स्रोत: कान्तिपुर
–अनन्त वाग्ले
नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रतिनिधि आधुनिक नेपाली कविताको पुस्तक ‘सगरमाथाको नृत्यमगन आत्मा‘ सार्वजनिक गरेको छ । गद्य कविताका प्रथम प्रयोक्ता गोपालप्रसाद रमिाललाई आधुनिक नेपाली कविताको प्रस्थानविन्दु मानी २०२५ सालसम्म जन्मेका र ४० को दशकसम्म कविता सिर्जनामा सक्रिय भई कवितासंग्रह प्रकाशित गरेकालाई आधार मान्दै रमिालदेखि श्रवण मुकारुङसम्मका १ सय ३५ कविका कविता पुस्तकमा संग्रहित छन् । रमिालको ‘आमाको सपना‘ देखि बालकृष्ण समको ‘मृत्युपछिको अभिव्यञ्जना‘, महाकवि देवकोटाको ‘पागल‘, सिद्धिचरण श्रेष्ठको ‘बा आउनुभएको छैन‘, ‘विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा‘, हरभिक्त कटुवालको ‘यो जिन्दगी, खै के जिन्दगी‘, भूपि शेरचनको ‘मैनबत्तीको शिखा‘, पारजिातको ‘रामसाइँला‘, शैलेन्द्र साकारको ‘सर्पहरू गीत सुन्दैनन्‘, मीनबहादुर विष्टको ‘गाउँको पाठशाला‘ हुँदै मुकारुङको ‘पुरानो मानिस‘ सम्म आइपुग्दा प्रस् तुत पुस्तकबाट अनेक बिम्ब–बान्कीका कविताको रसास्वादन गर्न सकिन्छ ।
बालकृष्ण सम –१९५९ साल) यता करिव सय वर्ष बीचमा क्रियाशील दुई हजार नेपाली कवि मध्येबाट छानिएका १ सय ३५ कविमध्ये अधिकांशका दुई–दुईवटा र केहीका तीनवटा गरी करबि तीन सय कविता पुस्तकमा समावेश छन् । पुस्तकका सबै गद्य कविता भएकाले पद्यको मिठासबाट भने पाठकलाई वञ्चित गरएिको छ । पुस्तकमा पद्य कविता आधुनिक हुन सक्दैन भनी ठोकुवा नगरे पनि कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरे, जनकविकेशरी धर्मराज थापा, कृष्णप्रसाद पराजुली, रामचन्द्र भट्टराई, दाहाल यज्ञनिधि, प्रभा भट्टराईलगायत पद्यमा जमेका स्रष्टाहरूलाई यहाँ समावेश गरएिको छैन । यस अर्थमा पुस्तकको नाम ‘प्रतिनिधि आधुनिक नेपाली गद्य कविता‘ राखेको भए अझ बान्छनीय हुन सक्थ्यो ।
नेपाल र नेपाल बाहिरका कविहरूद्वारा सिर्जित नेपाली कविताको खोजबिन, प्रतिनिधि कविता छनोट र सम्पादनको सम्पूर्ण काम कवि एवम् निबन्धकार मोमिलाले गरेकी हुन् । प्रज्ञा प्रतिष्ठानका अनेकौं योजना बीचैमा तुहिए पनि तिनको बजेट भने पचेकै छ । यद्यपि प्राज्ञविहीन प्रज्ञा प्रतिष्ठानबाट परयिोजनाको जिम्मेवारी लिएर गहकिलो ‘मानक‘ कृति सार्वजनिक गर्न सफल मोमिला र नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको कार्य सह्रानीय छ । त्यसो त यो कृति निर्विवाद रहन सक्ने सम्भावना कमै छ । कवि र कविता चयन सम्पादकको स्वैच्छिक भएकाले जतिसुकै जिम्मेवारी र इमान्दारी अपनाइएको भए पनि सर्वस्वीकृत हुन सक्दैन ।
संग्रहमा नेपालका ख्यातिप्राप्त कविहरूका साथै जस योञ्जन ‘प्यासी‘, अगमसिंह गिरी, मनप्रसाद सुब्बा, मोहन ठकुरी, राजेन्द्र भण्डारी, पवन चाम्लिङ, नोर्जाङ स्याङ्देन, नव सापकोटा, सुधा एम.राई, नर्देन रुम्बा, केदार गुरुङ, नरेशचन्द्र खातीलगायत भारतीय नेपाली कविका कविता पनि समेटिएको छ ।
प्रत्येक कविका लागि छुट्याइएको चार पृष्ठमा कविताका साथै कविको चिनारी, कविताप्रतिको दृष्टिकोण, आफैंलाई हेर्ने शैली, कविको तस्बिर तथा हस्ताक्षरसहित हरेक कविका सिर्जनाबारे सम्पादकको समालोचकीय दृष्टिकोण पनि प्रस्तुत गरएिको छ । यति धेरै कविहरूको एक–एक अनुच्छेदमा प्रत्येकको सटिक टिप्पणी गर्नु सरल काम पक्कै होइन, जुन प्रस्तुत कृतिका सम्पादबाट भएको छ । धेरैजसो टिप्पणी सटिक र बोधगमय भए पनि केही भने क्लिष्ट र अमूर्त छन्, जसलाई ग्रहण गर्न पाठकलाई हम्मे पर्छ । जस्तै, कवि रमिालकै बारेमा सम्पादकको टिप्पणी छ, ‘..उनको काव्य प्रवाह विशिष्ट मानवीय चेतनासम्मत गर्बिलो पीडाजन्य युगबोध स्वतन्त्रताको आडसहित सशक्त विद्रोह चेतमा उन्मुक्त उर्लिएको पाइन्छ ।‘
पुस्तकमा समाविष्ट अधिकांश कविता शैली, सिल्प र भावनाका दृष्टिले उत्कृष्ट छन् । सबैजसो कविता जीवन, प्रेम र जगतका बारेमा लेखिएका छन् । नेपाली कवितामा आएका स् वच्छन्दतावाद, प्रयोगवाद, प्रगतिवाद, समसामयिकतावादलगायतका मोडहरूलाई स्वीकार्दै लेखिएकाले कविताहरूमा विविधता र पृथक शैलीहरू भेटिन्छ ।
आयामेली आन्दोलन, राल्फा आन्दोलन, अस्वीकृत जमात, अमलेख, सडक कविता क्रान्तिजस्ता काव्यिक आन्दोलनका साथै तरलवाद, जनआन्दोलन कविता, संरक्षण कविता, चौथो आयाम आदि मोडहरूमा सिर्जित रचना पुस्तकमा सबै अटाएका छन् । ‘चाहे मानववादी विचारधारा होस् चाहे मार्क्सवादी, चाहे अस्तित्ववादी विचारधारा होस् चाहे फ्रायडवादी, चाहे समाजवादी विचारधारा या संस् कारति अध्यात्मवादी विचारधारा या अन्य कुनै यथार्थवादी धार होस्, यी र यस्तै अवधारणाहरूको शैलीगत एवम् अभिव्यक्तिगत गुणवत्तापूर्ण सघन जीवनदृष्टियुक्त उन्मुक्तिले नै यहाँ विशेष प्रश्रय पाएको छ,’ कविता छनोटबारे सम्पादकले भनेकी छिन् ।
पुस्तकको सुरुमा रहेको समालोचक डा.लक्ष्मणप्रसाद गौतमको २८ पृष्ठको प्रस्तावनामा नेपाली काव्यिक आन्दोलनको इतिहास र विभिन्न मोडहरूदेखि कविताका सैद्धान्तिक पक्ष, लेखन प्रवृत्ति, मत–मतान्तर, विकासक्रम लगायतको मिहिन चर्चा र पुस्तकका कविताको समालोचना साहित्यप्रेमी र अध्येताहरूका लागिसमेत उपयोगी छ ।
पुस्तकको नाम ‘सगरमाथाको नृत्यमग्न आत्मा‘ सुन्दर र भावनात्मक लाग्छ । पुस्तकको आमुख आवरणमा सम्पादकको नाम दिएको ठाउँमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको नाम दिनु उचित हुन्थ्यो भने सम्पादक, प्रस्तावक र सम्पादन सल्लाहकारको बायो–डाटा आवरणमा छाप्नु जरुरी थिएन ।
Leave a Reply