संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो
रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो
**
अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र
प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो
**
अवतारी यो जिउने जुनी, सुस्केराले छेक्ला के र
पर्खाईको पथ चुनी, आशको ओढार ढुकेर गो।
** **
Leave a Reply