आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र
फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र
**
तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ
निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र
**
Posted in गजल on 11/23/2011| 2 Comments »
आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र
फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र
**
तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ
निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र
**
Posted in गजल on 08/17/2011| Leave a Comment »
गन्तव्य त्यो शान्त सौर्य, हर दिन पर भागिरा’छ
हिक्का छाड्दै मेरो देशले, अझै गुहार मागिरा’छ
**
बढ्छु भन्ने यौटा माथि, बाटै छेक्ने धुईरेपछि
बहु-वर्षीय बिसंगति, बनमारा झैं जागिरा’छ
**
Posted in गजल on 03/16/2011| Leave a Comment »
कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन
बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन
**
अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ
सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन
**
Posted in गजल on 02/16/2011| 2 Comments »
किन हो?
कोदालाका पासाले खै, हान्न सकेनन् किन हो
मुखभरी तिरस्कारले, झान्न सकेनन् किन हो
**
नैतिकता सब् बेची खा’को, रङ्गेहातै भेटे पनि
सजायँको कठ्घरामा, तान्न सकेनन् किन हो
**
Posted in गजल on 01/26/2011| Leave a Comment »
दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा
भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा
**
गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को
संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा
**
Posted in गजल on 11/17/2010| Leave a Comment »
विशाल त्यो गरेको देखिनौ
तिम्लाई म मरेको देखिनौ
**
के को रीस पाल्यौ ए भैरवी
वाचा यहाँ झरेको देखिनौ
**
Posted in गजल on 11/10/2010| Leave a Comment »
दिन् दुगुना रात् चौगुना, विवश लाज् ढाक्दो छ मेरो देश
विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश
**
कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि
अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश
**
Posted in गजल on 08/11/2010| 2 Comments »
चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ
विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ
**
अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा
के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ
**
Posted in गजल on 03/03/2010| Leave a Comment »
कोसँग, खोल्यौ के बुझिन
बैंशमा पोल्यौ के बुझिन
**
सार्थें कि सपनी तिमीलाई
घमण्ड घोल्यौ के बुझिन
**
Posted in गजल on 12/30/2009| Leave a Comment »