आउला भन्दाभन्दै
यसपाली त
अघाउञ्जेल
मनाउँला भन्दाभन्दै
परदेशमा
पुरानै पस्केर
उही
परार झैं
सन्नाटा चिरेर एकदिन
सुटुक्क
आएर गयो दशैं।
**
आउँछ भन्दाभन्दै
यसपाली त
मनभरी
सजाउँला भन्दाभन्दै
नयाँ रीतिमा
लिङ्गे बिना
रोटे बिना
सुनसान चिरेर एकैछिन
लुसुक्क
आएर गयो दशैं।
**
घरकै पिंढीमा
यसपाली त
धित् मर्ने गरी
भित्र्याउँला भन्दाभन्दै
अहिले पनि
धोको बाँकी राखेर
आशा थाँती राखेर
केवल
औपचारिकतामा
एकैछिन
आएर गयो दशैं।
**
प्रतिक्षा तोडेर
यसपाली त
नसोचेकै
जुटाउँला भन्दाभन्दै
उस्तै
मलिनो रङको
धुमिल क्यान्भासमा
नाउँ मात्रैको
आएर गयो दशैं।
**
सुदूरको संझनामा
मालश्री घन्काएर
यसपाली त
रिक्तता
तोडौंला भन्दाभन्दै
उही
दूरीले दुयँलेको
बाध्यताले कुयँलेको
त्यही बैगुनी
आएर गयो दशैं।
**
रीतुको रमिता बिना
आउनुको उमंग बिना
बरु,
टाढिंदाको
पीडा उकल्च्याएर
नजानिँदो
न्याश्रोको नशा ब्यूँताएर
उस्तैगरी
निष्ठुरी
आएर गयो दशैं
**
के लगाउनुथ्यो र,
कसलाई लगाइदिनुथ्यो र?
व्यार्थैको,
बिल्कुल एक्लै
लहडमा
हलक्क, पहेंलै
जमरा ओइल्याएर
थालीभरी
अक्षता ओस्याएर
फेरि
एउटा अचम्मको
आएर गयो दशैं।
** **
मलाइ पनि त्यस्तै भयो भिम जी,
दशै कतिबेला आयो
र कतिबेला गयो पत्तै भएन,
छ्याङ हुँदा,
पेपरहरुको चाङले थिचेको रहेछ,
डेड्लाइन आइसकेछ,
हतार भो,
बिरानो मुलुकको दशैं यस्तै होला
भनेर चित्त बुझाएको छु ।
अनी एउटा गीतका हरफहरु सम्झन्छु,
“यसपाली त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा” ।
आफ्नो मनको अन्तर कुन्तरमा रहेका भावना हरुलाई ब्लगको माध्यम बाट ओकल्ने तपाईंको प्रयासलाई साधुबाद ।
ब्लगका माध्यमबाट भेट्न पाउँदा खुशी लाग्यो, गर्तौला जी।
प्रतिक्रियाका लागि धेरै आभारी छु। 🙂 🙂
Sabai lai yastai cha ni sawdesh ma nai bhayapani
afno desh sada sarbada rayako chha yahani
k cha hajur mari lanu chinta matra gari sadhi
yaki chin dashain mani birshu sabi chinta bhani
baseee herna hajurra ko blog spot dot com
padhi sakda ballll lagyaoo dashain ko ram jhamm
कवितात्मक टिप्पणीलाई नेपालीमा लेखिदिनुभएको भए सुनमा सगन्ध हुने थियो, कृषण जी। प्रतिक्रियाका लागि धन्यवाद 🙂
mannai chhuney kabitako lagi dhanyabad. jyadai ramro lagyo!