Feeds:
Posts
Comments

Archive for the ‘अन्य (Uncategorized)’ Category

स्रोत: ई-कान्तिपुर

साठी वर्षअघि रेडियो नेपालमा जागिरे हुँदा पहिलो गीतको पारिश्रमिक थापेका थिए उनले जम्मा ९ रुपैयाँ । गीत गाउनेलाई ‘गाइने’ भनेर Ratna Khadgiहोच्याउने र नृत्य गर्ने युवतीको मगनी नै नहुने त्यो समयदेखि गीत-संगीतमा नामका लागि जतिसुकै पैसा पनि खन्याउन तयार हुने अहिलेको समय सम्मका सही साक्षी हुन्, वरिष्ठ संगीतकार रत्नबहादुर खड्गी ।

उमेरको ७५ वर्षमा हिँडिरहेका उनको सक्रियता निकै तन्नेरी महसुस हुन्छ । ‘एक्लै बस्दा सधैँ मलाई…’, ‘सिरानीले बिझायो कि…’, ‘खोलाका दुई किनार भयो…’, ‘कर्मको रेखा नमेट्दो रैछ…’, ‘तिम्रो जोबन ढल्की जाला…’ जस्ता कयौं गीतका यी संगीतस्रष्टाले केहीअघि मात्रै एकसाथ तीन एल्बम सार्वजनिक गरेका थिए भने केही समयमै लन्च गर्ने गरी अरू तीन एल्बमको अन्तिम तयारीमा जुटिरहेका छन् ।

(more…)

Read Full Post »

-गोमा जि.सी. (थापा)

सधैं जस्तो यो बर्ष पनि बडा दशैं फेरि नेपालीको घर-आँगनमा भित्रिंदैछ। आफ्नो जन्मथलोबाट हजारौं माईल टाढा भए पनि मेरो मन हिंजोआज त्यही गाउँ ठाउँमा नैं बरोबर टहलिन पुगिराखे जस्तो मलाई महसुस भैराखेको छ। प्रत्येक पल तम्घास, छल्दिपना, राङ्दल, चौरासी, सिलादी, सिमाल्टारी, नमता, मैदान हुँदै देउराली चढ्न शुरु गरिरहे झैं लाग्छ मेरा मन-तरङगहरु। यसरी, तिनै अतितका अनगिन्ति यादहरुले एकाएक कताकता मुटुभित्र चस्काइरहे झैं लागिरहेछ अचेल। हुन त यहाँ पनि सम्भव भए सम्म वरीपरीका सबै नेपालीहरु एकै ठाउँमा जम्मा भएर चाडपर्बहरु रमझमका साथ नमनाउने गरिएका होईनन् तैपनि भौतिक सुबिधाले भरिपूर्ण ठाँउ मात्र सबै कुरा कहाँ हो रहेछ र। त्यो बाल्यकाल, गाउँ, पाखा, छहरा, पहरा, सबभन्दा प्यारो बनेर उभिंदा रहेछन् समयका विविध घुम्तिहरुमा।

(more…)

Read Full Post »