स्रोत: कान्तिपुर
संखुवासभा। सुन्दा पत्याउन कठिन । एउटा रुद्राक्षको कर मात्रै ३० हजार रुपैयाँ । हो, भोजपुरको केउरेनीपानी गाविसमा फलेको २१ मुखे रुद्राक्ष संखुवासभामा बिक्री हुँदा जिल्ला विकास समितिले ३० हजार रुपैयाँ कर लिएको छ ।
केउरेनीपानीका राजन कार्कीले फलाएको उक्त दानाको मूल्य १५ लाख रुपैयाँ निर्धारण गर्दै जिविसले कर लिएको हो ।
रुद्राक्ष उत्पादक कार्कीले नै त्यसको मूल्य १५ लाख बताएपछि २ प्रतिशतका दरले ३० हजार रुपैयाँ कर लिएको निमित्त स्थानीय विकास अधिकारी माधवप्रसाद अधिकारीले बताए ।
उक्त दाना कार्कीले १८ लाखमा बिक्री गरेका छन् । संखुवासभामा १५ लाख मूल्यको दाना काठमाडौं पुर्याउँदा थप ३ लाख रुपैयाँ प्राप्त हुने बताइएको छ । जिविसले रुद्राक्ष (-दाना) मा यसै आर्थिक वर्षदेखि निकासी कर लिन थालेको हो ।
यो भदौ पहिलो सातादेखि नयाँ दाना बजारमा आउन थालेको छ । व्यापारीका अनुसार खाँदबारीमा सातामा ५० लाखभन्दा बढीको दाना किनबेच हुन्छ । जिविसले करिब १० लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
जिविसले प्रहरी, सेना र नागरिक समाजका सदस्यसँग सहयोग माग्दै दाना निकासीमा कर उठाउन थालेको हो । दाना निकासीको सुराकी दिनेलाई १ प्रतिशत रकम दिने निर्णय पनि गरिएको छ ।
जिविसले बाँकी एक प्रतिशत रकम राजस्वमा जम्मा गरेर विकास निर्माणका काम गर्ने राजनीतिक दलको जिविस परिचालन संयन्त्रले जनाएको छ ।
अनि त्यो रुद्राक्ष्य १५ लाखमा कसले किने छ नि?
एउटा अचम्म, अनौठै लाग्यो नि हो रामजी दाइ।
अब त्यसकै खेति पो गर्न जानु पर्ला जस्तो छ….. 🙂 🙂
हो भिम जी, त्यसै गर्यो भने फाईदा होला जस्तो छ।
Hami pani yas ko Byabasaik business gardai chhau. tapai jo kohi lai pani chahiyena sitaramdahal@gmail.com ma mail garna saknu hunchha
ma sanga yeuta 70 barsa purano yek mukhe rudrakshya chha…yo mero hajura baba le samhalera raakhnu bhayeko thiyo…ahile maile patrika ma kin bech bhayeko sunda malai mero aarthik kamjorile garda…yeslaai bechna khojeko chhu ….yesko lagi k garnu parchha hola?