Feeds:
Posts
Comments

Archive for the ‘स्वास्थ्य’ Category

स्रोत: ई नेपाली खबर

-त्रिचन्द्र प्रतीक्षा

प्राचीनकाल देखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं। यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ।Image

बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह ।

गौड्वस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ।

यवशाहलाई जौं भनेर चिनिन्छ। यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ। छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको खेतीमा जाडोको महिनामा सप्रिएको पाइन्छ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा.पुकारचन्द्र श्रेष्ठ

मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

विश्वभरी मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।

(more…)

Read Full Post »

स्रोत: नयाँ पत्रिका

-डा.सरोज ओझा

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ । त्यस हिसाबले नेपालमा पनि २६ लाखभन्दा बढी नेपाली डिप्रेसनबाट ग्रसित छन् भनेर बुझ्न गाह्रो पर्दैन । त्यति मात्रै कहाँ हो र, संगठनले डिप्रेसन नियन्त्रणका लागि चामत्कारिक उपाय नगरेमा सन् ०३० सम्ममा संसारकै ‘नम्बर एक’ स्वास्थ्य समस्या बन्ने भविष्यवाणीसमेत गरेको छ । डिप्रेसन अहिले संसारको दोस्रो ठूलो समस्याका रूपमा आएको छ ।

डिप्रेसन मात्रै यस्तो रोग हो, जो विकसित तथा अविकसित राष्ट्रमा समान दरमा फैलिएको छ । कारण फरक हुन सक्लान् तर युरोप तथा अमेरिकी जनतामा जसरी समस्या बढेको छ, त्यसैगरी नेपालीमा पनि समस्या देखिएको छ ।

(more…)

Read Full Post »

स्रोत: नागरीक (शुक्रबार)

-डा. प्रकाशराज रेग्मी

हिजोआज मुटुसम्बन्धी रोग भएका मानिस धेरै छन्। उच्च रक्तचाप, उच्च कोलेस्टरोल, युरिक एसिड, मधुमेह, हृदयाघात आदि घर-घरका समस्या भइसकेका छन्। मुटुका रोगीहरूले अस्पताल खचाखच भरिएका छन्। भर्खरै स्थापना भएको शहीद गंगालाल मुटु रोग अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन। मुटुको अप्रेसन गराउन एक वर्ष लामो लाइनमा कुर्नुपर्ने भइसकेको छ। निजी अस्पतालहरूमा पनि बिरामीको कमी छैन। दैनिक चारपाँच हजार रुपैयाँ पर्ने मेडिकेयर र नर्भिकमा सिसियूका शैयाहरू पनि हृदयाघात भएका रोगीहरूले भरिएका छन्। नयाँ-नयाँ निजी अस्पताल र नर्सिङ होमहरू खुलिरहेका छन्। लगानीकर्ताहरू स्वास्थ्य सेवामा प्रशस्त पैसा लगाउन इच्छुक छन्। स्वास्थ्य सेवाको व्यापार फस्टाइरहेको छ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा. अंशुमाली जोशी

यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुन सक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।

खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ –

(more…)

Read Full Post »

स्रोत: ई-कान्तिपुर

-डा. केदार कर्माचार्य

लगभग ६ दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न भइरहँदा मधुमेहको समस्याबाट पीडित अधिकांश रोगीहरू मध्ये कतिपय हृदयाघात, मस्तिष्कघात, डायबेटिककोमा (मूच्र्छा), डायबेटिक रेटिनोप्याटी (अन्धोपन), किड्नीफेलर (मृगौलाको कार्यक्षमतामा ह्रास) आदि जटिलताबाट समेत ग्रसित भई बहुमूल्य ज्यान नै गुमाइरहेका सन्दर्भमा सचेतनाका लागि पाठक वर्गमा अत्यावश्यक बुँदाहरू पस्कन लागिपरेको छु । २०६७ को तथ्यांक अनुसार २० लाख नेपाली मधुमेह (चिनीरोग) बाट ग्रसित रहेकामा यसको संख्या क्रमशः प्रत्येक वर्ष बढ्दै छ । यो रोग प्रायजसो ४०-५० वर्ष उमेरका मानिसमा देखा पर्छ र उमेर बढ्नुका साथै विभिन्न प्रकारको समस्या स्वास्थ्यमा क्रमशः बढ्दै जान्छ । रगतमा चिनीको मात्रा बढ्नु तथा पिसाबमा चिनीको उपस्थिति हुनु प्रधान लक्षणका रूपमा मधुमेह रोगमा मानिन्छ । प्याङ्क्रियाज (अग्न्याशय) को कोषबाट उत्पादन हुने इन्सुलिनको मात्रा शरीरमा घट्दा रगतमा ग्लुकोजको मात्रा बढी हुन थाल्छ । एकाबिहानै खाली पेटमा रगतमा ग्लुकोजको मात्रा १०० मिग्रा सामान्य मानिन्छ । यो स्तरभन्दा बढी हुनुको अवस्थालाई हाइपरग्लाइसेमिया अर्थात् डाइबेटिज मेलिटस भनिन्छ भने कम हुँदाको अवस्थालाई हाइपोग्लाइसेमिया भनिन्छ । यो रोग वंशानुगत पनि हुनुका साथै अन्य कतिपय कारणले सुविधासम्पन्न परिवारका मानिसमा तीव्र रूपले आक्रान्त पारेको पाइन्छ । विश्वका सबै समुदाय तथा लिंगका व्यक्तिहरू यसबाट पीडित भए पनि तुलनात्मक रूपले पुरुषभन्दा महिला बढी ग्रसित हुने हुन्छ । जुम्ल्याहा सन्तानसमेत समान रूपले पीडित हुने हुन्छ ।

  (more…)

Read Full Post »

स्रोत: कान्तिपुर

-डा. केदार कर्माचार्य

जन्डिस अर्थात् कमलपित्त एउटा यस्तो अवस्था हो जसबाट ग्रसित व्यक्तिको रगत परीक्षण गर्दा बिलिरुविनको मात्रा १ मि.ग्रा. प्रतिशत भन्दा बढी हुन्छ । परिणामस्वरूप रगत पित्तमय भएर अनुहार, आँखा, ओठ, नङ आदि हलेदो रंगको तथा पिसाब गाढा पहेँलो देखिन्छ । यस अवस्थामा पित्त आन्द्रामा नगएर रगतमा जाने भएकाले शरीरका विभिन्न भाग पहेँला देखिन थाल्छन् ।

यो समस्या हाम्रो मुलुकमा वर्षभरि नै रहे तापनि विशेष गरी गर्मी र वर्षायाममा नवजात शिशुदेखि वृद्धवृद्धाहरूलाई समेत पिरोलेको पाइन्छ । वास्तवमा जन्डिस आफैं कुनै रोग नभई कलेजो, पित्ताशय, पित्तवाहकनलीको साथै शरीरका अन्य कतिपय अंगमा नकारात्मक समस्या आइपर्दा उत्पन्न हुने लाक्षणिक अवस्था मात्र हो ।

(more…)

Read Full Post »

स्रोत: नागरिक दैनिक

-डा. भारत रावत, डा. अभिनव वैद्य

नेपालमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ। दुई दशकमा यो समस्या तीन गुणा बढेको हालैको एक अध्ययनले देखाएको छ। नेपालमा प्रत्येक पाँचजना प्रौढमध्ये एकजनामा उच्च रक्तचापको समस्या रहेको पटक-पटक गरिएको अध्ययनले देखाएको छ। नेपालका करिब ४० लाख प्रौढहरूमा उच्च रक्तचापको समस्या छ।

दुर्भाग्य भनूँ, उच्च रक्तचापका अधिकांश बिरामी आफ्नो अवस्थाबारे सचेत छैनन्। सचेत हुनेमध्ये पनि थोरैले मात्र उचित रूपमा रक्तचाप नियन्त्रण गरेको पाइन्छ। विकसित मुलुकमा पनि करिब ४० प्रतिशत जतिले मात्र यसको उपचार गराउँछन्। १४ वर्षदेखि नर्भिक हस्पिटलले मुलुकका विभिन्न भागमा यससम्बन्धी शिविर आयोजना गर्दै आएको छ। नेपालका सहरी क्षेत्रका मानिसहरू मध्ये १८ देखि २० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ।

(more…)

Read Full Post »

स्रोत: नेपाल साप्ताहिक

-विकल्प अधिकारी

नेपालमा हेलाँ गरिने गुन्द्रुकमा तौल अनुसार ४५ प्रतिशतसम्म आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ। तयारी खानेकुराका बट्टामा क्लोरिन, आइरन, कार्बाहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्रा बारे थाहा हुँदैन। सन् २००३ मा इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रतिसय ग्राम सुक्खा गुन्द्रुकमा ४ सय ४३ दशमलव १ मिलिग्राम आइरन, १ सय २० दशमलव ५ मिलिग्राम क्याल्सियम, १४ दशमलव ६ मिलिग्राम प्रोटिन र २ दशमलव ५ ग्राम धूलो जस्ता पदार्थ हुने देखाएको छ। उच्च मात्रामा अर्गानिक एसिड र कम पीएच हुनाले यसले अत्यधिक भोक जगाउँछ र यसलाई धेरै समय सम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ।

(more…)

Read Full Post »

स्रोत: कान्तिपुर

डा. प्रदीपकृष्ण श्रेष्ठ

विश्वभरि नै जीवनशैलीमा आएको परिवर्तन, विशेषगरी खानपान, निस्क्रिय जीवनशैली, मोटोपन र तनावग्रस्त वातावरणको कारण मधुमेहले भीषण रूप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९९७ मा प्रकाशित प्रतिवेदनअनुसार १९९५ मा विश्वमा जम्मा १२ करोड ४७ लाख मधुमेह भएका मानिसहरू थिए । समयमै  मधुमेह रोकथामका चेतनामूलक उपायहरू अवलम्बन नगर्ने हो भने २०२५ सम्ममा यो संख्या दोब्बरभन्दा बढी भई महामारीको रूप लिने अनुमान गरिएको छ । तर आज उक्त प्रतिवेदनको १४ वर्षपछिको स्थिति अनुमान गरिएको भन्दा भयावह भएको देखिन्छ । दुर्भाग्यवश, उक्त वृद्धिको भार विकसित राष्ट्रहरूमा भन्दा जीवनशैलीमा व्यापक परिवर्तन भइरहेको नेपालजस्तो विकासशील राष्ट्रहरूले बहन गर्नु पर्नेछ ।

रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह चार प्रकारका छन् । संसारमा दोस्रो प्रकारको मधुमेह महामारीको रूपमा बढिराखेको छ । तीव्र रूपमा आर्थिक तथा सामाजिक परिवर्तन भइरहेका विशाल भारत तथा चीनमा मधुमेही जनसंख्याको वृद्धिदर संसारमा सबैभन्दा उच्च रहेको छ । यी दुई ठूला राष्ट्रबीच चेपिएको र समान रहनसहन तथा तीव्र रूपान्तरित भइरहेको नेपालमा पनि मधुमेहको वृद्धि केही कम छैन । यस जटिल समस्याबारे जनचेतना अभिवृद्धि गराउन विश्व स्वास्थ्य संगठनले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस घोषणा गरेको छ ।

  (more…)

Read Full Post »

Older Posts »