स्रोत: नेपाली पोष्ट
-यमुना अर्याल
बाबूः “टक टू ओन्ली इङ्लिस, आर यू रेडी ? ”
छोराः ” ओ के आइ एम रेडी ड्याडी ” ।
बाबूः छोरा, ” ओ के स्टार्ट ” ।
नेपाली विषयका लेक्चर पिता र अग्रेजी लवजमा बोल्न सिक्दै गरेको छोराबिच दिनहुँ हुने संवाद हो यो । राजधानीको मध्य बानेश्वरमा बसोबास गर्ने रिजाल दम्पति र उनको एक्लो छोरा अंग्रेजीममै सबै काम कुरा गर्छन । घरमा पर-पाहूना आएको बेला बाहेक अरु बेला अग्रेजीमै कुराकानी गर्नुपर्छ । यसो आक्कल-झुक्कल बोल्दाबोल्दै नेपाली भाषा मिसियो भने अग्रेजी भाषाको शिकारु छोरालाई ड्याडीले बाथरुममा थुनिदिऊ भन्नुहुन्छ यही डरले पनि ऊ बडो होसियारी भइकन अंग्रेजीमा कुराकानी गर्छ । ठूलो भएपछि ऊ पाइलट बन्नुपर्छ , -ऊ जे सुकै बन्थ्यो होला तर परिवारले पाइलटको सपना देखाएको छ उसलाई ) त्यसका लागि अंग्रेजी त जान्नै पर्छ ऊ अग्रेजीमै भन्छ । उसका ड्याडी मम्मीले यही कुरा उसको बालमष्तिष्कमा भर्दिसकेका छन । “मेरो त मम्मी पनि अग्रेजीमै बोल्नुहुन्छ उसले साथीभाइको मासमा अग्रेजी भाषामै भन्छ । साथीभाई पनि अग्रजीमै बोल्छन उसका अधिकाश साथीको घरमा पनि नेपाली भाषालाई ‘अलाऊ’ छैन “उसकै शब्दमा भन्नुपर्दा ।
रिजाल दमपत्तिको छोरा उनीहरुको घर नजिकैको निजी बोर्डिङ स्कुलमा एक कक्षामा पढ्छ, उसका दश-पन्ध्रवटा पुस्तक छन् सानाठूला गरी, एउटा पुस्तक बाहेक सबै अग्रजीमै लेखिएका छन् । एउटा पुस्तक पूरै नेपाली भाषामा लेखिएको छ जति पढे पनि आउँदैन उसलाई त्यो विषय हो अनिवार्य नेपाली । बाबू अनिवार्य र मेजर नेपाली विषयमा चारवटा क्याम्पस पढाउँछन आमा पनि हाइस्कुलमा नेपाली विषय नै पढाउँछिन तर छोरालाई नेपाली फिटिक्कै आउँदैन । आमा बाबू स्वयम नेपाली विषयमा पोख्त भए पनि छोरालाई नेपाली भाषा बोल्न प्रतिबन्ध जस्तै छ । अग्रेजी भाषामा खरर बोल्न सक्ने भएको छ , आमा बाबूसँग फटाफट अग्रेजीमा कुरा गर्दा आमा बाबू खुसीले गद्गद् देखिन्छन् हाम्रो छोरो कुनै खैरेको छोरो भन्दा कम छैन भन्ने दम्भ छ उनीहरुमा । घरमा नेपाली बोल्यो भने मम्मी ड्याडीले बाथरुममा थुन्नुहुन्छ स्कुलमा नेपाली बोल्यो भने टिचरले एक पिरिएड भरी उभ्याउनुहुन्छ , कहीँ नेपाली बोल्न नपाएपछि कसरी नेपाली जान्ने त मैले ? फस्ट टर्म इक्जाममा नेपाली विषयमा अनुतिर्ण भएपछि अवोध बालकको मनमा मडारिएका प्रश्न हुन यी । लाखौं विद्यार्थीलाई नेपाली विषयमा लेक्चर दिदै आफू बाँच्ने पेशा बनाएका पेशाकर्मी नै आफ्नो भाषाप्रति यतिधेरै निच सोचाइ राख्छन भने कुनै दिन नेपाली भाषा नयाँ पुस्ताबाट लोप नहोला भन्न सकिन्न । अहिलेको जमाना अंग्रेजीको हो, जावो नेपाली विषय पढेर केही काम छैन उनीहरु हाकाहाकी भन्छन र हौसाउँछन आफ्नो छोरालाई अग्रेजीमा वादचित गर्न । अग्रेजी जानेपछि जहाँ पनि बिक्न सकिन्छ भन्ने भनाई नेपालीमा जिरो भएको सन्तानका आमा बाबूको मूखबाट हरक्षण सुन्न सकिन्छ ।
यो त एउटा उदाहरण हो । नेपाली विषयमा जिरो तर अरु अंग्रेजी लिपिमा लेखिएका विषयमा डिस्टिङ्सन ल्याउने छोराछोरीको सफलतामा पार्टी खुवाउने आमा बाबू धेरै छन् । जावो नेपालीमा राम्रो नम्बर नआएर र के भो त अरु विषयमा आएकै छ भन्ने खालका शब्दहरु सुनिन्छन । अन्तर्राष्ट्रिय भाषाको ज्ञान हुनु राम्रो हो, अहिलेको विश्वव्यापीकरणको जमानामा हरेक कुरामा दक्ष हुनु जरुरी छ । तर अंग्रेजी भाषा सिकाउने नाममा अवोध बाल मष्तिष्कमा बोझ थमाउनु पक्कै राम्रो होइन ।
अरुका छोराछोरीसँग आफ्ना छोराछोरीको अंग्रेजी भाषाको स्पिड जाँच्ने चलन पनि शहरीया भेगमा निकै फस्टाएको छ । फलानाको बच्चालाई त्यती राम्रो अग्रेजी आउँदो रहेनछ मेरो बच्चा त मै हुँ भन्नेका अगाडी मज्जासँग अग्रेजी बोल्न सक्छ यसखाले सवालजवाफ सुन्नमा आउँछ । ग्रामीण भेगका बालबालिका अग्रेजीमा कमजोर भए पनि नेपाली विषयमा अब्बल मानिन्छन् । सामान्य कुरा शहरीया बालबालिकालाई नेपाली भाषामा सिकाउनु पर्यो भने अग्रेजीमा उल्था गरिदिनुपर्छ त्यही कुरा ग्रामीण भेगका बालबालिकाको दैनिक आनीबानीमा प्रयोग भइरहेको हुन्छ । भाषामा दख्खल बनाउने नाममा आफ्नो राष्ट्रभाषाप्रति नै घृणाको भाव दर्शाउने कुरा पक्कै जायज होइन होला यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् । हामी हाम्रो नयाँ पुस्तालाई समृद्ध, दक्ष, योग्य बनाऔ, तर आफ्नो भाषा प्रति नै वितृष्णा जगाउने हेतुले होइन ।
२३ फेब्रुअरी २०१०
Leave a Reply