Feeds:
Posts
Comments

Archive for the ‘गजल’ Category

गजल

छिस्रिक्क सबतले नैं डराउने भा’छु के भो

मिलिक्क बीचबाटै म हराउने भा’छु के भो।

**

बोल्दा पोल्ने योग पर्याछ, संवेदना घायल छ

झिंजिएर बारम्बार कराउने भा’छु के भो।

**

(more…)

Read Full Post »

गजल

जिन्दगीका सयौं पाटा, डुलाई गयो समयले

अन्तरङ्ग ज्वारभाटा, भुलाई गयो समयले।

**

साथ दिने हात कतै, हाँडीघोप्टे नाता कतै

आदर्शलाई अहंसँगै, घुलाई गयो समयले।

**

सम्बन्धका कुरा यहाँ, समर्पणका कुरा यहाँ

शर्त राखी स्वार्थी बाटा, खुलाई गयो समयले।

**

(more…)

Read Full Post »

गजल

झिनो झल्कोमै, सारा ध्यान तोडिन्छ किन हो

बिर्सुं भन्छु, मन उतै मोडिन्छ किन हो।

**

आगो खेल्दिन, बाटो अर्कै हिंड्छु भन्छु

उनैसित, झ्वास्सै नजर जोडिन्छ किन हो।

**

ढाँटी बाँच्दिन, भा’को साँचो बोल्छु भन्छु

दिनदहाडै, साथ नैं सब् छोडिन्छ किन हो।

**

(more…)

Read Full Post »

गजल

ठाम्-ठामै अचेल बोल्नेको जमाना आ’छ भगवान

जानेरै सम्बन्ध पोल्नेको जमाना आ’छ भगवान।

**

नाफाकै याँ खेलो आ’छ, आफ्ना सब् पराई भा’छ

समय र स्वार्थ घोल्नेको जमाना आ’छ भगवान।

**

छिनमै नाता जोड्ने आ’छ, दिनमै बाचा तोडे भा’छ

टोल्-टोल् मै विश्वास् ढोल्नेको जमाना आ’छ भगवान।

**

(more…)

Read Full Post »

गजल

म छँदै व्यर्थैमा रुन्छौ रे किन होPic_Bhim
अनुहार आँसुले धुन्छौ रे किन हो
**
रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ
नौरङ्गी सपना बुन्छौ रे किन हो
**
मन-मुटु भिजाएँ, मन् खा’को मै भएँ
अचेल त अरु कै सुन्छौ रे किन हो
**

(more…)

Read Full Post »

गजल

(अ.ने.सा.स. ताइपेई, ताइवानको “प्रयास” अनलाइन , वर्ष ३, अंक २, संस्करण २० मा प्रकाशित गजल)

बैगुनी माया

निस्वार्थ यो मेरो माया, मार्ने भए मार जुनीPic_Bhim

कठबारले दिलको ढोका, बार्ने भए बार जुनी

**

सक्दो गरें हात बढाएँ, तिम्रो मन् खै साँट्दिनौ त

विश्वासघाती साथ अन्तै, सार्ने भए सार जुनी

**

(more…)

Read Full Post »

गजल

मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको

जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको

**

एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई

मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको

**

(more…)

Read Full Post »

गजल

आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार

बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार

**

दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ

पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार

**

(more…)

Read Full Post »

गजल

गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन्

नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन्

**

प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ

निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्

**

(more…)

Read Full Post »

गजल

नैतिकता नि:शब्द लजाएर गए

मुठ्ठीभरका आफ्ना रजाएर गए

**

भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि

चारै दिशा आफ्नै सजाएर गए

**

(more…)

Read Full Post »

Older Posts »