झिनो झल्कोमै, सारा ध्यान तोडिन्छ किन हो
बिर्सुं भन्छु, मन उतै मोडिन्छ किन हो।
**
आगो खेल्दिन, बाटो अर्कै हिंड्छु भन्छु
उनैसित, झ्वास्सै नजर जोडिन्छ किन हो।
**
ढाँटी बाँच्दिन, भा’को साँचो बोल्छु भन्छु
दिनदहाडै, साथ नैं सब् छोडिन्छ किन हो।
**
रीस् म साँच्दिन, सभ्य-शिष्ट रोप्छु भन्छु
निष्ठुरी, दुश्मनी झन् गोडिन्छ किन हो।
**
मैत्री उनेर, समझदारी फुल्छु भन्छु
विश्वास् त, बोहनी मै फोडिन्छ किन हो।
** **
Leave a Reply