स्रोत: राष्ट्रिय साप्ताहिक
-विजय पौडेल / न्युयोर्क
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझै टल्कने हिमशृङ्खलाहरु, हरियाडाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्टि गर्ने नयाँ ससार बसाउने धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु। आफ्नो मातृभूमिले खुट्टा टेक्न सिकायो, दुई हात जोडेर अभिवादन गर्न सिकायो, मिलेर बस्न सिकायो, संस्कार सिकायो तर त्यही मातृभूमिलाई केही योगदान दिने समय जब आयो, जब मातृभूमिलाई ऋण तिर्ने समय आयो तब मातृभुमीप्रति बिमुख भएर विभिन्न पेसा र व्यवसायमा नेपालीहरु परदेसिने क्रम बढेको छ।
यो क्रम अझै कयौ वर्षसम्म नरोकिने निश्चितप्रायः भैसकेको छ। यसरी नेपाल छाडेर बाहिरिने विभिन्न क्षेत्रका पेशाकर्मिहरुमध्यै नेपालको कलाकारिता क्षेत्र पनि विमखु हनु सकने भनौ या नेपालको कलाकारिता व्यवसायका मानिसहरु परदेसिने क्रम ह्वात्तै बढेको छ। त्यसमा पनि अमेरिकामा आएर बस्नेको संख्या उच्च देखिएको छ। नेपालका फिल्मी क्षेत्रका, रङ्गमञ्चका, गायन क्षेत्रका, सबै गरेर ‘क’ वर्गका कलाकारहरु मात्र पनि झन्डै ४० देखि ५० जनाको हाराहारीमा रहेको तथ्य फेला परेको छ। अमेरिकाको बाल्टिमोर आज नेपाली कलाकारहरुको गाउँ भएको छ। जब कुनै कलाकार नेपालबाट विभिन्न कार्यक्रम लिएर अमेरिका आइपुग्दछन् तब एकचोटि बाल्टिमोर पुग्ने चलन पुरानो भइसकको छ भनौ या बाल्टिमोर नपुगी नेपाल फर्किनु भनेको नैपालि कलाकारको लागि अमेरिका भ्रमण पूर्ण नभएको महससु गर्नु हो।
अर्का कलाकार सरोज खनाल फिल्मी क्षेत्रका सदाबहार नायक अनि नेपाली चलचित्र जगत्का एउटा हाने हार व्यक्तित्व हुँदाहुदै अनि सारा नेपाली दर्शकहरुको असीमित माया र ममताबीच बिस्तारै टाढा भएर आधा संसार परतिर एउटा कुनामा हराउन बाध्य भए पनि आज पनि अघिल्लो र पछिल्लो दुवै पुस्ताले सरोज खनाललाई भुल्न सकेको देखिंदैन। उनी आज अमेरिकाको भर्जिनियामा परिवारसहित स्थायी रुपमा बसोबास गरिरहेका छन्। तिनै नायक सरोज खनाललाई अमेरिकाको बसाइँबारेमा प्रश्न गर्दा उनी भन्दछन्– अमेरिका आएर बसेको १०/११ वर्ष भयो, पहिलेजस्तो नेपालको याद गाढा छैन अनि त्यसैले नेपालको याद कतै धमिलिंदै गएको हो कि भन्ने भान परेको छ। तर १०/११ वर्ष फिल्म लाइनबाट बाहिरिँदा पनि म गत साल नेपाल जाँदा मैले मेरो देशमा पत्रकार, कलाकार, साथीभाइ अनि मेरा दर्शकले मलाई जुन माया र ममता देखाउनुभयो, त्यसले मलाई हौसला मिलेको छ। अब यो वर्ष मेरा बच्चाहरुको पढाइको टुगो लाग्छ, त्यसपछि सम्भवतः अर्का साल बच्चाहरुलाई यता छाडरे नेपाल जाने निश्चित छ। अमेरिका बसाइँको सम्बन्धमा उनी भन्दछन्– म यहाँ विम्पिज भन्ने फास्टफुडको जनरल मेनेजेर हुँ गत वर्ष विश्वभरिको विम्पिजहरु मध्येबाट म चौथो उत्कृट मनेजेर भएँ। नेपालमा पनि चलचित्रमा काम गर्दा सधै पहिला, दोस्रो स्थान हासिल गर्थे। यहाँ पनि फास्टफडुमा काम गर्दा राम्रो स्थान पाएको छु, सय जना जति नपालीलाई आफ्नै फास्टफुड अन्तर्गत काममा लगाउन सफल भएको छु, त्यसमा म सन्तुष्ट छु। कुराका क्रममा सरोज खनालका कयौ नाटक र चलचित्रमध्ये छान्नपुर्दा कुन छान्नुहुन्छ भनेर प्रश्न गर्दा उनी भन्छन्– नाटकमा ‘सेनचुवाको असल मान्छे’, टेलिफिल्ममा ‘भीडदेखि भीडसम्म’, फिल्ममा ‘प्रेमपिण्ड र तपस्या।’ सधै चिटिक्क पररे हिडँन्, ढाकाटोपी पनि नछाड्ने सानो टीका पनि लगाउने प्रसिद्ध लोकगायक प्रेम राजा महत लोक गीतका गुरु नै भने पनि हुन्छ। ‘पानको पात …’ भने भाकाका अत्यन्त चर्चित लोकगीतका गायक प्रेम्र राजा महत बाल्टिमोर मा परिवारसहित बसेका छन्। गायक भए पनि अमेरिका आएपछि व्यवसायीसमेत बनेको प्रेम राजा महतका दुई रेस्टुरेन्ट बाल्टिमोरमा सञ्चालनमा छन्। नेपालबाट कलाकारको नाताले अमेरिका आउने प्रत्येक कलाकारका लागि सबै सरसहयोग गर्न पछि नपर्ने लोक गायक प्रेम राजा महत अमेरिका बसाइको बारेमा भन्छन्– अमेरिका बसेर सन्तुष्ट चाहिँ छैन, चटक्कै गीत गाउन छाडेको पनि छैन, ३/४ वटा भोलुम तयार पनि छ, रेकर्ड गर्न पाएको पनि छैन। अब यता बच्चाहरुको थितिबिती मिलाएर नेपाल नै जाने हो अब उतै गएर काम गनर्पु छर् । आजसम्म अमेरिकाको नागरिकता लिएको छैन।
चर्चित नेपाली चलचित्रहरु ‘अवतार’, ‘पराई घर’, ‘ठूल्दाइ’ र ‘घुम्टो’ मा सफल नायिकाको भूमिका निभाइसकरे सयौ सफल नेपाली चलचित्रमा अभिनय गरेकी नायिका जल शाह आफ्ना श्रीमान् सरत रिमाल र डेढ वर्षकी छोरीसँग अमेरिकाको साल्ट लेक सिटीमा बस्दै आएकी छिन्। अमेरिकामा स्थायी रुपमा ३ वर्षदेखि बस्दै आएकी नायिका जल शाहलाई नेपालको कत्तिको याद आउँछ भनेर प्रश्न गर्दा उनले आफनो गला अवरुद्ध पार्दै मुटुमा भक्कानो पार्दै भनिन– आफ्नो मातृ भूमिको कसलाई सम्झना आउँदैन? जुन देशको हावापानीले हुर्कियो, जुन देशको माटोले नाम दियो, हिँड्न सिकायो, माया ममता दियो, म कसरी भुल्न सक्छु? नेपालको ‘न’ सम्झँदा पनि रुन मन लाग्छ, म थाम्नै सक्दिनँ। मनमा त लागिरहन्छ, आजै नेपाल जाउँ, फेरि फिल्म खेलौ आफ्नै दशर्कको माया पाउँ तर के गर्नु। याजेना अनसुार केही हुदैन , त्यसैले हेर्दै जाउँ के हुन्छ तर अहिले भने म पक्का गृहिणी भएर अमेरिकामा छोरी स्याहारेर श्रीमानको कमाइ खाएर बसेको छु।
‘ढोका खोल मालती, ढोका खोल हो! ढोका खोल्नु पहिले बोल कुरा हो …!’ चर्चित गीतिनाटक मालतीमंगलेका नायक हरिबहादुर थापा एउटा जीवन्त अभिनयकर्ता कलाकार हुन् उनी पनि अहिले आफ्नी धर्मपत्नीको साथ अमेरिकाको न्युयोर्क सहरमा हुनुहुन् छ र घरजम गर्ने दौरानमा आफ्ना बच्चाहरुलाई नेपालबाट अमेरिका झिकाउने प्रक्रियामा हुनुहुन्छ। अमेरिकी बसाइँ र नेपाल फर्किने विषयमा प्रश्न गर्दा कलाकार हरिबहादुर थापा भन्छन्– ‘केही समय आफ्ना व्यक्तिगत कठिनाइले गर्दा मात्र अमेरिका बसेको हुँ। पूर्ण सन्तुष्ट त यहाँ बसेर हुनै सकिंदैन। आफूलाई माया गर्ने दशर्कको अनि आफ्नो दैशकै प्रक्रृतिको यादले सताउँछ। जे भए पनि भविष्यमा नेपाल नै गएर बस्ने योजना छ, तर अमेरिकालाई पनि चटक्कै भुल्न चाहिँ सक्दिन किनकि यो देशले मलाई सम्मान दिएको छ। अमेरिका आएदेखि लगभग बेरोजगार भएर बसेका नाट्यकर्मी हरिबहादुर थापालाई गीतिनाटक ‘मालती मंगले’ सिंगो नाटक नै उनको लागि जीवनको अविस्मरणीय छ भन्दछन्। अर्की सुप्रसिद्ध नायिका पूजा चन्द ४ वर्षदेखि नेपाली कलाकारहरुको गाउँ बाल्टिमोरमा आफ्नी छोरीको साथमा बस्दै आएकी छिन्। ‘बरपिपल’, ‘मनको टुक्रा’, ‘पन्छी’ जस्ता चर्चित नेपाली चलचित्रमा सफल अभिनय गररे लाखौ दशर्क हरुको माया पाएकी नायिका पूजा चन्द भने अमेरिकामा सबै चिज सिस्टमेटिक भएको हुदा र अनुशासित भएको हुँदा यहाको जिन्दगीबाट पूर्ण सन्तष्ट छु भन्दछिन्। नेपालको याद कति आउँछ? भन्ने प्रश्न गर्दा उनी भन्दछिन्– शरीर सञ्चालनका लागि अक्सिजनको जति जरुरी छ, त्यति नै नेपालको जरुरी हामीलाई छ। नेपालको हरपलमा याद आउँछ अनि दर्शकको माया र नेपालको मेरो पेसाको याद आउँछ अनि नेपालमा सुटिङमा हिँड्दाको क्षणको याद आउँछ।
पछिल्लो पुस्ताका अर्का लोकप्रिय दोहोरी गायक पवन ओली अहिले बाल्टिमोरमा बस्दछन्। १४ वटा एल्बम र १५० भन्दा बढी गीत गाइसकेका दोहोरी गायक पवन ओली सल्यानको बाँखु खोलाबाट अमेरिकाको बाल्टिमोर आइपुगियो भन्दछन्। ‘अक्षतामा दही ज्यान टाढा भए नि, झल्को मायाकै …’ भाकाका दोहोरी गीत गाएर चर्चामा आएका गायक पवन ओली अमेरिका आएपछि सब–वे स्यान्डउइच बनाउन व्यस्त छु भन्नुहुन्छ। नेपालको कत्तिको याद आउँछ भन्ने प्रश्न गर्दा उनी भन्दछन्– एक वर्षमा नै अमेरिका घाँटीसम्म आयो अहिले त लाग्दछ अमेरिका नआएको भए पनि हुने रहेछ। आजभोलि दिनमा पनि रातमा पनि नेपालकै झझल्को अनि नैपलकै सपना देख्दछु भन्दछन्। म कुनै कोणबाट अमेरिकामा सन्तुष्ट छैन, पैसाको लोभले सबै त्यागेर अमेरिका आइयो अहिले त मातृभूमिको मायाले पैसा पनि गौण भइसक्यो।
अर्का लोकप्रिय हास्यकलाकार नारायण त्रिपाठी अमेरिका बसाइँको दौरान भर्खरै बाल्टिमोरबाट टेक्सासतिर लागेका छन्। नेपाली धाराबाहिक हास्यव्यङ्ग्य कार्यक्रम ट्वाक्कटुक्कबाट चर्चामा आएका नारायण त्रिपाठीले कुराकानीको दौरानमा सुरुमा नै ‘कोही ग्यास स्टेसन? कोही सब–ओए, कोही काम नपाएर क्वाँक्वाँ रोए’ भन्ने सानो कविता सुनाएर अमेरिकाको परिभाषा दिएका थिए। नारायण त्रिपाठी पनि घरायसी समस्या सुल्झाउन अमेरिका आएका रहेछन् तर अहिले उनी अमेरिकन जीवन देखेर प्रभावित भइसकेको बताउँछन्। नेपालको बारेमा कुरा गर्दा– आफ्नो गाउँ आफ्नो डाँडापाखा अनि आफ्नो परिवारको याद त आउँछ तर याद गररे मात्र के गर्ने त्यसैले यतै रमाउने कोसिस गदैछु । त्यसलै एउटा आफ्नै व्यापार गर्न उद्देश्यले बाल्टिमोरबाट टेक्सास आएको छु, भन्छन्।
त्यसै गरी अभिनेत्री तथा नृत्यांगना अनुपमा पस्राई पनि भर्जिनियामा रहेकी छिन । उनी आफ्नो परिवारसहित ३ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन्। नेपालमा प्रसिद्ध कलाकार भए पनि भर्जिनियामा बालबच्चाको रेख देख गर्ने डे किएरमा काम गरिरहैको बताउने प्रसाइ आफ्नै देशमा बालबच्चाको भविष्य सुरक्षित नदेखेर र मुलुककै भविष्य अन्योलमा रहेकोले विदेसिन बाध्य भएको बताउने उनी भने कर्मभूमि अमेरिकादेखि पूर्ण सन्तष्ट रहेको तर दशै र तिहारजस्ता चाडबाड आउदाँ ‘ए औसिको बारा गाई तिहारो भैलेको झड्काले रुवाउने बताउँछिन्।
‘मेरो ओ…किली’ र ‘गुलाबी जाडोले’ जस्ता चर्चित पपगीतहरुको गायक श्रृजन ताम्राकार पनि उही नगरी बाल्टिमोरमा बस्दै आएका छन्। पछिल्लो पुस्ताका चर्चित गायक श्रृजनका ४ वटा चर्चित एल्बम बजारमा आइसकेका छन् भने उनले ६० वटा जति गीतहरुमा आफ्नो स्वर दिइसकेका छन्। नेपालको राजनीतिक अवस्था नै एउटा प्रमुख जड भएको कारणले विदेशिनु बाध्य भयौ तर जे भए पनि काम गरेपछि फल प्राप्त गर्न सकिने देश अमेरिका नै रहेछ भन्ने लाग्दछ। रिटेल स्टोरमा सेल्सम्यानको रुपमा काम गर्दै गरेका श्रीजन तामा्रकारको अन्य एल्बमहरु तयारी अवस्था रहेको कुरा उनी बताउँछन्।
अर्की प्रसिद्ध लोकगायिका सावित्री शाह पनि झन्डै दश वर्षदेखि अमेरिकाको क्यालिफोर्निया बस्दै आएकी छिन्। आफ्नो पूरै परिवारसहित आफ्नै व्यवसाय सञ्चालन गरेर अमेरिका बसेको भए पनि नेपालको भीरपाखा र हरियो डाँडाकाँडा अनि भन्ज्याङ र चौतारीको यादले सताउन छाडेको छैन भन्ने उनको भनाइ छ। ‘छमछम नाचिदेऊ निउरेर …’ भन्नेजस्ता पुराना लोकगीतकी गायिका जसको लोकगीतको अग्रजहरुको प्रेरणाबाट लोक गायन क्षेत्रमा लागे , तिनै लोकगायिका गा सावित्री शाहलाई पनि भविष्यमा अवकासको जिन्दगी नेपालमै गएर बिताउने विचार छ। पछिल्लो पुस्तामा गायन क्षेत्रबाट श्रोताहरुलाई गहिरो छाप छाड्न सफल युवा ढुकढुकी बनिसकेकी गायिका अनि प्रसिद्ध संगीतकार मदन परियारकी छोरी सपनाश्री पनि अहिले अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छिन्। काठमाडौंको महाबौद्धदेखि अमेरिकाको न्युयोर्कसम्म आएर बस्दा कत्तिको सन्तुष्टि छ भनेर प्रश्न गर्दा उनी भन्दछिन्– पेसागत हिसाबले काम गर्दा त नेपालमा नै धेरै आत्मसन्तुष्टि हुन्थ्यो तर नेपालको डरत्रासको वातावरण सधंै के हुने हो? भन्ने वातावरणमा काम गर्नुपर्ने कलाकारको बाध्यता थियो तर यहाँ दबाब छैन, आफ्नो काम गर्यो, रमाइलो नै लाग्छ मलाई अमेरिकामा। जम्माजम्मी दुई हजार वटा नेपाली, नेवारी, तामाङ, भोजपुरी, थारु भाषामा गीत गाइसकेकी सपनाश्रीले पछिल्लो पटक अमेरिकाबाट नेपाल एक महिनाका लागि जाँदा पनि ४० वटा गीत रेकडर् गराएर न्युयौर्क फर्कैर्की हुन्।
चलचित्र क्षेत्रमा जीवनरेखाबाट प्रवेश गरेका त्यसपछि ‘सडक’लगायत कयौं नेपाली चलचित्रलगायत नाटक अनि हास्यव्यङ्ग्यका कार्यक्रममा अभिनय गरेका प्रसिद्ध कलाकार अनिल पाण्डेको ‘हिजोआजका कुरा’ लगायतका टेलिसिरियल निकै लोकप्रिय भएका थिए। तिनै अनिल पाण्डे परिवारसहित क्यालिफोर्नियामा बसेका छन्। हाल सिजलर भन्ने अमेरिकन फ्रेन–चाइजमा मेनेजरको रुपमा कार्यरत अनिल पाण्डेले अमेरिकन नागरिकता लिइसकेका छन् तर पनि अमेरिकादेखि सन्तुष्ट हुन नसकेर १० वर्षको अमेरिकाको बसाइँपछि नेपालमा केही गर्ने उद्देश्यले १० वर्ष नैपाल बसैर फेरि अमेरिका नै फर्केर आएका कलाकार अनिल पाण्डेलाई अमेरिकाको संस्कृति देखेर रुन मन लाग्दछ रे, अहिले पन नेपाली चाडबाड आउँदा रुन मन लाग्दछ रे!
पहिलोचोटि अमेरिका आएर समयमा नै नेपाल फर्किएका गायक दीपेशकिशोर भट्टराईलाई पनि अमेरिकी मोहले तानेरै छाड्यो अनि कस्सिएरै अमेरिका बसेको ६ महिना भइसक्यो उनी हाल बाल्टिमोरमा बसिरहेका छन्। ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘होस हराए पनि मायालु’ जस्ता चर्चित गीतहरु गाएका दिपेशकिशोर भट्टराईको ७ वटा एल्बम अनि १०० वटाभन्दा बढी गीतहरु गाइसकेका छन् भने नयाँ पुस्ताका उनी ढुकढुकी नै हुन्। यस्ता गायक मानसम्मान र इज्जतको खातिर किन नेपालमा नबसेर अमेरिकामा बस्ने सेाच गर्नुभयौ भन्ने प्रश्न गर्दा उनी भन्छन– देशको राजनीतिक अवस्थाले गर्दा बालबच्चाको पनि भविष्य अन्योलमा पर्यो, आर्थिक हिसाबले पनि सुरक्षित हुन सकिने अवस्था छैन, ढुक्कसँग काम गर्ने अवस्था छैन , तर यहाँ आइसकेपछि असीमित सम्भावनाहरु देखेको छु, आफ्नो नङ्ग्रा खियाएर अनि आफ्नो बुद्धि र विवेक प्रयोग गर्यो भने पक्कै पनि सफलता हासिल हुन्छ।
‘नसाभित्र नसा सरी …’ भन्ने गीत गाएर चर्चामा पुगेका गायक संजीव प्रधान र उनको धर्मपत्नी ‘म तिमीलाई माया गछ तिमी मलाई माया गर्दैनौ भन्ने गीतकी गायिका सरिस्मा अमात्य नेपाली कलाकारको गाउँ बाल्टिमोरमा बसिरहेका छन्। गायक संजीव प्रधानका नेपालीमा ५ वटा र नेवारीमा ४ वटा एल्बम छन् र उनको धर्मपत्नी सरिस्मा अमात्य पनि युवापिँढीको लोकप्रिय गायिका हनु ्। गायक हुदँाहुदँै पनि उनीहरुले व्यवसाय पनि सञ्चालन गरेका छन्। अमेरिकामा नेपाल चिनाउने ह्यान्डिक्राफ्ट्सको पसल टाउसन मलमा खोलेका छन्– ‘मण्डला’ भन्ने नाम दिएर। नेपालमा जस्तो सामाजिक सन्तुष्टि नपाए पनि बाल्टिमोरमा बसेकोले होला हामी सबै कलाकार भेटघाट भइरहन्छ रमाइलो नै लाग्दछ भनेर उनीहरु भन्दछन्।
मालती मंगलेमा खिन्तेको भूमिका निर्वाह गरेका र ध्र्रुव चन्द ्र गैातमद्वारा लिखित ‘भस्मासरु को नलीहाड’ भन्ने नाटकका नायक तथा निदर्शेक कष्ृणमुरारी ढुगेंल ‘मालती मंगल’े लाई अमेिरकामा प्रदर्शन गर्न आउँदा नेपालमा एउटा फिल्म बनाउन पग्ुने पैसा जम्मा गर्ने सोचले अमेिरकामा ग्रीनकार्ड बनाएर बसेछन ् तर गर्दागर्दै धैरै वर्ष बितेको उनलाई पत्तै भएन। अमेरिकाको कोलोराडोमा परिवारसहित बस्दै आएका कष्ृणमुरारी ढुगंेल ग्रीनकार्ड हात परेको दिन पनि रोएछन्– ‘अब फसियो भनेर’ हाल ह्युमन सभिर्स डिर्पाटमेँन्टमा काम गरैर बसैका ढंुगेेलको अब लामो समय अमेरिका बस्ने योजना छैन, चाँडै नेपाल फर्किने योजना रहेछ।
‘एन्जल्स बैण्डका’ राजु लामा जसले ६५ वटाभन्दा बढी गीत गाएर अमेरिका आएका उनले बाल्टिमोरमा ३ वर्ष बिताइसकेका छन्। हाल सब वै स्यान्ड्इचमा काम गरेर बसेका राजु लामाले आफ्नो पेसा र व्यवसायलाई मारेका छैनन्, त्यसैले नेपाली गायकहरुको गीत रेकर्डिङको लागि आफ्नै लगानीमा बाल्टिमोरमा रेकर्डिङ स्टुडियो खोलेका छन्। ‘जुनसुकै बादलमा …’, ‘जुन चम्किरहेछ, जुनेली रातैमा …’, ‘अल्लारे माया …’ जस्ता चर्चित पपगीत गाइसकेका राजु लामाले आउँदो वर्ष अमेरिका छाड्ने योजना बनाइसकेका रहेछन्। किन अमेरिका छाड्ने भनेर प्रश्न गर्दा उनी भन्छन्– अमेरिकामा सामाजिक जिन्दगी बिल्कुलै छैन, त्यसैले नेपालको याद अति नै आउँछ, बस्नै सकिएन अमेरिकामा।
अर्का नेपाली नायक रमशे उपे्रती डेढ वर्ष देिख अमेिरकाको बाल्टिमोरमा आफन्ी धर्मपत्नीसगँ यतै छन्। छोटो समयमा धेरैभन्दा धेरै चलचित्रमा सफल भूिमका निभाएका रमशे उपे्रतीले डेढ वर्षपछि भर्खरै घुडँाको अपरेसन गर्न नेपाल गएर ६ महिना बस्दा पनि विज्ञापन र म्युजिक भिडियोमा अभिनय नगरी सुखै पाएनन्। ६ महिना नेपाल बसेर फर्कने बेलामा अत्यन्त खल्लो महसुस भएको उनी बताउँछन्। उनलाई नेपाल छाडेर आउनै मन लागेन तर नआई सुखै पाएनन् रे। त्यसै गरी नृत्यकार श्याम खड्की न्युयोर्कमा छन्, तबलाबादक न्हुच्छेमान डंगोल, न्युयोर्कमा अनि गायक रोशन गुरुङ पनि न्युयोर्कमा नै छन्। न्युयोर्कमा नै रहेका रोशन गुरुङसँग कुरा गर्दा उनी भन्छन्– ‘सबै कुरा भन्दा नि पैसै ठूलो छ’ भन्ने गीतबाट चर्चाको शिखरमा पुगैकेेा ह,ँु त्यही पैसै ठूलो भनेेर अमेरिका आइयो अनि यो दलदलमा फसियो। आफूले गाएको गीत त आफ्नै लागि गाएको जस्तो भयो। अहिले रोशन गुरुङ र गायिका सपनाश्री न्युयोर्ककै रेस्टुरेन्टमा गीत गाउने काम गर्दछन्।
चर्चित नायिका सारंगा श्रेष्ठ मेरिल्यान्डमा यतै घरजम गरेर बसेकी छिन् भने नायिका सज्जा मैनाली पनि अमेरिकामै छिन्। त्यसै गरी नायिका कृष्टि मैनाली धेरै वर्षअगाडिदेखि न्युयोर्कमा छिन् भन्ने नायक सुधांसु जोशी, नायक सुरेश मरहट्ठा पनि अमेरिकामा नै छन् भने नायक सुधांसु जोशी अमेरिका आएको ११ वर्ष भयो उनी अहिले सफ्टवेयर डेभलपरको आईटीसम्बन्धी काम गरेर भर्निनिया बिचमा छन्। अमेरिका संघर्ष गरेर बनेको दशे भएका हुदा सघंर्ष गररे आफ्नो भविष्य बनाउने देश अमेरिका हो भनेर नायक जोशी भन्दछन्।
हास्यकलाकार रतन सुवेदी बाल्टिमोरमा छन् भने कैयौं टेलिसिरियलका सुपरिचित कलाकार द्वय सुवर्ण क्षेत्री तथा सैलेस श्रेष्ठ पनि न्युयोर्कमा नै छन्।
त्यसै गरी नयाँपुस्ताका पुराना पपगायक हरिस माथेमा न्युयोर्कमा नै छन्। उनी नेपाली रेस्टुरेन्टमा गीत गाउने काम गर्दछन्। त्यसै गरी गायकहरुमा सराजे दत्त अमेरिकामा नै छन् भने सुनिल उप्रे्रती पनि अमेरिकाको भर्जिनियामा छन् त्यसै गरी गायिका ममता दिब्बिन क्यालिफोर्नियामा छिन्।
गायक मोहन भुसाल, कन्हैया सिंह, कर्णदासलगायत अमेरिकामा नै छन्। त्यसैगरी नृत्यांगना संगीता शर्मा पनि अमेरिकाको क्यालिफोर्नियामा छिन्। नायिका करिश्मा मानन्धर बाल्टिमोरमा नै छिन् भने उनी भर्खरै मात्र केही समयका लागि नेपाल गएकी छिन्, त्यसै गरी अर्की कलाकार रचना सिंह पनि हाल नेपाल गएकी छिन्। समग्रमा अमेरिकामा बस्ने नेपाली कलाकारहरुमा देश प्रेम र आफ्नो कलाकारिता क्षेत्रको माया, अथाह देखिए पनि बाध्यता र देशको राजनीतिक परिदृश्यको प्रभावले परदेसिनु परेको पीडा झल्किएको छ।
Leave a Reply