स्रोत: अनलाईन खबर
पूर्व युवराज पारसले हतियार कमिसनमा कुरा नमिल्दा दीपेन्द्रलेनै पूर्व राजा बीरेन्द्रको हत्या गरेको दावी गरेका छन् ।
सिंगापुरको ‘द न्यू पेपर अन सन्डे‘लाई दिएको अन्तर्वार्तामा पारस साहले हतियारको कमिसन, असफल प्रेम र प्रत्यक्ष सासन त्याग्ने निर्णयको बिरोधमा दीपेन्द्रले बाबुको हत्या गरेको दावी गरेका छन् ।
देवयानीसंगको प्रेमसम्वन्ध प्रमुख कारण रहेपनि लाखौं डलर बराबरको हतियार खरिदमा बाबुछोराको कुरा नमिल्दा उनी हत्याका लागि अग्रसर भएको पारसको दावी छ । ‘हतियार सम्झौता, असफल प्रेम र २०४६ सालमा प्रत्यक्ष शासन त्याग्ने कदमप्रति असन्तुष्ट भएका दीपेन्द्रको बाबुको हत्या गरेका हुन् -पारसले भनेका छन् ।
‘नेपाली सेनाले बेल्जियन एसएलआर विस्थापित गर्न चाहेको थियो, दीपेन्द्रले अमेरिकन एम १६को सट्टा जर्मन हेल्कर र कोच जी ३६ मन पराएका थिए, तर बीरेन्द्रले त्यसलाई मानेनन- पारसले भनेका छन- यसबाट दीपेन्द्र निराश थिए, उनी खुसी नभएको कुरा मलाई पनि भनेको थिए ।
पारशका अनुसार जी ३६ हतियार किन्न दीपेन्द्रका मानिसले सम्झौताको तयारी गरिरहेका थिए जसले गर्दा उनलाई प्रतिथान ३ सय अमेरिकी डलरका दरले १५ मिलियन अमेरिकी डलर कमिसन आउन सक्थ्यो ।
तर उनलाई त्यत्रो पैसा किन चाहिन्थ्यो र ? के उनको पारिवारिक सम्पत्ति काफि थिएन र भन्ने पत्रिकाको प्रश्नमा पारश भन्छन- आफ्नो योजनाअनुसार काम नभए देश छाड्ने योजनामा दीपेन्द्र थिए । उनले केहअी सीप नलागेपछि यो काम गरे- पारसको भनाई छ ।
तत्कालीन राजा बीरेन्द्रले तीस बर्ष लामो प्रत्यक्ष शासन त्याग्ने निर्णयवाट पनि दीपेन्द्र असन्तुष्ट भएको पारसको दावी छ । ‘उनले देशमा शासन गर्न चाहेका थिए, पिताको निर्णयमा सहमत थिएनन्‘ पारसले भने । हत्याकाण्डका पछाडी उनकी प्रमिका देवयानीलाई परिवारले नरुचाउनुपनि रहेको पारसको भनाई छ । देवयानी दरवारको सत्रु परिवारकी भएकाले माता पिताले अस्वीकार गरेका थिए- पारस भन्छन् ।
उनले सन् २००० मा आफ्नो जन्म दिनको दिन भनेका थिए- मैले आइभोरी टावर ढाल्नेछु, त्यतिखेर हामीले त्यसलाई गम्भीरतापूर्वक लिएनौ, उनी त युवराज थिए जो चाँडै हाम्रो राजा बन्दैथिए, उनको भनाईलाई कसरी पत्याउनु- पारस भन्छन् । त्यो हत्याकाण्ड हुनुभन्दा एकबर्ष अघिको कुरा थियो ।
पारस सम्झन्छन- ‘हत्या हुने रात आयोजित पार्टीका क्रममा मैले र अर्का एक साथीले दीपेन्दको खोपीमा गएर हामी विदा हुन चाहेको बतायौं । अरुवेला उनले मान्थे तर यसपटक हुँदैन भनिदिए । हामी त्यहि रहौं भन्ने चाहे उनले ।‘
दीपेन्द्रले मातिरहेको अभियन गरेपनि उनी मात्ने अवस्थामा नरहेको पारसको दावी छ । ‘उनले दिउँसैदेखि पिइरहेका थिए तर उनको शरिरवाट रक्सीको गन्ध आएको थिएन‘ पारस भन्छन् । ‘मलाई थाहा छ उनी पिउँदा कस्तो हुन्छन र कतिखेर पिउँछन् ।‘
जब पार्टीहलमा बीरेन्द्र उपस्थीत भए तब दीपेन्द्र एकाएक भुइमा ढले । उनले निराजन र मलाई आफ्नो कोठामा पुर्याइदिन भने – पारस भन्छन- तर एकछिन पछि उनी फर्केर आए गोली चलाउन थाले ।
सरकारले हालै दरबार हत्याकाण्डबारे छानविन गर्ने घोषणा गरेकाले सवैलाई यसबारे जानकारी होस भन्ने अभिप्रायले आफुले सत्यतथ्य जानकारी गराएको पारसले दावी गरेका छन् ।
सिंगापुरको न्युजपेपरमा छापिएको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्।
Leave a Reply