स्रोत: कान्तिपुर
-डा केदार कर्माचार्य
विश्वका अधिकांश विकसित राष्ट्रहरूमा मृत्युका पाँच प्रमुख कारणमध्ये एक पक्षाघात तथा मस्तिष्कघात भएको तथ्यांकबाट पुष्टि भएको छ । त्यस्तै हाम्रोजस्तो अविकसित मुलुकमा पनि अज्ञानता र असावधानीले गर्दा यस्तो समस्या दिनानुदिन वृद्धि भइरहेको पाइन्छ । मानिसको उमेर प्रायजसो ४० वर्ष काटेपछि कतिपय कारणले गर्दा शरीरको हात-खुट्टा वा एकतिरको वा पूरै भाग चल्न नसक्ने हुन्छ जसलाई चिकित्सकीय भाषामा प्यारालाइसिस र नेपालीमा पक्षाघात भनिन्छ । शरीरको एकातिरको सम्पूर्ण भाग नचल्नुलाई हेमिप्लेजिया, दुवै खुट्टा नचल्ने अवस्थालाई प्याराप्लेजिया तथा समस्त हात र खुट्टाको पक्षाघातलाई Quadriplegia भनिन्छ ।
पक्षाघातबाट ग्रसित मानिसको अनुहारदेखि पैतालासम्मका मांसपेशी अत्यन्त कमजोर हुने भएकाले आफैंले आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न सक्षम हुँदैन ।
पक्षाघातका प्रमुख कारण- शरीरको रक्तसञ्चारमा अवरोध, नसाको खराबी, मस्तिष्कको चोटपटक, विभिन्न प्रकारका मस्तिष्कको संक्रमण, TB (क्षयरोग), Syphilis (भिरङ्गी) आदि हेमिप्लेजिया हुँदा Thrombosis (रक्तनली साँघुरिने), Embolus -रक्तनलीमा रगतको ढिका), रक्तनली सुन्निनु तथा रक्तनली फुट्नु आदिको अलावा मेनिन्जाइटिस (मस्तिष्कको आवरण सुन्निनु), Encephalitis -मस्तिष्क सुन्निने), Cerebrum -मस्तिष्कको बाहिरी तह) मा ट्युमर -तन्तु) पलाउनु, उच्च रक्तचाप, मुटुको रोग, पेलेग्रा -भिटामिन बीको कमी), खानाको विषाक्तता Hysteria (शरीरोन्माद), Epilepsy (छारेरोग) आदि । स्ट्रोक -मस्तिष्कघात)- मस्तिष्कको रक्तनली साँघुरिनु वा मस्तिष्कको रक्तनलीमा स्राब हुनु नै ब्रेन स्ट्रोकको अवस्था हो । चिकित्सा शास्त्रमा यसलाई Cerebro-Vascular Accident, CVA नामकरण गरिएको छ । CVA ले पनि पक्ष्ााघात गराउँछ । रक्तस्राब थ्रम्बोसिस तथा सेरिब्रल इम्बोलिज्म विकसित हुनुको कारणमा बढीमात्रामा रक्सी तथा धूमपानको प्रयोग, उच्च रक्तचाप, मधुमेह, ज्यादा मोटोपन, लामो अवधिसम्म परिवार नियोजनका लागि पिल्स -खाने चक्की) को प्रयोग तथा वंशानुगत आदि ।
सिभिएका लक्षण
रोगको सुरुवातभन्दा धेरै समयअघिदेखि रिंगटा लाग्ने, टाउको दुख्ने, घुच्चुक दुख्नेलाई Alarming Sign -चेतावनी- मूलक लक्ष्ाण) का रूपमा लिइनुपर्छ । Hemiplegia विकसित भएपछि सुक्ष्म अवस्थामा ग्रसित व्यक्ति एक्कासि बेहोस भएर पछारिन्छ । बोल्दा शब्दहरू स्पष्ट नभई बोली लरबराउने हुन्छ, दृष्टि शक्तिमा ह्रास आउँछ, शून्य उन्मुख चेतनाको विकास, श्वास-प्रश्वासमा समस्या, शरीरमा कम्पन आदि देखापर्छ । विशेषगरी विकसित मुलुकका ज्यादा मोटा मुटु र चिनी रोगबाट ग्रस्त, बढी धूमपान र मदिरापानमा अभ्यस्त व्यक्तिहरू नै यस्तो परिधि अन्तर्गत परेर अन्ततः कालको मुखमा पुग्छन् ।
बेल्स प्याल्सी (Facial paralysis) बाट ग्रसित व्यक्तिको एकातिरको आँखा चिम्लन नसक्दा खुला रहने, मुख पूरा बन्द गर्न नसक्दा खुला रहने, ओठ एकातिर तान्निएर बाङ्गो हुने, मुखबाट र्याल बगिरहने, खानेकुरा चपाउन नसकी मुखभित्र एकातिरमात्र जम्मा हुने आदि देखिन्छ।
प्यालालाइसिसबाट ग्रसित व्यक्तिले आफैं खानपिन एवं दिसा-पिसाब गर्न नसक्ने हुनाले अरू व्यक्तिको सहायताको आवश्यकता पर्छ । पिसाब कैथेटर (नली) द्वारा निष्काशन गर्नुपर्ने बाध्यता हुन्छ । अन्य व्यक्तिको सहारामा मात्र उठबस गर्न सक्छ । रक्तस्राब भएर थ्रोम्बोसिस हुनु घातक हुन्छ ।
परीक्षण
स्पाइनलकर्ड -मेरूदण्ड) को एक्सरे, Lumbar-puncture द्वारा CSF -मस्तिष्कको पानी) को जाँच, सिटी स्क्यान माइलोग्राम, रक्तपरीक्ष्ाण आदिबाट रोगको निदान गर्न सकिन्छ।
उपचार
रक्तचाप घटाउनका लागि चिकित्सकको परामर्शमा नियमित औषधि सेवन गर्ने, मस्तिष्कको संक्रमण एवं मस्तिष्कभित्रको Pressure -चाप) कम गर्ने, रगत जमेर हुनसक्ने Heartstroke -हृदयघात) को समस्या समाधान गर्नका लागि उपयोगी हुने Aspirin तथा वारफेरिन चिकित्सकको निर्देशानुसार प्रयोग गर्नु उपलब्धिमूलक हुन्छ । पक्षाघात गम्भीर रोग हुनुका साथै यसको उपचार जटिल र खर्चिलो हुन्छ । औषधोपचारपछि पनि रोग पूर्णरूपले निको नहुन पनि सक्छ । पक्षाघातबाट पीडित हुनेहरूको अन्य उपचारका साथै खान-पिन तथा रहन-सहन आदि विषयमा आफैंले अपनाउनु पर्ने सावधानीलाई नै मुख्य उपचार मानिन्छ । मसाज एवं फिजियोथेरापी पनि उपयोगी हुन्छ ।
अपनाउनुपर्ने सावधानीहरू
दिन-रात हरेक पल ओछ्यानमै सुतिराख्दा शरीरमा रक्तसञ्चार विक्षिप्त भएर विभिन्न स्थानमा घाउ हुन्छ जसलाई चिकित्सकीय भाषामा Bedsore भनिन्छ । शरीरको चाप एकै ठाउँमा मात्र नपरोस् भन्ने उद्देश्यले रोगीको सुताइमा पटक-पटक परिवर्तन गराइदिनु आवश्यक पर्छ । समय-समयमा हि्वलचियर (गुड्नेकुर्सी) मा बस्न र सहारा दिएर हिँडाउने पनि गर्नु फलदायी हुन्छ ।
Leave a Reply