स्रोत: नेपाली पोष्ट
मदन गौतम (रासस)
आउँदो २०६६ साल ११ महिनाको गर्ने कि १२ महिनाको भन्ने सम्बन्धमा लामो विवाद पछि अन्ततः ज्योतिषीहरू १२ महिनाकै पात्रो कायम गर्ने निष्कर्शमा पुगेका छन् ।
यतिखेर बजारमा नयाँ पात्रो र क्यालेण्डरले बजार ढाकिसक्ने अवस्थामा पर्व सुधारका नाममा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको बैशाख महिनामा मिलान गराउन सरकारले गरेको प्रयास र्सार्थक नभएपछि ज्योतिषीहरू १२ महिनाको पञ्चाङ्ग बनाउन व्यस्त छन् ।
संस्कृति तथा राज्य पुनरसंरचना मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई आउँदो वर्ष१२ महिनाको क्यालेण्डर बनाउन सुझाव दिइसकेको छ ।
सूर्यको अयन गति (सूर्यको गति अनुसार निर्णय लिने पद्धति) वर सर्दै आएकाले ज्योतिष र धर्मशास्त्रको नियम सन्तुलन राख्ने उद्देश्यले गत पुस महिनामा मन्त्रालयले सो कार्यदललाई ११ महिनाको क्यालेण्डर बनाउन निर्देशन दिएको थियो ।
हरेक २ हजार १५० वर्षमा अयन गति एक महिना वर र्सर्ने भएकाले सूर्यको गति अनुसार पञ्चाङ्ग मिलाउन परेको हुँदा आउँदो वर्षो चैत महिनालाई २०६७ सालको अधिक मासमा मिलाउन खोजिएको हो भन्नुहुन्छ पर्व सुधार कार्यदलका सदस्य–सचिव हरिनारायण मल्ल ।
शास्त्र, धर्म र परम्परा विपरित सरकारको यो निर्णयमा असहमत भएका ज्योतिषीहरू भन्छन्– एक सेकेण्ड र एक मिनेटको फरक निस्कदा त पञ्चाङ्गमा ठूलो असर पर्छ भने पूरै एक महिनाको अन्तर कसरी समायोजन गर्ने भन्ने प्रश्न उठेको छ ।
एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटन जाने र २०६७ सालको मलमास बैशाखमा विवाह ब्रतबन्धको साइत दिन नमिल्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वपनि नेपालमा एक महिना अघि मनाउन पर्ने बाध्यता हुन्छ।
पूरै एक महिनाको अन्तरले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मनाइदै आएका हाम्रा चार्डपर्व, धर्म र संस्कृतिमा पनि असर पर्ने हुँदा शास्त्रसम्मत् नभएको यो निर्णय अस्विकार्य भएकोले बाह्रै महिनाको पञ्चाङ्ग बनाउने तयारीमा रहेको उनीहरूको तर्क छ ।
अयन गतिलाई मात्र आधार मानेर पञ्चाङ्गमा विवाद ल्याउन खोजेको बताउनुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भटृर्राईको तर्क छ– शून्य ड्रि्रीको कोणबाट सुरु भएको र्सूयको गति अहिले २४ ड्रि्रीको कोणमा पुगको छ भने यो क्रम २७ ड्रि्रीको कोणमा पुगेपछि पुनः शून्य ड्रि्रीकै कोणमा पुग्नेहुनाले पर्व सुधारको नाममा महिना परिवर्तन गर्नु आवश्यक छैन ।
हालसम्म चन्द्रमासका आधारमा मनाइने सबै चाडपर्वहरूलाई अयनांशले असर नपारेको र पञ्चाङ्ग बमोजिम तोकिएकै समयमा सूर्य ग्रहण तथा चन्द्र ग्रहण लाग्दै आएको उहाँ बताउनुहुन्छ ।
सरकारको निर्णयमा अडिग रहनुभएका उक्त कार्यदलका सदस्य–सचिव मल्ल भारत लगायत धेरै राष्ट्रले सम्बत् सुधार गरिसकेका छन् भन्नुहुन्छ ।
उहाँका अनुसार सन् १९५७ मा राष्ट्रिय शक सम्बत्मा सुधार गरेर भारतले २२ मार्चलाई चैत १ गते बनाएको र हाल मद्रासका ३० भन्दा बढी मठ मन्दिरले पनि पर्वको समय सुधार गरिसकेका छन् ।
यसैगरी चारसय वर्षअघि नेपाल सम्बत् (नेवारी) मा पनि छोटो दिन र लामो दिनलाई क्रमशः मङ्सीर महिना र जेठ महिना उल्लेख गरेको र करिब एक महिनाको अन्तरलाई पनि सुधार गरिसकिएको छ ।
राष्ट्रिय सम्बतमा पनि दिन रात बराबर हुने बैशाख १ गते अघि सरेर चैत ७ गतेसम्म आइसकेको हुँदा सिङ्गो एक पूणिमाबाट अर्को पूर्णिमासम्मको अन्तर हटाउन ठिक हुने सदस्यसचिव मल्लको तर्क छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति सहित त्रिभुवन विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, एघार महिने पर्व विरुद्ध सङ्घर्ष समिति र ज्योतिष तथा धर्मसँंग सम्वन्धित अन्य संस्थाका प्रतिनिधि सहभागी एक भेलाले आउँदो वर्षो पञ्चाङ्ग १२ महिनाको बनाउने र सायन र निरयण(सूर्यको गतिको आधारमा निर्णय गर्न नपर्ने पद्धति) को सम्बन्धमा सही निर्णय लिनको लागि सम्बद्ध विज्ञले अध्ययन अनुशिलन गर्ने बेधशालाको निर्माणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
सो भेलाले अयनाशंले चन्द्रमासका आधारमा मनाइने सबै पर्वहरूलाई असर नपारेकाले विश्वभर मनाइने चार्डपर्व नेपालमा एक महिना अघि सार्न सम्भव नहुने, एक महिना हटाउँदा पञ्चाङ्ग गणनाको क्रम टुटने, मलमासका कारण अशुद्ध मानिएको २०६७ सालको बैशाख महिनामा विवाह ब्रतबन्धका साइत दिन नसकिने भएकाले पर्व सार्दा धर्मशास्त्र र ज्योतिषका ग्रन्थमा व्यवस्था भए बमोजिम परिमार्जन र संशोधन गर्नुपर्नेमा जोड दिइएको छ ।
त्यसो भए ठीक गरेछन ल ।