स्रोत: नागरिक
हेटौँडा। कुनै समय मकै र भटमासको खेती हुने बारीमा अहिले व्यावसायिक रूपमा लगाइएका तुलसीका बोटहरू देख्न सकिन्छ। मकै भटमासको उब्जनी राम्रो नभएपछि यहाँका किसानले तुलसी खेतीलाई व्यावसायिक रूपमा खेती गर्न थालेका हुन्।
मकै भटमासका लागि आकासे पानीमा निर्भर रहेका मकवानपुरको सदरमुकाम हेटौँडा नगरपालिका वडा नं ११ गोल्पिङटारका बासिन्दा तुलसी खेतीतर्फ आकर्षित भएका हुन्।
गाउँका ६० परिवारले करिब ६ कट्ठा जमिनमा तुलसी खेती सुरु गरेका छन्। तुलसी साबुन, चियापत्ती, मञ्जन र स्याम्पुलगायत आयुर्वेदिक औषधिको समेत कच्चा पदार्थ हो।
एकपटक लगाएको बालीबाट तीन पटकसम्म उब्जनी लिन सकिने उक्त बाली तीन महिनामा तयार हुने हुनाले आम्दानीसमेत राम्रो हुने यहाँका किसानहरू बताउँछन्।
लगाएको तीन महिनामा बोटको टुप्पो भाँचेर सुकाई बिक्री गरिने कृषक प्रदीप पौडेल बताउँछन्। तुलसीको बोट मात्र नभई पात बीउ, जरा डाँठ सबै बिक्री हुन्छ।
अन्य बालीलाई जस्तो श्रम र धन खर्च गर्न नपर्ने तुलसी खेतीमा प्रतिकट्ठा २० हजारसम्म आम्दानी गर्न सकिने अर्का कृषक निर्मला ढकालले बताए। तुलसीको पात मात्र प्रतिकिलो ५० रूपैयाँमा बिक्री हुने गरेको छ।
इएसआई कम्पनीले तालिम दिएपश्चात् खेती सुरु गरेको र उत्पादित तुलसी उक्त कम्पनीले नै खरिद गरिदिने सहमति भएको बताइएको छ। रासस
म पनि यो खेति गन चाहन्छु यसको बारेमा कहाबाट जानकारी लिनमसकिन्छ