न भेऊ, न छेऊ
न बुझिने छेकछन्द, न आफन्त
केवल
अनौठो
तर
अघोर अभ्यस्त
हो त्यही
परदेश नगरीमा
धपक्क
शिरमा
ढाकाटोपी लाउने भेटें
(more…)Posted in कविता on 01/01/2022| Leave a Comment »
न भेऊ, न छेऊ
न बुझिने छेकछन्द, न आफन्त
केवल
अनौठो
तर
अघोर अभ्यस्त
हो त्यही
परदेश नगरीमा
धपक्क
शिरमा
ढाकाटोपी लाउने भेटें
(more…)Posted in कविता on 08/12/2020| Leave a Comment »
नेपाल भेटेरिनरी एशोसिएसनले २०७७ साल जेठ ३१ गते (June 13, 2020) आयोजना गरेको (अनलाईन) कविता प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल मेरो रचना:
केवल
साईनो होइन यो
साक्षात्
गाढा
भावनात्मक नाता
गहकिलो
एउटा अद्वितीय नाता
सहजै
म जान्ने नहुँदै देखिको नाता
जगजाहेर
स्वत-स्फुर्त नाता
भनौं
विशुद्ध
ठेट
जन्मजात स्थापित नाता
चोखो
साख्खै
मेरो माटोसँगको नाता
अहँ,
न कोत्रिन्छ
न चोईटिन्छ
घघडान्
तर, शान्त
मेरो माटोको
कञ्चन ऐश्वर्यता पिउने मन
मौलिक सानिध्यता जिउने मन
मनैभरी
मेरो माटो
सजाइरहने मन।
**
Posted in कविता on 04/13/2019| Leave a Comment »
आधी आँगन ढाकिनेगरी
दायाँ तर्फ
बाँया तर्फ
त्यो
भित्रीबारीको डिलभरी
टौवामुनीको कान्लाभरी
गमक्क
ढकमक्क
गुलाब, ढुङ्ग्री, पुतली, घण्टी-फूल
सर्वदा, भूइँचम्पा, रंग-बदल, जर्नेली फुल
पारीजात, जाई, र कामिनी फूल
Posted in कविता on 02/28/2018| Leave a Comment »
बिगारिन कसैको
म बिगार्दिन कसैको
भदुवार खोलाको
सङ्लो, कञ्चन पानी जस्तो
म यही हुँ, यही छु
म माथि
डाहाको छिड्किनी नमार कसैले
ईर्ष्याको दुश्मनी नसाँध कसैले
खुसुक्क
मलाई रेकी नगर भो
सर्लक्क
ज्युँ का त्युँ
केवल
मैले सरक्क चाहेको
जिन्दगी, बाँच्न देऊ मलाई
ओठभरी हाँसो, हाँस्न देऊ मलाई
बेरोकतोक
अघाउञ्जेल
मेरो एकरुपी साँच्न देऊ मलाई
रङ्गीन, यो दुनियाँ आँक्न देऊ मलाई।
**
Posted in कविता on 01/01/2018| Leave a Comment »
चौबिसै घण्टा
निराशाका कुरा, पश्चातापका कुरा
बारम्बार
असन्तुष्टीका कुरा, असमञ्जसका कुरा
अबका बिसौनी
सबैमा
आत्म-सन्तुष्टी मुस्कुराउने आश
जाँगरहरु स्वत-स्फूर्त जुर्मुराउने आश!
**
Posted in कविता on 08/29/2014| Leave a Comment »
आफुसक्दो
दु:खजिलो गरेर दुई छाक चलायो
भरथेगले एकसरो लगायो
गर्जो टार्यो,
लोक त
ईर्ष्याले भुतुक्क हुन्छ
यसले पनि गरी खायो भन्छ
र, डाहाले फन्फनिन्छ दुनिया
अकारण
मनकै आगोले रन्थनिन्छ दुनिया।
**
Posted in कविता on 04/13/2014| Leave a Comment »
(“सालको पात झरेछ आलीमा, नयाँ आयौ भर्छौ कि खालिमा….!” नयाँ वर्ष वि.सं.२०७१ सालको पुनित अवसरमा…….)
सम्भावना भएकैलाई म भन्छु
नयाँ वर्ष
प्रत्येक नयाँ पलमा
यो बोली
देव-वाणी होस्
यो कामना
शाश्वत, जादुमयी पुगोस्
Posted in कविता on 01/15/2014| 2 Comments »
आकाशका तारा खसाउला जस्तो
परिवर्तनका
फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा
बस्तीकै अमर शान झैं,
गजक्क, गुराँस फुल्ने थुम्कामा
डोजरले थुतुनो बजारे पनि
चारहाते कच्ची सडक
झुपडीका बलेनीसम्मै उतारे पनि
Posted in कविता on 01/01/2014| Leave a Comment »
नयाँ वर्ष सन् २०१४ का अवसरमा…
तर, साक्षात्कारमा
तिनै सञ्चो-बिसन्चोका कुरा
कहिले दु:ख र सुखका कुरा
कहिले मिलन र विछोडका कुरा
कहिले काँढाघारीका कुरा
कहिले फूलबारीका कुरा
एकैछिन मनलाई शान्त्वना दिने कुरा।
**
Posted in कविता on 04/14/2013| 2 Comments »
नव वर्ष २०७० का अवसरमा…..
भेलको अनगिन्ती झापड खाए नि
बर्षाको बहुलठ्ठी भोगे नि
मेरो बैखोलोले
मेरो मुरली खोलोले
कहिल्यै बदलाव सोचेन
कहिल्यै बेईमानी गरेन
म त
तिनकै चिसो पानीले पोषिएको मान्छे