स्रोत: कान्तिपुर
यो राम्रो तरकारी त हो नै, औषधीय गुणसमेत यसमा भरपूर हुन्छ । आयुर्वेदाचार्यहरू लौकालाई सबै रोगको औषधि भन्छन् । यसमा बिटा क्यारोटिन तत्त्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यो शक्तिदायक र वीर्यवर्धक मानिन्छ । हृदयरोग, मानसिक तनाव, उच्च रक्तचाप, मूत्ररोग, जन्डिस, पाइल्स, दाँत/कान/आँखा दुखाइ, हिस्टिरिया, पागलपन, क्षयरोग, डिहाइड्रेसन, अनिद्रा, मासिक स्रावका पिडा, स्तन विकार, यौनजन्य बिमारीलगायत निर्मूल गर्न लौका अचुक औषधि मानिन्छ ।
लौकाको नियमपूर्वक एवं पर्याप्त मात्रामा सेवन गर्दा रोग प्रतिरोधक प्रणाली -इम्युन सिस्टम) कति बलियो हुन्छ भने क्षयरोग लाग्दैन । गर्भवती महिलाले लौका खाने गरे गर्भस्थ शिशुलाई समेत फाइदा पुग्छ ।
आयुर्वेदाचार्यहरू लौकालाई बोक्रासहित खान सुझाउँछन् । उनीहरूका अनुसार लौकाको रस सेवन गर्नाले मुटुको धमनीको अवरोध खुल्छ, कोलेस्ट्रोल कम हुन्छ तथा हृदयाघातको जोखिम घट्छ ।
thank you so much