स्रोत: कान्तिपुर
जुन उमेरमा आफू बढी सुन्दर देखिने चाहना हुन्छ त्यसै उमेरदेखि अनुहार डन्डिफोर -पिम्पल) ले ढाक्न थाल्छ । तर आत्तिनुपर्दैन, उच्च प्रोटिनयुक्त आहारा नियमित खाने गरे पिम्पलको समस्यामा ५० प्रतिशतभन्दा बढीले कमी आउँछ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजीको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार पिम्पल समस्यासँग जुझ्न उच्च प्रोटिनयुक्त आहारा सेवन सबैभन्दा उपयुक्त हतियार हो ।
उक्त अनुसन्धानका क्रममा पिम्पल भएका ५० किशोरकिशोरीलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई हाई प्रोसेस्ड कार्बोहाइड्रेट र दोस्रो समूहलाई प्रोटिनयुक्त लो जीआई -ग्लिसिमेक इन्डेक्स) युक्त खाना दिइयो । आहाराको यो तालिका १२ सातासम्म चलाएपछि अनुसन्धाताहरूले के पाए भने निकै प्रोटिन खानेहरूको अनुहारमा पिम्पल पचास प्रतिशत घट्यो ।
उक्त अध्ययनबाट पिम्पल रोक्ने आहारासमेत तय गरिएको छ । यो समस्याबाट मुक्ति चाहनेले रिफाइन्ड कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ, ताजा फलफूल, सागसब्जी, बोसो नभएको माछामासु खानुपर्छ ।
Leave a Reply