स्रोत: कान्तिपुर
-कृष्ण आचार्य
मनकामना –गोरखा। धार्मिक तथा पर्यटकीय केन्द्र मनकामना मन्दिर ६ इन्च ढल्केको छ । बर्सेनि ढल्कने क्रम बढेपछि तत्काल पुनर्निमाणका लागि सरकारी समितिले गरेको सिफारिस डेढ वर्ष बितिसक्दा पनि कार्यन्वयन भएको छैन । ९० सालको भूकम्पपछि हरेक वर्ष मन्दिर ढल्कँदै गएको बताइन्छ ।
यसबारे मनकामना क्षेत्र विकास समितिले पर्यटन मन्त्रालयमा जनकारी गराएपछि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेल नेतृत्वको टोलीले अनुगमन गरी २०६४ मंसिरमा तत्काल पुनर्निर्माणका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो । हरेक वषर्ामा ढल्किँदै मन्दिर हालसम्म छ इन्च पश्चिम नुहिसकेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा जग कमजोर भई मन्दिर ढल्किँदै गएको र तत्काल पुनर्निर्माण गर्नुपर्ने सुझाब छ । तर प्रतिवेदन बुझाएको डेढ वर्ष बितिसक्दा पनि उक्त विषयमा कसैले ध्यान दिएको छैन । जग कमजोर भएकाले मन्दिर ढल्किएको निचोडसहित टोली राजधानी फर्किएपछि धेरैले मनकामनाको जीर्णोद्धार हुने आशा गरेका थिए । ‘तर त्यसो अहिलेसम्म हुन सकेन,’ मनकामना गविसका सचिव नारायण सापकोटाले भने, ‘न त पर्यटन बोर्डले हेर्यो न पुरातत्त्व विभागले नै ।’
जग बसालेको मन्दिरको भित्री भागमा मुसाका गुँड रहेको र बाहिरी भाग चर्केको प्रतिवेदनमा उल्लेख छ । मन्दिरको जग बसालेको पश्चिम पट्टकिो माटो वषर्ायाममा गिलो र भासिने भएकाले तलैदेखि पुनर्निर्माण गर्नुपर्ने टोलीको ठहर थियो ।
मर्मत सम्भारका लागि आफैं अग्रसर नभएको पुरातत्त्व विभाग तथा पर्यटन मन्त्रालयले जीर्णोद्धारका लागि अन्य निकायलाई समेत अनुमति दिन मानेको छैन । मर्मतका लागि पुरातत्त्व विभागसँग पहल गर्दा थाकिसकेको मन्दिरका मूल पूजारी इन्सान थापा बताउँछन् । ‘जीणर्ाेद्धारका लागि धेरै गुहार्दा पनि परिणाम आएन,’ थापाले भने, ‘जीर्णोद्धार गर्ने अधिकार दिए म आफ्नै जायजेथा बेचेर भए पनि मर्मत गर्थें ।’
धार्मिक आस्थाको यस देवी मन्दिरको जीर्णोद्धारमा पूजारी, विकास समिति, पुरातत्त्व विभाग र मनकामना दर्शन प्रा.लि., कसैले पनि चासो देखाएका छैनन् । मन्दिरमा वाषिर्क लाखौं आन्तरिक र बाह्य पर्यटक आउँछन् ।
आफ्नै सीमा र समस्या भएकाले मर्मत गर्न नसकेको विकास समिति अध्यक्ष दिनेश जोशी बताउँछन् । समितिले पटकपटक मर्मत तथा जीर्णोद्धारका लागि अनुमति माग्दा पुरातत्त्व विभागले अनुमति नदिएको जोशीले बताए । सरकारले मनकामना क्षेत्रको विकास गर्न १२ वर्षअगाडि समिति बनाए पनि पर्याप्त स्रोत र अधिकार नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए ।
संस्कृति मन्त्रालयले उपलब्ध गराउँदै आएको वाषिर्क २ लाख बजेट समिति कर्मचारी र कार्यालय व्यावस्थापन गर्दैमा ठिक्क भएको समितिले जनाएको छ । सरकार फेरिनासाथ समिति फेरबदल हुनाले जीर्णोद्धार सुरु नभएको पूर्वअध्यक्ष कृष्ण देवकोटाको अनुभव छ । ‘एउटा पदाधिकारी आउँछ, बनाउनुपर्छ भन्छ, अर्कोले हुँदैन भन्छ,’ देवकोटाले भने ।
मन्दिरकै लागि केबुलकार चलाउँदै आएको मनकामना दर्शन प्रा.लि.ले हरेक वर्ष मनकामना गाविसलाई पाँच लाख रुपैयाँ दिँदै आएको छ । चालू वर्षदेखि बिक्री भएको टिकटको एक प्रतिशत उपलब्ध गराउने सहमति भएको छ । ‘हामीले त सहयोग गरेकै छौँ, मर्मतको काम क्षेत्र विकास समितिकै हो,’ प्रा.लि.का स्टेसन प्रबन्धक डीएन कायस्थले भने । गत वर्षकै तुलनामा टिकट बिक्री भएमा गविसले चालू वर्षदेखि १८ लाखभन्दा बढी रकम पाउनेछ । केबुलकारबाट दैनिक तीन देखि पाँच हजार दर्शनार्थी आउँछन् ।
Leave a Reply