्दा बढ्ता पश्चात्ताप स्वास्नीलाई घरबाट निकालेकोमा भएछ । धेरै समयसम्म घरबाट निकालिएकी स्वास्नी खोज्दा पनि नभेट्टाएपछि अन्तमा ऊ त्यो क्लबमा आत्मस्वीकृति र पश्चात्ताप गर्न आएको रहेछ । पश्चात्ताप गर्दै उसले भनेको रहेछ, ‘हो, मलाई रक्सी खाएकोमा एकदमै ठूलो पश्चात्ताप छ तर त्योभन्दा पनि धेरै ठूलो पश्चात्ताप मैले आफ्नी निर्दोष पत्नीलाई घरबाट निकालिदिएकोमा छ र, यहाँ पश्चात्ताप मात्रै होइन, माफी माग्नलाई पनि आएको हुँ । उनले त मलाई माफी दिन्छिन् कि दिन्नन्, त्यो त थाहा छैन…।

यो घटना दुःखान्तमा नभएर सुखान्तमा टुङ्गएिछ । कुनै दुर्लभ संयोगले होला, त्यस दिन त्यही क्लबमा उसकी प्यारी पत्नी उसको बिलाप सुनेर सारीको फेरले आँसु पुछ्दै एक कुनामा उभिएर मर्माहत भइरहेकी रहिछ । कुरा टुङ्गनिेबित्तिकै त्यो अबला दौडिएर आफ्नो पतिको चरणमा परिछ । हाम्रो जीवनमा जस्तै त्यस क्लबाट पनि कोही हाँस्दै र कोही रुँदै बाहिरिँदा रहेछन् । यहाँनेर यो कथाको नाटकीय अन्त्य भए पनि कुराको अन्त्य भएको छैन

त्यहाँ आत्मविवेचना गर्नेहरूका कथा र घटना आ-आफ्नै भए पनि आत्मस्वीकृतिको पश्चात्ताप एउटै खाले थियो- हामीले रक्सी खाने गल्ती अज्ञानताबस गरेका थियौं । यहाँनेर मलाई के आभास हुन्छ भने अज्ञानता नै अन्धकार र अन्धकार नै अज्ञानताको समस्या हो । सुरुमा हामी अज्ञान नै थियौं, अन्धकारमै थियौं । त्यसबेला टुकीको उज्यालो हामीलाई पर्याप्त थियो । बिजुली भनेको धेरै पछिको आविस्कार हो, यो आविस्कार ज्ञानबाट भएको हो । हो, यो संसारभरका सारा विज्ञ विद्वान्हरू भन्छन् कि यो संसारमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान हुँदैन । अहिलेको लोडसेडिङ हाम्रा लागि समस्या होइन, अज्ञानता हो । तपाईहरू सहमत हुनुहुन्छ ?

हुनुहुन्छ भने लौ त अब कुरा मात्र होइन, काम पनि गरौं । र, अहिलेको काम भनेको यही हो-चिराग तो जलाओ, बडा अन्धेरा है…!

[संगीतज्ञ गुरुङ कहाँ गए ती दिनहरूपुस्तकका लेखक हुन् । ]

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184463

Read Full Post »

स्रोत: कान्तिपुर

फूलमान वल

जमाना प्रविधिकै भयो । आइपोड, एमपी थ्री या पेनड्राइभ- मध्ये केही छ भने पुस्तक पढिरहनुपर्दैन । आनन्दले एयरफोन लाउनुस् र काम गर्दै पुस्तक

सुन्नुस् । बीपी कोइरालाको आत्मवृत्तान्तअडियो संस्करणपछि डायमन्ड शमशेर राणाको चर्चित कृति सेतो बाघको सुन्ने रूप बजारमा आएको छ ।

अबका मानिसलाई ठूल्ठूला ठेली पढिरहने फुर्सद नहुन सक्छ,’ सुन्ने पुस्तक सार्वजनिक गर्न लन्डनदेखि आइपुगेका रेडियोकर्मी खगेन्द्र नेपालीले भने, ‘यस्तोमा आइपोड र पेनड्राइभमा भरेको पुस्तक सुन्दै काम गर्दाको आनन्द बेग्लै हुन सक्छ ।जगिङ जाँदा, परिवारसँगै होलिडे मनाउँदादेखि भान्साको काम गर्दासमेत सुन्ने पुस्तक उपयोगी हुने बताउँदै उनले पश्चिमको अनुभव सुनाए, ‘जिम जाँदासमेत आइपोडमा पुस्तक सुन्ने जमात देखेको छु ।

लन्डनस्थित श्रव्यदृश्य उत्पादक कम्पनी वेभ्स ईटीसीले दोस्रो अडियो बुकका रूपमा ऐतिहासिक उपन्यास सेतो बाघचुनेको हो । कुनै समय म यो उपन्यास लुकीछिपी बोक्थें, प्रतिबन्धित भएकाले सेतो बाघभन्नेबित्तिकै सबै तर्सिन्थे,’ उनले यो सेतो बाघलाई अडियो बुकका रूपमा छान्नुको कारण खुलाए, ‘यस्तो ऐतिहासिक किताब नयाँ पुस्ताले प्रविधिको स्वादसँगै ग्रहण गरून् भन्ने ध्येय हो ।

सोल्टी क्राउन प्लाजाको मेघ मल्हार हलमा ९१ वर्षे उपन्यासकारकै हातबाट पुस्तक मंगलबार सार्वजनिक गरियो । अडियो अन गरिरहँदा राणाका हात छिटोछिटो चलिरहेका थिए र अनुहार उज्यालो । जेलमा लेखिएको पुस्तकको नयाँ अवतारले निकै खुसी छु,’ उनले भने, ‘जीवनभरकै उपलब्धि पाएजस्तो ।

सेनामा मेजर रहँदा २००५ मै विद्रोह गरी प्रजातन्त्रका पक्षमा लागेका राणालाई पञ्चायती व्यवस्थाले २०१७ मा जेल हाल्यो । ६ वर्ष लामो जेलबसाइमा राणाकालीन ऐतिहासिक तथ्य समातेर लेखिएको कृति साझा प्रकाशनले २०२५ मा छापेको थियो ।

यो किताबले गर्दा म पनि झन्डै जेल परेको,’ साहित्यकार कमलमणि दीक्ष्ाितले उक्त उपन्यास छापिँदाको घटना सुनाए, ‘त्यतिबेला साझाको अध्यक्ष म थिएँ । पछि निकै समस्या भयो ।

साझाका तत्कालीन महाप्रबन्धक नरेन्द्रविक्रम पन्त सेतो बाघको पहिलो पाठक भएको उल्लेख गर्दै दीक्षितले सम्झे, ‘पन्तजीले पुस्तकको भूमिका पनि मैले नै लेख्नुपर्छ भन्नुभयो । पछि भूमिकाका शब्दशब्दमाथि अनुसन्धान भएछ । धन्य, संयोगले वकिल शब्द  लेखिएकाले मात्रै बचेछु ।

उपन्यासमा राणाकालीन राजनीतिक चालबाजी, पारिवारिक षड्यन्त्र, शक्तिको छिनाझपटी देखि दरबारभित्रका रहस्य छन् ।

मेरै बाउबाजेका कथा भएकाले मलाई जेलमा लेख्न सजिलो भो,’ राणाले सम्झे, ‘अहिले यसको नयाँ अवतार आयो । जस र आर्थिक लाभ दुवै मिल्ने भयो ।

यस्तो भएपछि उपन्यास किनेर पढ्लान त पाठकले ? अटोग्राफ लिन धुइरिएका फ्यानले घेरिएका राणालाई सोधियो । घाम ताप्दा शरीरलाई फाइदा गरे पनि अनुहारलाई त कालो बनाउँछ नि,’ उनले गम्भीर ठट्टा गरे, ‘यसको पनि सकारात्मक र नकारात्मक फाइदा दुवै छ, प्रविधिलाई रोक्न सकिन्न ।

यहीबेला अटोग्राफ लिने पंक्तिमा थिइन् गृहिणी कविता राणा । पेन्टिङ समेत गर्ने उनी धेरै अघिदेखि सेतो बाघपढ्न चाहिरहेकी रहिछन् । अब गज्ज्ाब भो,’ उनले भनिन्, ‘सजिलो र इन्ट्रेस्टिङ पनि ।

अडियो संस्करणमा स्वर तीन दशकजति बीबीसी नेपाली सेवामा संलग्न नेपालीकै छ ।

यसको म अर्को ठूलो उपलब्धि पनि देखिरहेको छु,’ लेखक खगेन्द्र संग्रौलाले भने, ‘धेरै नेपाली निरक्षर छन् । त्यो विशाल समूहमा अब इतिहासको साँचो कथा पुग्ने छ । सीडीको अडियो संस्करण बेलायतस्थित नेपाली साहित्य परिषद्, भण्डारी बुक्स र सूर्य नेपाल प्रालिको सहयोगमा ल्याइएको हो ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=184005

Read Full Post »

स्रोत: कान्तिपुर

गंगा बीसी/योगेश खतिवडा

नागरिकता बनाउँदै हुनुहुन्छ भने नयाँ खबर । केही महिनापछि तपाइर्ंले नेपाली कागजले बनेको नागरिकता पाउनु हुनेछ । करिब २० वर्षभन्दाअघि पनि नेपाली कागजको नागरिकता प्रचलनमा थियो । सरकारले त्यसयता भने विदेशी कागजमा नागरिकता वितरण गर्दै आएको छ ।

लोक्ता व्यवसायी हुनुहुन्छ भने पनि खुसीको खबर । तपाईंले उत्पादन गरेको कागजले आम्दानी मात्रै होइन सम्मान पनि पाउँदैछ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पहिलो चरणमा नागरिकताका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्न यो निर्णय गरिएको हो,’ उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले कान्तिपुरसँग भनिन्, ‘यसले उद्योग फस्टाउने विश्वास सरकारको छ ।उनले सरकारी कार्यालयमा नेपाली कागज प्रयोग गर्ने विषयमा एक महिना सम्भाव्यता अध्ययन गरेको जानकारी पनि दिइन् । यसअघि नेपाल हाते कागज संघले उद्योग र गृहमन्त्रीलाई भेटी नागरिकताका लागि नेपाली कागज प्रयोग गर्न माग गरेका थिए ।

हामीले उत्पादन गरेको कागजले सम्मान पाएकामा खुसी बनाएको छ,’ नेपाल हाते कागज संघका सचिव किरण डंगोलले भने, ‘यसले उद्योग फस्टाउन सघाउ पुग्ने छ ।हाल वाषिर्क १० हजार मेटि्रक टन उत्पादन हुने नेपाली कागज ९० प्रतिशत अन्य मुलुकमा निर्यात हुने गर्छ । नागरिकताका लागि प्रयोग भएपछि २५ प्रतिशत स्वदेशमै खपत हुने डंगोलले कान्तिपुरलाई बताए । नागरिकताका लागि प्रतिवर्ष एक लाख सिट कागज प्रयोग हुनेछ ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183815

Read Full Post »

स्रोत: कान्तिपुर

अतुल मिश्र

अन्तरिक्षमा पृथ्वीजस्तै अर्को ग्रह पनि छ ? वैज्ञनिकहरूको अनुमान छ, पक्कै पनि हुनुपर्छ । यथार्थ पत्ता लगाउन अमेरिकी अन्तरिक्ष संस्था -नासा) ले शुक्रबार राति मानवरहित एक यानलाई ग्रह खोज्न अन्तरिक्षमा पठाएको छ ।

क्यालिफोर्निया, पासाडेनास्थित जेट प्रोपल्सन ल्यावोरेट्री -जेपीएल) द्वारा शुक्रबारै जारी विज्ञप्तिअनुसार केप्लरनाम दिइएको यो अन्तरिक्षयान अर्को आकाश गंगाका पृथ्वीहरूको खोजीमा निस्केको हो । यानले हामी बसेको पृथ्वीजस्तै ग्रह अन्त पनि छ कि भन्ने जिज्ञासाको जवाफ पत्ता लगाउन पहल गर्ने विज्ञप्तिमा जनाइएको छ । पृथ्वीबाहिर जीवनको अस्तित्व पत्ता लगाउनु यो यानको उद्देश्य हो ।

नेपाली समयअनुसार शनिबार बिहान केप्लर सवा आठ बजे अन्तरिक्षमा पसेको छ । यो यान अब तीन वर्षसम्म पृथ्वी बाहिरै रहने छ । अरू पृथ्वी खोज्नेयो अभियानमा साठी करोड अमेरिकी डलर खर्च हुनेछ । केप्लरले सूर्यलाई चक्कर लगाउने छ । त्यस क्रममा दूरबिनलाई अन्तरिक्षको यस्तो ठाउँमा केन्दि्रत गराइनेछ जहाँ एक लाखभन्दा बढी पृथ्वीजस्तै ग्रह भएको अनुमान छ । 

नासाका संयुक्त प्रबन्धक डा. एडवर्ड विलरलाई उद्धृत गर्दै जेपीएलले विज्ञप्तिमा भनेको छ, ‘यो वैज्ञानिक मात्र नभई ऐतिहासिक अभियान हो । अभियान सफल भए मानिसजस्ता जीवनहरू हामी बसेको पृथ्वीमा मात्रै हो वा अन्त पनि भन्ने प्रश्नको जवाफ जुट्नेछ ।अन्तरिक्षमा दूरबिनसहितको शक्तिशाली क्यामेरा जडान गरी मानवरहित यान पठाइएको यो पहिलो हो । बृहस्पतिजस्तो ठूलो आकारको ग्रहलाई पनि सूर्यको अघिल्तिरबाट जाँदा पहिचान गर्न निकै मुस्किल छ । किनभने कारको हेडलाइट अघिल्तिर लामखुट्टे जत्रा कीरा जाँदाजस्तै त्यतिबेला यो निकै सानो आकारको देखिन्छ,’ यो अभियान जटिलताबारे उल्लेख गर्दै जेम्सले भनेका छन् ।

http://www.ekantipur.com/kolnepalinews.php?&nid=183525

Read Full Post »

हिउँद यो सारेर सर्दैन

चिसो यो टारेर टर्दैन

नजाती उही छाउँदो पो छ

श्वेत-शैतान यो हिउँको जाडो।

**

चिनीसरी बर्षा झर्छ

जादू-दृष्य जस्तै लाग्छ

बिर्सुं भन्दा झनै गाढा

बेचैनीको विशाल यो हिउँको जाडो।

**

थोरै पर्दा खुशी छर्छ

धेरै हुँदा तनाव भर्छ

हट्ला भन्दा बढ्दो पो छ

अभिशाप यो हिउँको जाडो।

**

कुईरीमण्डल क्षणमै गर्छ

ईञ्चको नाप त्यो फुटमा सर्छ

चिसोको त साम्राज्य हो

हैरानी यो हिउँको जाडो।

**

एक दिन पर्यो साता बस्छ

मुटु छेंड्दै जाडो पस्छ

उपमा नि के दिउँ म खै

बैगुनी यो हिउँको जाडो।

**

बरफ जम्दा बाटोघाटो

यसले काढ्छ सबको सातो

आउँदैन कि बसन्त झैं

न्यास्रो पाल्ने यो हिउँको जाडो।

**

धेरै ठूलो छाडौं कुरा

के खालान् ती कीरा-भुरा

चहलपहल ठप्प पो छ

नचाहेरै स्वीकार्य यो हिउँको जाडो।

**

लर्तरो यो लुगाले धान्दैन

कमसल त्यो जुत्ताले मान्दैन

शक्तिशाली जिउँदो पो छ

निष्ठुरी यो हिउँको जाडो।

**  **

Read Full Post »

« Newer Posts - Older Posts »