स्रोत: नागरिक
“न्यूजविक इण्टरनेशनल” का सम्पादक फरिद जकरियाद्वारा लिखित पुस्तक ‘द पोस्ट अमेरिकन वर्ल्ड’ मा बुद्ध भारतमा जन्मिएको भन्ने व्यहोरा उल्लेख गरिएको प्रति औपचारिक रूपमा आपत्ति जनाउन गृहमन्त्री मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसद्को राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गृहमन्त्री भीमबहादुर रावललाई पुस्तकको पृष्ठ १५४ पढेर सुनाउँदै यसबारे ध्यानाकर्षण गरेका हुन्। ‘बुद्ध भारतीय थिए, बुद्ध दर्शन पनि भारतमै पत्ता लागेको थियो तर बौद्धमार्गीहरू भारतमा छैनन्’, अंग्रेजीमा लेखिएको उक्त पुस्तकको यो व्यहोरा प्रति सरकारले संस्कृति मन्त्रालय मार्फत औपचारिक रूपमा आपत्ति जनाउनु पर्ने शर्माले माग गरे।
पुस्तकको सो पृष्ठ पढ्दै गृहमन्त्री रावलले यसलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै संस्कृति मन्त्रालयलाई जानकारी दिने बताएका थिए।
Leave a Reply