स्रोत: कान्तिपुर
टीकापुर। नेपाल भारत सीमाका ९८ देखि १ सय ९ नम्बरसम्म सीमास्तम्भ मोहना नदी कटानले बगाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी कैलालीले सीमा क्षेत्र निरीक्षणपछि यसबारे थाहा भएको हो ।
सीमा निरीक्षण क्रममा १०२, १०३, १०६, १०७ र १०८ नं.का सीमास्तम्भ नभेटिएको सशस्त्रका निरीक्षक सन्तराम चौधरीले बताए ।
सीमास्तम्भ नम्बर ९८ कैलालीको धनसिंहपुर गाविस १ को पूर्वी सिमाना हो भने १०९ कैलालीको भजनी क्षेत्र हो । आफूले हेर्ने जिम्मा पाएको क्षेत्रका सीमास्तम्भ निरीक्षण गरेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले बताए । सीमा स्तम्भमात्र नभई हजारौं बिघा जग्गा पनि मोहना नदीले कटान गरेको उनले जनाए । सीमास्तम्भ नभएकै कारण विगतमा भारती पक्षले नेपालको सहमतिबिना मनोमानीले १११ नम्बरको स्तम्भ आफैंले बनाएका थिए ।
भारतीय पक्षले एकलौटी सीमास्तम्भ बनाएपछि नेपाली विद्यार्थीले त्यसको तोडफोड गरेका छन् । सीमास्तम्भ नभएपछि भारतीय पक्षले नेपाली भूमिमा पनि खेतीपाती गर्दै आएका जनाएको छ ।
Leave a Reply