आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र
फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र
**
तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ
निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र
**
सक्ने हुँदा शत्-सहारा, बल् हुँदा म बल्दो भएँ
जिर्ण भा’को मेरो दलिन्, आज कस्ले फेर्दिन्छ र
**
हाँक्ने हुँदा हाम्रो भएँ, दिलको साह्रै राम्रो भएँ
नाङ्गो आङ्मा यौटा झुत्रो, आज कस्ले बेर्दिन्छ र?
** **
I read some of your creations and truly touched by them; you are a gifted creator of literature! Keep it up.
Manoj Karkee
मनोज दाइ,
उत्साहजनक टिप्पणीका लागि आभार व्यक्त नगरिरहन सकिन। 🙂
मेरा रचनाहरु पढिदिनुभएकोमा हार्दिक धन्यवाद!
भिम।