स्रोत: नागरिक दैनिक
गुगलले क्रिसमसको लागि राखेको नयाँ लोगो गुगल डुडलका १७ वटा इन्टर्याक्टिभ चित्रमा नेपालको पनि एउटा चित्र छ। दैनिक करोडौँले इन्टरनेटमा सामाग्री खोज्न प्रयोग गर्ने विश्वको सबैभन्दा चल्तीको सर्च इन्जिन गुगलको होमपेजमा बौद्ध गुम्बाअघि हाँस्दै गाइरहेका तीन महिला देख्न सकिन्छ।
सो चित्रमा क्लिक गरेपछि गुगलले नेपाल खोज्न थाल्छ।
माइकल लोपेजले अन्य चार चित्रकारहरुसँग मिलेर २५० घण्टा लगाएर गुगल डुडलका यी १७ वटा चित्र तयार पारेका हुन्।
चित्रहरुमा जापानको माउन्ट फुजी, चीनको ग्रेटवाल, भारतीय नृत्य शैलि, सहारा मरुभूमि, र सिड्नीको हार्बर ब्रिज समेत रहेका छन्।
२०६७ साल पौष ९ गते शुक्रवार।
Leave a Reply