स्रोत: अनलाईन खबर
सरकारले विहीबारदेखि मुलुकभर हस्तलिखित पासपोर्ट वितरणमा रोक लगाएको छ । मेसिन रिडेवल पासपोर्ट (एमआरपी) नआउन्जेलसम्मका लागि हस्तलिखित पासर्पोट वितरणमा रोक लगाईएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मेसिन रिडेवल पासपोर्ट छपाईमा ढिलाई हुने भएपछि साढे २ महिनाका लागि पासपोर्ट वितरणमा रोक लगाईएको मन्त्रालयले जनाएको छ । भारतमा छपाई हुने मेसिन रिडेवल पासपोर्ट नेपालमा आउन कम्तीमा २ महिन लाग्ने छ ।
अन्तराष्ट्रिय नागरीक उड्डयन संगठन -आईकाओ)ले आजदेखि विश्वभर मेसिन रिडेवल पासपोर्ट प्रचलनमा ल्याएको छ । तर, नेपाल सरकारको ढिलासुस्ती र अदुरदर्शिका कारण नेपालीले एमआरपी पाउन नसकेको गुनासो गरेका छन् ।
परराष्ट्र मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित एकलौटि रुपमा पासपोर्ट छपाई गर्न भारतमा दिने निर्णय यसअघि नै गरिसकेको छ । लेखाले प्रतिस्पर्धा गराएर थोरै लगानीमा पासपोर्ट छपाई गर्न दिएको निर्देशनल उलङ्घन गरि परराष्ट्र मन्त्रालयले भारतमा छपाई गर्न लागेको हो ।
२०६६ चैत १९ गते।
Leave a Reply