स्रोत: अनलाईन खबर
प्रधानमन्त्री माधबकुमार नेपालको आसन्न चीन भ्रमणमा भारतले चासो राखेको छ । नेपालका लागि भारतीय राजदूत राकेश सूदले प्रधानमन्त्री नेपाललाई आज विहान बालुवाटारमा भेट्दै आसन्न चीन भ्रमणबारे चासो राख्नु भएको हो ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको वातावरण मिलाउन भन्दै चीन जानुभएकी परराष्ट्रमन्त्री सुजाता कोइला नेपाल फर्केपछि प्रधानमन्त्री नेपाल चीन भ्रमणमा जाने कार्यक्रम छ ।
भेटमा राजदूत सूदले नेपालभारत सम्बन्धमा दूरगामी असर पुर्याउन सक्ने कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्री नेपाललाई दवाव दिएको बुझिएको छ ।
मङ्गलबार चीन प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री सुजाता कोइरालाले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालको सिमा क्षेत्रसम्म चिनियाँ रेलवे विस्तार गर्न चीन सरकारलाई प्रस्ताव गर्ने बताउनु भएको थियो । नेपालको प्रस्तावमा चीनले समर्थन जनाएर रेलवे सेवा विस्तार भए नेपाल-भारत व्यापारमा कटौति हुनेछ ।
भेटमा राजदूत सूदले पछिल्लो पटक देखिएको राजनीतिक दलहरुबीचको असमझदारीले नेपालको शान्तिप्रक्रियामा पार्ने प्रभाब, पशुपतिनाथ मन्दिरमा पुजारी नियुक्तिलगायत विषयमा प्रधानमन्त्री नेपालसँग छलफल गर्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
Leave a Reply