स्रोत: कान्तिपुर
नेपाल एकीकरण अभियन्ता पृथ्वीनारायण शाहले आफ्नो देशको सीमा पूर्वतर्फ बढाइसकेपछि पश्चिमतर्फको भू-भाग पनि समाहित गर्न पहिले आफू आएकै क्षेत्र नुवाकोट पुगेका थिए । उनी त्यहाँबिरामी परे । उनले आफ्नो अन्त्यकाल आएको सम्झेर आफ्नो मनमा लागेका कुराहरू र विचार आफ्ना भारदारलाई बताए । १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायणले १८३१ माघ १ गते देहावसान हुनु अगाडि बताएका कुरा उपदेशको नामले पुकारिन्छ, र त्यसलाई दिव्योपदेश भन्ने चलन पनि छ । उनका धेरै उपदेशहरू मध्ये घूस विषयमा निम्न विवरण रहेको पाइन्छ ।
राज्यले न्यायनिसाफ राम्ररी हेर्नेगर्नुपर्छ । मुलुकमा कुनै पनि किसिमको अन्याय हुनदिनु हुँदैन । देशमान्यायनिसाफ बिगार्ने भनेको घूसले नै हो भन्ने सिलसिलामा उनले भनेका थिए- ‘घुस् दिन्या र घुष षान्य, ईन दुईको ता धन जीव गरिलियाको पनि पाप छैन, ईराजा (राज्य) का महासतुर हुन् ।‘ पृथ्वीनारायणको विचारमा घूस लिने र दिनेदुवै दोषी हुन् । यी दुवैथरी व्यक्ति राज्यको महाशत्रु हुन् । त्यसैले यीदुवैथरी व्यक्तिको जीउ-धन जफत गरी सर्वस्वहरण गरिएमा पनि कुनै पाप (अनुचित)लाग्ने छैन भन्ने बुझिन्छ । वास्तवमा घूसले नै इन्साफमा तल-माथि पार्नसक्छ र विवेक-बुद्धिलाई कुठाउँमा धकेल्छ । यसले समाजलाई नै विकृत बनाउँछ ।
दुई सय चालीस वर्ष अघिको यस्तो पृथ्वी विचार हिजोआजको आधुनिक जमानामा पनित्यत्तिकै सान्दर्भिक रहेको छ । घूसको सञ्जालले नागरिक समाजलाई मात्रैहोइन, राजनीतिक नेताहरूलाई पनि छोएको छ । केही राजनीतिक दलका नेताहरू घूसकाकारण जेल परेका थिए । व्यवस्थापिका संसदको समानुपातिक सभासदको छनोटलाईलिएर घूसको प्रकरण चलेको कुरा तिनै पार्टीका अन्य नेताहरूले प्रकाश पारेकाछन् । घूस लिने र दिने विषयक प्रसंगमा यहाँ एउटा गतिलो प्रश्न उठेको छ-पृथ्वी विचारअनुसार वर्तमानकालमा के घूस दिने व्यक्तिलाई कारबाही गरिएको छ ? के घूस ख्वाउने व्यक्ति पक्राउमा परेका छन् ? यसबारे अलिपछि वर्णन गरौंला ।त्यसभन्दा अघि घूस भनेको के हो ?
घूसको चर्चा गर्दा यसैसँग जोडिएको ‘भ्रष्टाचार‘ शब्द पनि गाँसिन आइपुग्छ ।विभिन्न नेपाली शब्दकोश पल्टाउँदा घूस भनेको अवैध रूपले काम गरिदिनाकालागि कर्मचारी (काम गरिदिने) लाई दिइने धनमाल भन्ने बुझिन्छ । भ्रष्टाचारभनेको नीति-नियम आदि विरुद्धको आचरण, दुराचार, अनैतिक काम, अनुचित फाइदाउठाएको वा उठाउन लगाएको कामकाज भन्ने जानिन्छ । यस अनुसार घूस भन्नाले अवैधसम्पत्ति मानिन्छ र भ्रष्टाचार भनेको अनैतिक कार्य हो भन्ने बुझ्नुपर्नेहुन्छ । यस परिभाषाअनुसार रकम-कलम लिएको ‘घूस‘ र दिएको चाहिँ ‘भ्रष्टाचारीकामकाज‘ भन्नुपर्ने हुन्छ । अड्डा, अदालत, संस्थान, कार्यालय, आयोग आदिमाअनियमित तरिकाले काम गरी अवैध कमाउ गर्ने कर्मचारी कामदारलाई ‘घूस्याहा‘ भन्ने गरिएको छ । तर त्यही काम गराउन अनैतिक तरिकाले गुप्त रूपमा धनमालदिने व्यक्तिलाई ‘भ्रष्टाचारी‘ भन्ने गरिएको छैन । हाम्रो देशमा घूसखानेलाई कारबाही गरिएको छ, तर ख्वाउनेलाई केही गरिएको छैन । घूस ख्वाउनेव्यक्ति को हुन् भन्ने कुरा अक्सर प्रकाशमा आउने गरेको पाइँदैन ।पृथ्वीनारायणका उपदेशअनुसार घूस दिने (दुराचरी व्यक्ति) लाई पत्ता लगाईकारबाही गर्ने गरिएको भए समाजमा भ्रष्ट आचरण भएका व्यक्तिको संख्या घट्दैजाने थियो ।
खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीजस्ता राजनीतिक पार्टीका नेताहरूलाईभ्रष्टाचार मुद्दामा जेल सजाय दिइयो । तर तिनीहरूलाई भ्रष्टाचार गराउनेअर्थात् धनमाल दिने व्यक्ति को थिए ? भन्ने कुरो जनमानसले सुन्न पाएको छैन ।दिनेले नदिई लिनेले घूस खान पाउँदैनन्, यो सत्य कुरा हो । मन्त्रीलेसरकारी रकम कुम्ल्याएको भए अनियमित तरिकाले भौचर कागज सदर गरी बैंक चेकमा ‘काउन्टर सिग्नेचर‘ गर्ने को थिए र उनलाई किन कारबाहीको दायरामा ल्याइँदैन ? घूस एकतर्फी कार्य होइन । यो दुवैको सहमतिमा हुने गर्छ । तर दोस्रो पक्षकाक-कसलाई दण्डित गरिएको छ ? सुडान डाफर काण्डका भ्रष्टाचार नियोजन गर्नेशम्भु भारतीबाहेक घूस खान प्रेरित गर्ने अर्थात् घूस दिने भ्रष्ट आचरणकासयौं अनैतिक व्यक्तिलाई कारबाही गरिएको छैन ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्तसूर्यनाथ उपाध्यायले २०५९ साउन ३१ गते राजस्व सेवाका बाइस कर्मचारीलाईसाहसिक र आत्मदृढताका साथ पक्राउ गरी दोषीलाई मुद्दा चलाए । तथापि अवैधतरिकाले कर्मचारीलाई धनमालरूपी घूस दिने व्यापारी व्यवसायी व्यक्तिको नामआजसम्म सार्वजनिक भएको छैन । पृथ्वीनारायण शाहको उपदेशअनुसार त्यस काण्डकाघूस दिने व्यक्ति पनि पक्राउ परेको भए नेपालमा भ्रष्टाचारको मात्रा निकै कमभइसकेको हुने थियो ।
भ्रष्टाचार हुनु र गर्नुमा पदाधिकारीको तजबिजी अधिकारले पनि भूमिका खेलेकोपाइन्छ । उदाहरणार्थ, स्थानीय प्रशासन ऐन, २०२८ मा कुनै मालसमान बिक्रीगर्दा अनुचित नाफा खाएको पाइएमा प्रमुख जिल्ला अधिकारीले एक हजाररुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गर्न वा दुवै सजाय गर्न सक्नेछन्भनिएको छ । अवैध धनमाल पाए प्रजिअले तीन दिनमात्र कैद गर्ने र नपाए पूरैतीन महिना कोचिदिन सक्ने प्रावधान रहेको छ । यस्तो स्वविवेकीय पद्धतिले पनिभ्रष्टाचार हुने र गर्ने वातावरण मौलाएको छ ।
भ्रष्टाचार निवारण सहकार्यका लागि ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालले २०७०मंसिर २७-२८ गते गरेको अन्तर्राष्ट्रिय कार्यशालामा घूस र भ्रष्टाचार (ब्राइव एन्ड करप्सन) बारे निकै चर्चा-परिचर्चा चल्यो । भ्रष्टाचार अक्सरबन्द ढोकाभित्र हुने गर्छ, कसैलाई थाहा हुँदैन । भ्रष्टाचार कहिले, कहाँ, अनि कुन पैमानामा हुन्छ । सानातिना भ्रष्टाचार सुनिने, देखिने, समातिनेप्रकारका हुन्छन् । नीति निर्माण तहमा भएको भ्रष्टाचार अक्सर देखिनेगरिँदैन । ‘करप्सन परसेप्सन इन्डेक्स‘अनुसार नेपालले भ्रष्टाचारको मात्रामासुधार गरी गतवर्ष १३९ औं रहेकोमा सन् २०१३ मा ११६ औं स्थानमा परेकोजानकारी गराइयो । घूस्याहालाई अपराधीसरह व्यवहार गर्नुपर्छ । घूसको कारोबारगर्ने दुवै पक्षलाई त्यतिकै मात्रामा अपराधी ठहर गर्नुपर्छ भन्ने छलफलकोप्रसंगमा पृथ्वीनारायण शाहको २ सय ४० वर्ष अघिको ‘घूस लिन्या र दिन्या दुवैदोषी हुन्‘ भन्ने उपदेशात्मक अभिव्यक्ति आजका घडीमा पनि त्यत्तिकैसान्दर्भिक रहेछ भन्ने प्रमाणित भएको छ ।
भारतमा भ्रष्टाचार निर्मूल पार्ने क्रममा नयाँदिल्लीमा आम आदमी पार्टीकानेता अरविन्द केजरीवालले रामलीला मैदानमा पुस १३ गते मुख्यमन्त्री पदको सपथग्रहण गर्नासाथ ‘आफू घूस लिने र दिनेको विरोधमा कडा रूपमा प्रस्तुत हुने‘ प्रतिबद्धता जनाए । यसरी प्रतिबद्धता जनाउँदा उनले एक छोरा र छोरीलाई आमजनतासमक्ष साक्षी राखेका थिए । केजरीवालले ‘घूस लिने र दिनेलाई कारबाहीगर्ने‘ कुरो गरेको पृथ्वीनारायणकै शब्द सापटी लिएको हो कि भन्नेजस्तोझल्किन्छ ।
घूस खाने व्यक्तिलाई हाम्रो देशमा एकाध वर्षको जेल सजाय र केही लाखरुपैयाँ जरिवाना गर्ने प्रचलन रहेको छ । तर चीनमा भ्रष्टाचार गर्ने पूर्वरेलमन्त्री लिउ झिजुनलाई २०७० असार २४ मा मृत्यु दण्डसरह आजन्म कारावासकोसजाय सुनाइयो । यद्यपि भारतमा भ्रष्टाचारलाई मनोवैज्ञानिक तवरले घटाउनभाकरा-नङ्गाल ब्यारेज निर्माणको लागत एस्टिमेट गर्ने क्रममा तत्कालीनप्रधानमन्त्री जवाहरलाल नेहरूले इन्जिनियरलाई कामको प्रोत्साहनस्वरुप दसप्रतिशत रकम थप गर्न लगाएका थिए । यिनै परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहकोदृष्टिकोणलाई हामीले सम्मान गर्नुपर्छ । उनका उपदेशलाई सार्थक बनाउँदैभ्रष्टाचारजस्ता सबै प्रकारका सामाजिक विकृतिलाई निर्मूल पार्नुपर्छ ।
२०७० साल पौष २३ गते मंगलवार।
Leave a Reply