स्रोत: कान्तिपुर
-विमल निभा
कुनै आफन्तको बिहेको हार्दिक निमन्त्रणामा छिमेकी मुलुक हिन्दुस्तान पुगेका ज्ञानेन्द्र शाह त्यहाँका राजनेताहरूसँग द्रुतगतिले भेट गर्नथाले । -हेर्नोस्, ६ चैत ०६५ को कान्तिपुर)
यस आशयको समाचार पढेर मेरो जिज्ञासु मनमा प्रश्न उत्पन्न भएको छ, के नइदिल्लीको भूमिमा पाइला टेक्नासाथ पूर्वराजाको नातागोता परिवर्तन भएको हो ?
नेपालको राजतन्त्रमा ज्ञानेन्द्र शाहको आफ्नै खालको स्थान रहेको छ । कसैसँग उनको तुलना नै हुन सक्दैन । चाहे त्यो शाहवंशको वीजपुरुष पृथ्वीनारायण शाह होस् अथवा अन्तिम राजा… । अन्तिम राजा हुने परम शौभाग्य पनि ज्ञानेन्द्र शाहले नै पाएको सर्वविदितै छ । अँ, उनीभन्दा अघिका दीपेन्द्र शाह पनि ज्ञानेन्द्रकै हाराहारीका राजा थिए भन्ने मलाई लाग्छ । मृत्युपश्चात राजपरिषदद्वारा एकमतले राजा घोषित हुने इतिहासमा अरू को छ ? दीपेन्द्रपछि स्वाभाविक रोलक्रम टुटेकोले उनको काकाले राजा हुने अवसर प्राप्त गरे । अर्थात् ज्ञानेन्द्र शाह । यहाँनेर स्मरणीय के छ भने दीपेन्द्रभन्दा तीन पुस्ता अगावै पनि उनी एकपटक राजा भएका थिए । शिशु राजा । राजा त्रिभुवन शाहको हठात् दिल्ली प्रस्थानले चिढिएर राणाहरूले ज्ञानेन्द्रलाई ‘वैकल्पिक राजा‘ बनाएका थिए । त्यसको लगभग आधा शताब्दीपश्चात उनी फेरि एकदमसँग नेपालको राजसिंहासनमा आरुढ भए । यसपालिचाहिँ अधबैंसे अवस्थामा । जवानीमा राजा हुन नपाएको वित्पातको झोँकमा राजपरिवारभित्र के-के कल्पनीय/अकल्पनीय घटित भए, यो रहस्यतिर नजाऊँ ।
एकबारको जिन्दगीमा दुई-दुईपटक नेपालको राजा हुने ज्ञानेन्द्र शाह एकमात्र हुन् । उनको बहुचर्चित जंगीपुत्र तत्कालीन युवराज पारस शाहले त एकपटक पनि राजा हुन पाएनन् । केवल ‘वेटिङ किङ‘ भएर जानुपर्यो । यही पिता र पुत्रबीचको मौलिक अन्तर पनि हो । –दरबार काण्ड सरबार काण्ड आदि-आदि विषयमा लोकपि्रय उपन्यास लेखेर धनधान्यसहित चर्चित हुने लेखकहरू यस्तो अछूत विषयतर्फ किन आकषिर्त नभएका होलान् ?) फलस्वरूप पुत्र पारस शाह अत्यधिक विरक्त भई दाह्री-साह्री बढाएर सपरिवार सिंगापुरतिर पलायन भएका छन् । उनलाई त्यहीँ छाडेर पत्नी हिमानी शाह पुत्र-पुत्रीसहित यतै र्फकेकी छन् भन्ने पनि सुनिन्छ । कुन्नि, यथार्थ के हो ! जे भए पनि पारस शाह सिंगापुरको यात्रामा छन् भने ज्ञानेन्द्र शाह हिन्दुस्तानको यात्रामा । भर्खरै पूर्वराजा ज्ञानेन्द्रले हिन्दुस्तानका भारतीय जनता पार्टीका वरिष्ठ नेताद्वय राजनाथ सिंह र जसवन्त सिंहसँग सुमधुर भेटघाटको अवसर प्राप्त गरेका छन् भन्ने खबर आएको छ ।
नेपाली जनताद्वारा नारायणहिटीविहीन भएको आठ-दस महिनापछि उनी सदलबल हिन्दुस्तानको यात्रामा व्यस्त छन् । ज्ञानेन्द्र शाहले सोनिया गान्धी, लालकृष्ण आडवानी, नरेन्द्र मोदी, शिवराज सिंह चौहान, प्रणव मुखर्जी, राजनाथ सिंह, जसवन्त सिंह आदिसँग तुफानी टाइपको भेटघाट गरिसकेका छन् । -भारतीय मिडियाले यसलाई महत्त्व प्रदान गरेर प्रचार पनि गरेका छन्), जुन प्रकारले छिमेकी मुलुकको सत्तापक्षीय भारतीय कांग्रेस र प्रतिपक्षीय भाजपाका राजनेताहरूसँग नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह धुमधामले सम्पर्क गरिरहेका छन्, यसले त उनी हिन्दुस्तान देशकै राजा हुने भव्य तयारी गरिरहेका छन् भन्ने बुझिन्छ । यसो हो भने यो खुसीकै कुरो हुने भयो । यसमा हामीले आपत्ति प्रकट गर्नुपर्ने प्रश्नै छैन । रामै्र भन्नुपर्छ । मेरो अगि्रम बधाई ! छिमेकी मुलुक हिन्दुस्तानको यात्रा शुभ होस् !
अन्त्यमा, नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छिमेकी मुलुक हिन्दुस्तानको यात्रा सम्पन्न गरेर फर्किसकेका छन् । कुन्नि, पुनः एकपटक भविष्यको अर्थात् तेस्रोपटक राजा हुने उनको दौडधुपको के भयो ! वर्तमानमा त उनको अवस्थामा कुनै हेरफेर भएको छैन । उस्तै देखिन्छ ।
Leave a Reply