स्रोत: नागरिक
-खगेन्द्र संग्रौला
दुई थरी अवाञ्छित घटनाले यसपालाको दसैँ दशाग्रस्त भयो। नेपाल धर्मनिरपेक्ष भयो भनी अन्तरिम संविधानमा हामीलाई सुनाइएको थियो, दसैँमा राष्ट्रपति यादव र प्रधानमन्त्री माधवले त्यो उद्घोषको हाकाहाकी खिल्ली उडाए। ती हिन्दू राजा र तिनका टीके प्रधानमन्त्रीझै ‘दसै’कालीन हिन्दू अनुष्ठानहरुमा हिन्दू धर्मका झन्डा बोकेर यत्रतत्र हाजिर भए। सलामी खान, टीका थाप्न, शक्तिका लागि भगवतीको भक्ति गर्न र दुनिया’लाई का’चका पर्दामा आफ्ना धर्मभीरु अनुहार देखाउन। उता धरानमा टहरो भत्कि’दा थुप्रै यशुभक्तको एकबारको जुनी शेष भयो र अरु थुप्रै घाइते भए। त्यो थोक मृत्यु, त्यो जघन्य त्रासदी र त्यसबाट उत्पन्न भयावह वियोग एवं शोकका लापर्वाह रचनाकार यशुभक्त भनिने टाठाबाठाहरु नै थिए। ती इसाई सम्मेलनका आयोजक थिए। तिनले भत्तजनहरुले ध्यान गर्ने र सुत्ने टहरो बा’सको बनाए। त्यो पनि तलामाथि तला उठाएर। त्यो धराप टहरोमा तिनले गुन्द्रुक खा’देझै’ सयौ’ भक्त-भक्तिनीहरुलाई कोचेर राखे। मध्यरातमा जब पानी पर्यो, त्यो फुकीढल छाप्रो गर्ल्याम्मै ढल्यो र पलभरमै सब चौपट भयो।
धर्मनिरपेक्षता के हो? थाहा हुनुपर्ने राष्ट्रपति यादव र प्रधानमन्त्री माधवलाई सायद केही थाहा छैन। मानौ’ ती समयको घर्षणकारी स्पन्दनप्रति बेखबर छन्। मानौँजनआन्दोलनमा मुखरित बहुआयामिक जनआकांक्षाहरु तिनले एक पित्को पनि आत्मसात् गरेका छैनन्। मानौ’ तिनले अन्तरिम संविधान पढेकै छैनन्। मानौँतिनलाई केवल हिन्दू राजा र तिनका टीके प्रधानमन्त्रीको आचरणको मात्र सम्झना छ र नै राजापछिको राजा र निजको टीके प्रधानमन्त्रीको अभिनय गर्दै ती राज्यमा हिन्दू धर्मको वर्चस्वको निरन्तरताको पक्षमा कन्दनी कसेर लागिपरेका छन्। धर्मनिरपेक्षतो वास्तवमा धर्मसँग राज्यको पूरापूर सम्बन्ध विच्छेद हो। धर्म व्यक्ति वा समुदायविशेषको नितान्त निजी आस्थाको कुरा हो। जनजनको निजी धार्मिक आस्थामा धर्मनिरपेक्ष राज्य धर्मफराक बस्छ। धर्मनिरपेक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको दायित्व र कर्तव्य त धर्म-धर्मबीच वैमनस्य र कलह हुन नदिनु पो हो। तर राष्ट्रपति यादव र प्रधानमन्त्री माधव दौरा-सुराल लाएर फर्याकफुरुक गर्दै आफै’ हिन्दू धर्मको झन्डा बोकेर धार्मिक वैमनस्य र कलहको खेतीपाती गर्न तल्लीन छन्।
हुनलाई दसैँ पर्व र इसाई भेलाको समय एउटै हुनु विशुद्ध संयोग होला। तर, धरानमा आयोजित इसाई जम्बोरीले अर्कै कुराको सङ्केत गर्छ। के त्यो जम्बोरी गणराज्य नेपालका हर्ताकर्ताहरुले हिन्दू धर्मलाई काखी च्योपेको पश्चगामी पाइलोप्रतिको असन्तुष्टि, विरोध र प्रतिकारको अभिव्यक्ति हो? हो भने त्यो अभिव्यक्तिका लागि अनुकूल समय त्यो थिएन। हिन्दू धर्मावलम्बी नेपालीहरु र थुप्रै हिन्दूइतर नेपालीहरु वर्ष दिनमा एकचोटि आउने दसै’को उत्सवी मूडमा थिए। आफूले नमाने पनि दसै’ मान्नेहरुको आस्था र निष्ठाप्रति सद्भाव र सहिष्णुता प्रदर्शन गर्नु नेपाली इसाई बन्धुहरुको हृदयको विशालता हुन्थ्यो। आखिर बहुजातीय र बहुधार्मिक नेपालमा समभाव, सहिष्णुता र सहअस्तित्वको सच्चा आधार पनि त यही हो। तर, ठीक मध्य दसै’को छेक पारेर धरानमा इसाई भेला डाकियो। किन? हिन्दूमार्गी राष्ट्रपति यादव र निजका पदचिह्नका आज्ञाकारी अनुयायी प्रधानमन्त्री माधवलाई देखाइदिन? तिमीहरु त्यसो गर्छौ भने इ’टाको जवाफ पत्थरले दिन हामी यसो गर्छौ भनेर ध्वाँस दिन? सत्य यो हो भने यो कुरुप क्रिया र त्यो कुरुप प्रतिक्रिया दुवै घोर अनिष्टका सूचक हुन्।
परम्परागत अर्थमा धर्म सामन्ती राजाको एकतन्त्रीय हैकम टिकाउने र विभेद तथा शोषणको मनोवैज्ञानिक संरचना निर्माण गरी मनपरी गर्ने अस्त्र हो। जनआन्दोलनमा हिन्दू धर्मको एकाधिकारी अत्याचारबाट पीडित नेपालीले त्यो अस्त्रविरुद्ध गगनभेदी गर्जन प्रकट गरे। तब त नेपाल धर्मनिरपेक्ष घोषित भएको हो। तर लाग्छ, गद्दीमा विराजमान भएपछि यो तथ्य राष्ट्रपति यादव र प्रधानमन्त्री माधव दुवैले भुसुक्कै बिर्से। यो दसैँमा राष्ट्रपति र प्रधानमन्त्रीका पाइला पछ्याउ’दै मूल प्रवाहका विद्युतीय सञ्चार माध्यमहरुले विल्कुलै अनालोचनात्मक दृष्टिले हिन्दू धर्मको एकोहोरो महिमा मण्डन गरेको देख्दा मलाई लाग्यो, यो देशमा जनयुद्ध, जनआन्दोलनहरु भएकै होइनन्। परिवर्तन जे भयो भनियो त्यो सब मिथ्या हो। राजतन्त्र गयो भनिएको कुरा पनि मिथ्या हो। केवल सत्तामा अनुहार फेरिए, बोली फेरिए, आवरण फेरिए। सत्ताको शिखरमा पहिले श्रीपेच लाउने बस्थ्यो, अहिले टोपी लाउनेहरु बसेका छन्। बा’की सब पुरानै हुन्।
उसो त एकल धर्मको मनपरीको विरोधको यो पारा पनि पुरानै छ। धरानमा मेसो मिलाइएको इसाई जम्बोरी यिनै पुरानाहरुको व्यवहार र आचरणप्रतिको पुरानै शैलीको प्रतिक्रिया हो। प्रमेथियस, यशु खि्रष्ट र सुकरात म्याक्सिम गोर्कीका प्रियतम् सहिद हुन्। रोमन साम्राज्यको अत्याचारविरुद्ध उभिएर सहादत प्राप्त गर्ने यशु ख्रीष्ट करुणा र परोपकारी भावनाका खानी थिए। तर, धरानको इसाई जम्बोरीका आयोजकहरुमा करुणा र परोपकार होइन, त्रूरता र परअपकारको भावनामात्र देखियो। बाँसको लुरे टहरोमाथि मानिसहरुलाई कोच्दा बोझको चापले त्यो ढल्छ भन्ने सामान्य ज्ञान पनि तिनलाई भएन। यशुका शिक्षाहरुबाट तिनले मानौ’ केही पनि सिकेका छैनन्। लाग्छ, ती यशुपथका अनुयायी होइन, यशुको नाउ’ भजाएर खाने बनिया’हरु हुन्। मतिअनुसार तिनलाई सुहाउने ठाउँ खोर हो, जहाँ तिनले यशु खिष्टका नाउँमा बाँसका टहरा बनाएर सिधासादा मानिसलाई फेरि मार्न नपाऊन्।
धरानमा बाँसे टहराको किचाइबाट मारिनेहरु सबै दलित र जनजाति महलका नागरिक रहेछन्। सायद तिनीहरु राज्यले काखी च्यापेको हिन्दू धर्मद्वारा गरिने छुवाछूत र भेदभाव असह्य भएर शरण र प्रतिरोधी हतियार खोज्न इसाई धर्मतर्फ लहसिएका हुनन्। धर्मनिरपेक्ष राज्यका हर्ताकर्ता भएर पनि उही हिन्दू धर्मको झन्डा बोकेर धार्मिक अनुष्ठानहरुमा सवारी हुन खुबै रुचाउने राष्ट्रपति यादव र प्रधानमन्त्री माधवलाई यो कुरा थाहा छ?
छा’टले पशुपतिनाथ र यशु दुवै अति वृद्ध र अशक्त भइसके। पशुपतिमा स्वदेशी पुजारी राख्ने यत्न गरियो। तर, विदेशभक्तहरुले त्यो यत्नलाई विफल तुल्याए। बूढा पशुपतिनाथ भने हेरेका हेर्यै! विदेशबाट ल्याइएका भट्टद्वय पशुपतिनाथको मन्दिरभित्र गुप्तवासमै कुटिए। यहा’ पनि अशक्त पशुपतिनाथ हेरेका हेर्यै। धरानमा इसाई मत बेचिखाने केही ठालुहरुले बा’सको टहरो ठड्याएर जानाजान जनसाधारणको ज्यान लिने उद्योग गरे। वृद्ध यशु ख्रिष्ट भने हेरेका हेर्यै। इसाईपथका त्यतिका पथिकहरु टहराले किचेर मारिए। तैपनि अशक्त यशु ख्रिष्ट भने हेरेका हेर्यै। त्यसैले धर्मनिरपेक्ष नेपालमा हिन्दू धर्मको झन्डा बोक्ने राष्ट्रपति-प्रधानमन्त्री र धरानमा इसाई भेला गर्ने हृदयहीन टाठाबाठाहरुले सोचून्- तिनको धार्मिक आस्था फगत् ढोँग हो। तिनका वृद्ध र अशक्त भगवान्हरु जनसाधारणका दुःख हर्न असमर्थ छन्। त्यसैले जनसाधारणले दुःखमुक्त हुन धर्मको ढो’गी अभिनय छाडेर बुद्धि, सीप र जा’गर बढाउनतिर लाग्नु मुनासिब होला। हाम्रो एकबारको जुनी त्रूकर शासकहरुको धार्मिक अत्याचारमा परेर वा पाषाण हृदयीहरुले बनाएको बा’सको टहरोमुनि किचिएर मर्नलाई हो र?
Leave a Reply