स्रोत: अनलाईन खबर
काठमाडौं । सीमाबिद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारतको सीमा पुनः सिमाङ्कन गरिनुपर्ने बताउनुभएको छ ।
जनसञ्चार अभियान नेपालद्धारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाले ब्रिटिश इन्डियासंग ‘फिल्ड बुक’ मागेर पुन सिमाङकन गरिनुपर्ने बताउनुभयो ।
‘अहिलेको सीमालाई हामी मान्दैनौ ।’ सिमाबिद श्रेठले भन्नुभयो-’अहिले लालपुर्जा नेपालीसँग छ, तर जमिन भारतले कब्जा गरेको छ ।’
सीमा संबेदनशिल क्षेत्र भएको चर्चा गर्दै उहाँले सम्पुर्ण नेपालीहरुले भारतको मिचाहा प्रबृतिको प्रतिरोध गर्ने हो भने भारत पछि हट्ने बताउनुभयो । उहाँले सिमा समस्या दुई देश बीचका सिमाबिज्ञहरु बसेर समाधान गर्नुपर्ने तर्क गर्दै भन्नुभयो ‘नेपालको भुमी जोगाउन सिमामा काँडेतार लगाउनुपर्छ , आउने जाने निश्चित मार्ग बनाउनुपर्छ ।’ उहाँले नेपाल भारत सिमामा परिचय पत्रको ब्यवस्था गरिनपर्ने माग पनि राख्नुभयो ।
यस्तै सिमा बिज्ञ फणिन्द्र नेपालले राजनितिक समस्याको कारण सिमा समस्या समाधान हुन नसकेको बताउनुभयो । ‘सरकारमा टिकिरहन भारतको आर्शिवाद लिने परम्पराले सिमा समस्या समाधान हुन सकेको छैन ।’ उहाँले भन्नुभयो -’अहिले नया सरकार बन्दा बित्तिकै सिमा अतिक्रमण हुनुले यो सरकार भारतको आर्शिवादमा बनेको भन्ने कुरा प्रमाणित भएको छ ।’
बिज्ञ नेपालले अहिले पनि नेपालको जमिन उपनिवेशमा रहेको धारणा राख्नुभयो । ‘अहिले हाम्रै अगाडी हाम्रा सिमाहरु बलात्कृत भएका छन ।’ उहाँले भन्नुभयो-’नेपालमा अहिले प्रधानमन्त्रीको भन्दा बढी प्रभाव राकेश सुदको छ ।’ उहाले सिमामा कुन प्रहरी खटाउने भन्ने कुरा भारतको निर्देशन अनुसार हुने गरेको रहस्य पनि बताउनुभयो ।
उहाँले सीमा स्तम्भ हेर्ने छुट्टै सुरक्षा संयन्त्र परिचालन गरिनपर्ने बताउनुभयो ।
Leave a Reply