स्रोत: ई-कान्तिपुर
सोहृ वर्षै उमेरमा म पनि झिल्के हुँदो हो
अहिले पो वुढो भएर
यो कालजयी गीत गाउने स्रष्टा अव सम्झनामा मात्रै रहेका छन् । लोकभाका हस्ती तथा संकलक कल्याण शेरचनको आइतबार राति उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा मुत्यु भएको छ ।
एक महिना देखि अस्पालतमा जन्डिस बिग्रिएर उपचार गराइरहेका उनले ६४ वर्षको उमेर संसारबाट विदा लिएका छन् । उनको पार्थिव शरीरलाई साहित्यकार कलाकारहरुले पुष्पगुच्छा अर्पण गरी पोखराको रामघाटमा दाहासंस्कार गर्ने तयारी भइरहेको छ । ०३६ साल तिर रेकर्ड भएको उनको सोहृ वर्षे उमेरैमा गीत सबैको मुखमा झुन्डिने गर्छ ।
यति मात्र कहाँ हो र, आहा कलिलो तामालाई सोध रामालाई, सुखि ज्यानलाई गुदरी काम्लो आदी ठेट नेपाली लोकगीतका स्रष्टा पनि उनै हुन । पोखराका रैथाने गायक शेरचनले बाचुन्जेल तन्नेरीको जोश लिएर लोकगीतको उत्थान मा दिलो ज्यान दिएर लागे यति कर्णप्रिय गीत गाएर पनि उनको चर्चा भने फिटिक्कै भएन । सधै उनि छाया मै रहिरहे । उनि नामको भन्दा पनि कामको पछाडी दौडीए । यसैले त उनको नाम कतै भएन । उनका ३२ वटा लोकगीतहरु रेकर्ड छन् । वालापन देखि गायन भने पछि हुरुक्कै हुने उनी लोकगीत प्रतियोगिताहरुमा त सधै पहिला पहिला नै हुन्थे । झनै आफनै काइला दाई पनि उ जमानाका राम्रा गायक मानिन्थे । पारिवारीक पृष्ठभुमि एवं संगीतकार गोपाल योञ्जन संग हिमचिम वढे पछि त यस क्षेत्रमा लाग्नमा उनलाई गलको काम नै गर्यो । उतिवेला कवि भुपि शेरचन, गायकहरु पुर्ण नेपाली, क्षेत्र गुरुङ सहितको उनका एउटा समुह थियो ।
उनले पहिलो पटक २०२० सालतिर किन रोयौ दमिनी भाउजु दमैदाइले कुटेर टयाम्को फुटेर वोलको गीत गाएका थिए । जुन गीत गाउदा उनले पहिलो पटक रेडियो नेपालवाट पुरस्कार पनि पाए । तर रेकर्ड भने पहिलो पटक २०३२ सालमा घर मेरो खुदिमा वुढो भयो ठुली के जानु रोदीमा वोलको गीत भएको थियो । गीतको भाका टिप्ने क्रममा उनि देशका अधिकाशं भागमा पुगे पनि । राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा पहिलो पटक सैनिक मञ्चमा मासपिटी गरेका थिए । त्यर्सैले पनि उनलाई धेरैले मासपिटीको विशेषज्ञको उपमा समेत दिने गरेका छन् ।
२०६७ साल माघ २४ गते सोमवार।
Leave a Reply