स्रोत: गोरखापत्र
-डा.रमेश मिश्र
कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती । आजकेा दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र सम्पूर्ण देशवासीको दिर्घायु सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ, किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशमा यस दिनलाई धनतेरसका रूपमा मनाइन्छ जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घर घरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिका बारेमा विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद रूपले यसको प्रवर्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यमा दृष्टि दिँदा तथा धन्वन्तरि विषयका प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्व प्रथम उल्लेख वैदिक कालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताका रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पीयूषपाणि धन्वन्तरि पनि भनिन्छ । यसका अतिरिक्त प्राचीन ग्रन्थबाट प्राप्त विवरणका अनुसार प्राचीनकालमा काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घतपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छ ।
विभिन्न पुराण जस्तै भागवत पुराण, हरिवंश एवं ब्रहृमाण्ड पुराणमा वर्णन गरिएका कथा र प्राचीन ग्रन्थमा चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः ६ जनाको नाम उल्लेख छ । धन्वन्तरि, काशीराज, अश्विनीकुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञहरूमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूका अनुसार काशीराज धन्वले पुत्र प्राप्तिका लागि दीर्घकालीन तप गरे र दीर्घतपा उहाँलाई भनियो । आˆनो दीर्घकालीन तपस्याको परिणामका रूपमा दीर्घतपाले समस्त रोगको नाश गर्ने देव धन्वन्तरिलाई पुत्र रूपमा प्राप्त गरे । दीर्घतपाका पुत्र धन्वन्तरि आयुर्वेद प्रवर्तक, यज्ञभागको अधिकारी एवं विष्णुका अवतार थिए । उहाँलाई अणिमा महिमासहित आठवटै सिद्धि प्राप्त थियो तथा उहाँको स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीमरथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनका पुत्र देवषिर् प्रतर्दनको नामको उल्लेख मर्यादा पुरुषोत्तम श्रीरामको राज्याभिषेकका बेला उपस्थित राजाहरूमा काशीराज प्रतर्दनको रूपमा पनि पाइन्छ । प्रतर्द्धनका पिता दिवोदासलाई आदि धन्वतरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वाभित्र पुत्र सुश्रुतसहित आठ शिष्यलाई उपदेश गर्दै भनेका थिए म नै आदिदेव धन्वन्तरि हुँ र समुद्र मन्थनका बेला आविर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर सङ्ग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रसार गर्न नसक्नुले नै मलाई फेरि अवतरित हुुनुपर्यो । महषिर् सुश्रुतले आˆनो ग्रन्थ सुश्रुतसंहितामा यस तथ्यलाई अभिव्यञ्जित गर्दै लेखेका छन् ।
अयं हि धन्वन्तरिसादिदेवों
जन्मजरा मृत्युहरो मराणाम् ।
शल्यांगमंगे पुरूपेतः प्राप्तो
हिमगां भूय इहोपदिष्टुम् ।।
अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गर्ने देवहरूलाई अमरत्व प्रदान गर्ने म नै आदिदेव धन्वन्तरि हुँ । म अन्य अरू -सात) बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनका लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ पुराणहरू तथा संहिताबाट प्राप्त विवरणअनजुसार यो सिद्ध हुन्छ कि समुद्र मन्थनका बेला भगवान् धन्वन्तरिको आविर्भाव भगवान् विष्णुको अंशका रूपमा भएको थियो तथा उहाँ आˆनो हातमा श्वेतकलश धारण गरेर अवतरित हुनुभएको थियो । आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकका रूपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी इ.पूर्वमा मिलिन्दप्रति नागसेनको उक्तिमा चिकित्सकका नाममा पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएको आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाव, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएको नागसेन आफूभन्दा पूर्व नै आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौमिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानका जनक र आयुर्वेदको प्रवर्तकका रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।
आयुर्वेद सम्पूर्ण चिकित्सा विज्ञान हो । आयुर्वेदमा व्यक्तिलाई रोग लाग्नबाट बचाउन र रोग लागिसकेपछि उपचारको विशेष व्यवस्था छ । आयुर्वेद घाँसभुसको उपचार विधि मात्र हैन बरु आयुर्वेदमा चिकित्साका विभिन्न विधाहरूको छुट्टाछुट्टै व्यवस्था छ । हाल विश्वमा आयुर्वेदको प्रचारप्रसार र प्रयोग व्यापकरूपमा भइराखेको छ । हाम्रो देश नेपाल भने जडीबुटीको धनी देशका ७५ जिल्ला र केन्द्रमा आयुर्वेदको चिकित्सालय, औषधालय र स्वास्थ्य केन्द्र भए तापनि हामी आयुर्वेदको विकास गर्न सक्षम भइराखेका छैनौं । आयुर्वेदको विकास र जडीबुटीको उपयोग कागज र भाषणमा मात्र सीमित भइरहेको छ र आयुर्वेद चिकित्सा क्षेत्रमा निराशा छाएको छ । देशबाट जडीबुटी अवैधरूपमा सस्तोमा विदेशिन्छ र ती जडीबुटीबाट नै बनेका औषधि हामी महँगो मूल्यमा विदेशबाट आयात गरी सेवन गर्न बाध्य छौं । आयुर्वेदिक औषधीको माग र उपयोग बढ्दै गइरहेको छ । जनतामा आयुर्वेदप्रति चासो छ तर हामी आयुर्वेद स्वास्थ्यकर्मीले आयुर्वेदका संस्था वा आफूलाई नै देशको जनताको चाहना बमोजिम बनाउन सकेका छैनौं । अहिले विश्वमा आयुर्वेदको विकास जुन रूपमा भइरहेको छ तर हामी पछाडि पर्यौं भने आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । अतः हामी सबै मिली आयुर्वेद विकासमा लाग्नुपर्छ । जसले देशका गरिब, निमुखा, दलितदेखि सर्वसाधारण आयुर्वेदको सर्वसुलभ रूपमा सेवा पाउन् र स्वदेशी जडीबुटीको बढीभन्दा बढी उपयोग गर्न सकून् ।
[लेखक नेपाल आयुर्वेद मेडिकल काउन्सिलका रजिस्ट्रार हुनुहुन्छ।]
Leave a Reply