स्रोत: नयाँ पत्रिका
बेइजिङ/ तिनीहरू, जो अति मोटा छन्, उनीहरू बाँच्नुपर्ने आयुभन्दा दस वर्षअघि नै मर्ने गरेको बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । संयुक्त राज्य अमेरिका र युरोपका नौ लाख जवानमा ५७ फरक–फरक अध्ययन गरिएको थियो । १० देखि १५ वर्ष लगाएर गरिएको अध्ययन अवधिमै ७० हजार सहभागीको मृत्यु भएको थियो । शरीर मापनयन्त्र –बिएमआई) प्रयोग गरी गरिएको अध्ययनमा ४० पाउन्ड वा आवश्यकताभन्दा १८ पाउन्ड भन्दा बढी तौल हुनेको जीवन तीन वर्ष छोटो हुने देखिएको छ । मुटुको रोग र हृदयाघातका कारण उनीहरूको निधन भएको देखिएको छ । त्यस्तै, धेरै मोटाहरू बाँच्नुपर्ने अवधिभन्दा दस वर्ष छिटो मर्ने गरेको अध्ययन–प्रतिवेदनमा उल्लेख छ ।
धेरै मोटो हुनु भनेको जीवनभरि चुरोट पिउनु जत्तिकै हो, भन्छन् एक प्रमुख अनुसन्धानकर्ता तथा इंग्ल्यान्डस्थित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रिचार्ज पेटो । आवश्यक तौलभन्दा माथि शरीर मापनयन्त्र बढ्ने हरेक पाँच प्वाइन्टले ३० प्रतिशत छिटो मृत्युको जोखिमलाई बढाउने बताइएको छ । यन्त्रमा २५ देखि २९.९ भएकाहरू तौल बढी हुनेमा पर्छन्, तर उनीहरू मोटा होइनन् । उनीहरू सामान्य जीवनभन्दा एक वर्षअघि मर्न सक्ने बताइएको छ । ‘यसले बढी तौल भएका विभिन्न समूहका मानिसमा हुने जोखिमबारे स्पष्ट पार्दछ,’ अमेरिकी क्यान्सर सोसाइटी, रोग नियन्त्रण अध्ययन केन्द्रका उपाध्यक्ष माइकल थुनले भने । ‘एकपटक तौल बढेपछि घटाउन कठिन हुन्छ र झन्–झन् बढ्दै जान्छ, त्यसैले तौल घटाउनभन्दा बढ्न नदिनु नै राम्रो,’ थुन भन्छन् ।
http://www.nayapatrika.com/newsdetail.php?id=903191210048918%20&n_id=27
ए लौ, हो र?